Friday, April 26
Shadow

गौतम बुद्ध को जन्म होस्


  • -इ
  • इ+

अन्यायको भुमरिमा कोहि नपरोस
नेपालको झण्डा हाम्रो कहिल्यै पनि नझुकोस
सुन्दर शान्त भनिएको मेरो देशमा फेरिपनी गौतम बुद्ध को जन्म होस

सद्भाव र माया एक आपसमा सधै रहिरहोस
अकालमा कोहि पनि मर्न नपरोस्
हत्या हिसां र बलत्कारको सधैभरिलाइ अन्त्य होस
बिन्ती छ भगवान फेरिपनी गौतम बुद्ध को जन्म होस्

मान्छे संग मान्छे अब डराउन नपरोस्
फुल्न लागेको फुल अब ओइलिएर नझरोस
अब अरु निर्मलाले मर्न नपरोस
बाबा आमाको काख अब खाली नबनोस
बिन्ती छ भगवान ,फेरि पनि गौतम बुद्धको जन्म होस्

पृथ्वीनारायण शाहले आर्जेको मुलुक
कहिल्यै हाम्रो ईतिहास नढलोस
जति रुनु रोइसकिन नेपाल आमा
अब रुन नपरोस
अब रुन नपरोस्
बिन्ती छ भगवान फेरि गौतम बुद्ध को जन्म होस्

लुट्तन्त्र सिमा मिच्ने काम अब बन्द होस् महामारी रोग ब्याधको सिकार बन्न नपरोस्
ऋणको भारी टाउकोमा बोकि परदेशिन नपरोस्
बिन्ती छ भगवान फेरि पनि गौतम बुद्ध को जन्म होस्
बिन्ती छ भगवान फेरि पनि गौतम बुद्ध को जन्म होस्

रचनाकार : प्रवीज्ञा कार्की
कक्षा: ६
ठेगाना :काठमाडौ , नेपाल

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares