Saturday, April 20
Shadow

ओली सरकारका मन्त्रीहरु किन गैरजिम्मेवार र आलोचीत काम मात्र गरिरहन्छन ?


  • -इ
  • इ+

काठमाडौ

बर्तमान सकारका मन्त्रीहरु अनेक हकर्तले चर्चामा आईरहेका छन। कहिले सार्बजनीक कायर्यक्रममा श्री ५ को सरकारको तर्फबाट सम्बोधन गरेर होस त कहिले रुखबाट कार्बनडाईअक्साईड पाउछौ भनेर होस कुनै न कुनै रुपमा चर्चामा आएर आलोचनाको शिकार भईरहेका छन । यस्तै आलोचनाको शिकार भएका अर्का मन्त्री हुन,,प्रेम आले डोटीबाट प्रत्यक्ष निर्बाचित यी मन्त्री बारम्बार बिबादीत अभिब्यक्ती दिएर चर्चामा आईरहेका हुन्छन । केही समय अघाडी रुखले कार्बनडाईअक्साईड दिन्छ भनेर आलोचित भएका यी बनमन्त्री अहिलेफेरि चिनीया सहयोग प्राप्त अक्सिजनमा फोटो अंकीत गरेर सामाजीक सन्जाल देखि यत्रतत्र आलोचीत भईरहेका छन । बनमन्त्री आलेले चिनबाट प्राप्त भएको अक्सिजन सिलिण्डर मा आफुले सौजन्य गरेको भनी स्टीकर टासेर बितरण गरेपछि चर्चीत बनेका हुन ।

केही दिन अगाडि चिनीया सरकारले सहयोग गरेको अक्सिजन सिलीण्डरमा आलेले आफ्नो नाम र सौजन्य गरेको ब्यहोरा लेखी सामाजीक सन्जालमा राखेपछि उनको चौतर्फी आलोचना सुरु हुन थालेको छ । पटक पटक बिबादीत बन्दै आएका मन्त्री आलेको नियुक्तीमा समेत बन मुद्धा खेप्दै आएको ब्यक्तीलाई नै मन्त्री बनाएको भन्देै सुदुरपश्चिमका एमाले नेता भीम रावलले चर्को आलोचना गरेका थिए । उनको डोटी जिल्ला बन कार्यालयमा बन पैदाबार तस्करी सम्बन्धी मुद्धा बिचाराधीन रहेको बताईएको छ । सुदुरपश्चिम प्रदेश सरकारकी उद्योग बन तथा पर्यटन मन्त्री माया भट्टले पनि एक सार्बजनीक कार्यक्रममा मन्त्री आलेले काठ तस्करीबाट अकुत सम्पत्ती कमाउर काठमाडौमा आलीशान बंगला बनाएको बताएकी थिईन । यी मन्त्री मन्त्री हुनुभन्दा पहिले पनी संसदीय समितीको टोलीसहित सामुदायीक बनको सुदुपश्चिममा निरीक्षण गर्ने क्रममा सामुदायीक बन उपभोक्ता समितीका अध्यक्षलाई मनपरी गाली ‘गर्दे म को हु चिन्छस टाउको तल गरेर कुरा गर’ भन्दै धम्क्याएको भिडीयो मिडीया मार्फत सार्बजनीक भएको थियो । उक्त भिडीयोमा मन्त्री आलेले असभ्यतवरले धम्क्याएको दृश्य देखीन्थ्यो ।

सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी आलीको हावादारी गफ र असंबैधानीक कार्यले मुलुकमा राजनैतिक संकट निम्त्याईएको छ भने मन्त्री को यस्ता गैर जिम्मेबार अभिब्यक्ती र क्रियाकलापले नेपाली जनता कोरोना महामारीमा आक्रान्त परेका छन । एकपटक यी बनमन्त्री आलेले एउटा सार्बजनीक कार्यक्रममा यो सरकार जनताप्रति उत्तरदायी सरकार हो भन्ने सोच्नुभएको भए त्यो तपाईहरुको ठुलो भ्रम हो भन्ने समेतको अभिब्यक्ती दिएका थिए । यी मन्त्रीको यी र यस्तै हर्कतले ओली सरकार कोरोना महामारीको बेला जनता प्रतिको गैरजिम्मेवारपन उजागर गरेको छ । कोरोना महामारी मा सरकारले जनताको जिबन रक्षाको लागी स्वास्थ्य सामाग्रीको सहज उपलब्धता गराउने बेलामा अन्य देशबाट सहयोग स्वरुप आएको अक्सिजन सिलीण्डर मा आफुले दिएको भन्दै स्टीकर अङकन गर्नु निर्लज्जताको पराकाष्ठा हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares