Thursday, March 28
Shadow

खाडीका ति श्रमिकहरुलाई हृदयदेखी नै सलाम


  • -इ
  • इ+

शरद रिजाल/काठमाण्डौँ, जेठ ६
नेपालमा कोरोना महामारीले अक्सिजनको अभाबमा थुप्रै नेपालीले ज्यान गुमाउनु परेको कारुणीक दृश्यले कस्को मन नदुख्ला र ? अझ प्रदेशी मुलुकमा श्रम गर्न गएका नेपाली दाजुभाईहरुले आफ्नो देशको यो भाबबिह्बल अबस्थाले प्रदेशको त्यो बिरानो भुमीमा स्वदेशप्रतिको आगाध मायाले केही गरौ भन्ने मनोभाबनाले उद्देलीत हुदै आफ्नो मेहनतको कमाई संकलन गर्दे नेपालमा ५६०थान अक्सिजन सिलीण्डर पठाएकाछन। नेपालमा आफ्नो रोजी रोटी नचलेर बिदेशी भुमीमा श्रम गर्न बाध्य नेपालीले संकटको बेलामा आफनो गास काटेर अक्सिजन सिलीण्डर नेपाल पठाउनु मातृभुमीप्रतिको आगाध माया र देशप्रतिको उत्तरदायीत्व हो मानिस आफ्नो घर गृह्स्थ नचल्ने अबस्था भयो भने न बिदेशीन्छ ।

घर परीवार र देश छोड्दै पैसाको लागी बिदेशीनुपर्ने नेपालीको अहिलेको बाध्यता होईन परापुर्बकालमा हाम्रा पुर्खाहरु भारत हुदै बर्मा गएका ईतिहास हाम्रो सामु छ । जतिसुकै जोखीमतालाई पनि सहजै स्वीकार गरी आफ्नो दायीत्व बहन गर्ने नेपालीको बिशेषता हो । आज रोजगारीको लागी नेपालीहरु बिश्वको जुनसुकै कुनामा पुगेका छन । जहापुगे पनि आफ्नो मातृभुमीप्रतिको मायाले सदैब झस्काईरहेको हुन्छ । आाज कोरोना महामारीले बिश्व नै आक्रान्त परिरहेको छ । हाम्रो देश नेपालमा अत्याबश्यक स्वास्थ्य सामाग्री र अक्सिजनको अभाबमा थुप्रैले ज्यान गुमाईरहेको बेला ती प्रदेशमा मजदुरी गरीरहेका नेपाली दाजुभाई दिदीबहीनी हरुले आफ्नो पारिश्रमिक बाट अक्सिजन सिलीण्डर खरीद गरी नेपाल पठाउने अनुकरणीय कार्यले सारा नेपालीहरु भबबिभोर भएका छन ।

आज देशको अर्थतन्त्र यिनै बिदेशबाट पठाएको रेमिटान्सले चलेको छ । देशको अर्थतन्त्रको मुल आधार रेमिटान्स रहेको छ । आज देशको हरेक संकटमा साथ दिने पनि खाडीमा मजदुरी गर्ने नेपाली भएका छन । नेपालको सरकारले आज गैर जिम्मेवारीपन देखाईरहेको छ र यो महामारीमा देशबासीको कसरी जिबन रक्षा गर्न सकिन्छ भन्दा पनि कसरी सत्ता टिकाउने भन्दा अरु ध्याउन्न रहेको देखीदैन । आज दैनिक खाडीमा मजदुरी गरेर आफ्नो परिवार को जोहो गर्न बिदेशीएका नेपालीहरुले आफ्नो मातृभुमीप्रतिको दायीत्वबोध गर्दे नेपाली आमाबुबा दाजुभाईको ज्यान बचाउन जसरी अक्सिजनको जोहो गरी नेपाल पठाएका छन यसको हुदय देखीने सम्पुर्ण नेपालीले हृदय देखी नै सलाम गरौ ति नेपाल आमाका छोरा छोरीलाई ।

आज देश दिनानुदिन परनिर्भर बन्दै छ राष्ट्रीय पुजीको बिकास गर्नुको साटो दलाल पुजीलाई प्रश्रय दिई राज्यको हरेक निकायमा दलाल पुजीबादीहरुको बोलबाला छ।देश राजनैतिकरुपले मात्र होईन आर्थीकरुपले बिचौलियाहरुको हातमा पुगेको छ । जनताको जिबन संग जोडिएको स्वास्थ्य सामाग्री खरीदमा भ्रष्टाचार र कमीसनको खेलले सरकार उदाङगीदै गएको छ । जताततै ब्रम्हलुट छ । कात्रोमा समेत भ्रष्टाचार गर्नेहरु राज्यब्यबसथाका हिमायतीहरु छन । यस्तो बिषम परीस्थितीमा राज्यको कुनै गुन्जायस देखीदैन । अस्पतालमा बिरामीहरुको क्रन्दन ब्याप्त छ । सामान्य अक्सिजनको अभाबमा सामान्य कोभिडका बिरामीहरुले ज्यान गुमाउनुपरेको यो परिपेक्ष्यमा बिदेशीएका नेपाली दाजुभाईहरुको यो पहलले राज्यका शासकहरुले लज्जाबोध गर्नुपर्ने हो । आज नेपालीहरुले अकालमै ज्यान गुमाइरहेको हुदयबिधारक दृश्यले बिदेशमा श्रम गरीरहेका नेपालीले पठाएको स्वास्थ्यसामाग्रीले नेवालीको ज्यान बाच्न सकोस, देशको अर्थतन्त्र मात्र होईन बिषम परीस्थितीमा नेपालीको ज्यान बचाउने काम पनि प्रबासी नेपालीले गर्न सक्छन भन्ने सबैलाई बोध होस । हृदय देखी नमन ति पौरखी हातहरुलाई जस्ले आफनो देशबासीलाई कठीन अबस्थामा सहयोग गरे।सम्पुर्ण गैरआबासीय नेपालीलाई धन्यबाद ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares