Monday, April 29
Shadow

काँग्रेस नेता शेरचनको सक्रियतामा चार लाख मुल्यको स्वास्थ्य सामाग्री हस्तान्तरण


  • -इ
  • इ+

काठमाण्डौँ, जेठ १२
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका निम्ती करिब चारलाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको छ । कोभिड १९ रोकथाम र व्यवस्थापनका निम्ती नेपाल ह्यारीटेज च्यारीटी फाउन्डेशन अफ विसी क्यानडाका अध्यक्ष देवेन्द्र मल्लको आर्थिक सहयोग तथा नेपाली काँग्रेसका नेता जित शेरचन र काठमान्डौमा वस्दै आउनुु भएका समाजसेवी विपिन मल्लको सक्रियतामा खरिद गरीएको स्वास्थ्य सामाग्रि नगरप्रमुख देवकुमार नेपाली र स्वास्थ्य कर्मिको रहोभरमा नेता जित शेरचनले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

कोभिड १९ व्यवस्थापनमा तत्काल आवस्यक पर्ने अक्सिजन कन्सन्टेटर मेशिन ३ थान, अक्सिमिटर २५ पिस, माक्स चार हजार पिस, सेनिटाईजर २० लिटर, सिटामोट ८ सय स्टिक र आइसोलेशनका निम्ती १५ थान तन्दा गरी करिब चारलाख रुपैयाँको स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरीएको शेरचनले बताउनु भयो । अझैपनी स्वास्थ्य सामाग्रि खरिद गरेर हस्तान्त्रण गर्ने प्रकृयामा छौँ स्वास्थ्य केन्द्रले आवस्यक पर्ने सामाग्रीको लिस्ट उपलब्ध गराएमा पुनह सहयोग गर्ने बताउनु भयो ।

हस्तान्त्रण गरीएको सामाग्री बुझ्दै दोरपाटन नगरप्रमुख देवकुमार नेपालीले आर्थिक सहयोगी दाता देवेन्द्र मल्ल र स्वास्थ्य सामाग्रि खरिदमा सक्रियताका साथ अभियानमा भुमिका निर्वाह गर्नुहुने जित शेरचन र विपिन मल्ललाई धन्यबाद ज्ञापन गर्नुभयो । मेयर नेपालीले विपत्तीको समयमा सबै मिलेर अगाडी बद्नुपर्ने बताउँदै नागरीकको जिवन रक्षा र सुरक्षामा सहयोगि दाताहरुको महत्वपूर्ण भुमिका रहने बताउनु भयो ।

सहयोगि दाताबाट आएको राहात सामाग्रीअभियान्ताहरुले पारदर्सि तवरले हस्तान्तरण गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत , स्वास्थ्य सम्योजक घनस्याम चालिसे, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्ल, पत्रकार, समाजसेवी, बुद्धिजिवी लगाएतको रहोभरमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares