Wednesday, September 30
Shadow

कोरोना महामारीमा २३ जनाले गरे रक्तदान


  • -इ
  • इ
  • इ+

रामेश्वर गजुरेल/नुवाकोट, जेठ १२
विश्वव्यापि महामारीको रुपमा रहेको कोरोना भाईरस अर्थात कोभिड १९ का कारण जो कोहिलाई पनि रगतको अभाव नहोस् भन्ने उदेश्यका साथ ब्लड अन रिकोएस्ट इन नुवाकोटले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् ।

”रक्तदान जिवनदान ” भन्ने उदेश्यका साथ नुवाकोट ,रसुवा ,र धादिङ तथा काठमाडौंमा रहेका विरामीहरुलाई स्वत स्फुर्त रुपमा आफ्नो अमुल्य रगत दान गरेर धेरै जनाको जिवन वचाउने जुझारु व्यक्तिहरुको संस्था ब्लड अन रिकोएस्ट इन नुवाकोटको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त सन्चार केन्द्र नुवाकोटको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

नेपालमा फैलदो कोभिडको महामारी वाट छिटो निको हुने गरी प्लाज्माथेरापी पद्दतिवाट संक्रमितको उपचार सफल भईरहेको अवस्थामा देशभर प्लाज्माको अभाव हुनु , नुवाकोटमा कोभिड जित्नेको उच्चतम संख्या रहेकोले यस रक्तदान (प्लाज्मा) कार्यवाट काठमाडौंमा विभिन्न जिल्लावाट कोभिड संक्रमित भई उपचारको लागी प्लाज्माको खोजिमा भौतारीरहनु पर्ने अवस्थालाई मध्येनजर गर्दै कोभिड संक्रमण भई निको भई १४ दिन पुरा गरी ९० दिन नकटेका ईच्छुक व्यक्तिहरुले उक्त रकतदान कार्यमा सहभागि हुन अनुरोध गरेको ब्लड अन रिकोएस्ट इन नुवाकोटका संयोजक मच्छिन्द्रनरसिंह प्याकुरेलले बताए । कार्यक्रममा ११ जना कोरोना संक्रमण भई निको भएकाले (प्लाज्मा) र अन्य १२ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रम पुन २२ गते गरिने संयोजक प्याकुरेलले बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares