Sunday, May 5
Shadow

साहित्य/कला

मन दास हुनसक्दैन – भुमिनन्द देवकोटा

मन दास हुनसक्दैन – भुमिनन्द देवकोटा

शिक्षा, साहित्य/कला
भुमिनन्द देवकोटा मन मन स्मरण हो सन्देह, ख़्याल र साँचों हो अनि स्मृति, विस्मृति अनुभव र अपेक्षा हो यो जब मजबुत छ अस्तित्व नै यसभित्र छ सुख, ख़ुशीको किल्ला छ नपुग्ने कुनै लोक छैन नपुग्ने कुनै भोक छैन जब यो भत्कन्छ आफैं नअटाउने साँगुरो खोंच बन्छ त्यहाँ केहि पाइदैन पाइन्छ त अभाव । आँसु छ, रौद्ररूप छ शरीर भारी छ जगतले थिचेझैं सबैदेखि टाढा टाढा बस्ने रहर छ बाटो धूमिल छ हिढ्ने रहर मरेको छ शब्दहरू भित्रै नज़रबन्द छ छ त केवल बिगतको यादहरू जो दुख्ने गर्छ र हरपल चपाइरहेछन् बक्यौता ज़िन्दगी मरेको भूत पनि यति बलिष्ठ ! मन भत्केपछि म सोच्छु फेरि ज़िन्दगी बाँच्नुमा फेर्छु बिगत सिक्ने बिषयमा अनि आँत अलि पलाउँछ बिस्तारै मन स्मरण हो जिन्दगी त आज हो हिजो फर्कदैन, भविष्य त आजैले बनाउने पो हो मन दास हुनसक्तैन हिजोको मन आज मालिक हो मालिक बनाउन म कट्टिबद्द छु ! मन स्...
ललकारिएको झापा – चिरन कोइराला

ललकारिएको झापा – चिरन कोइराला

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार, साहित्य/कला
चिरन कोइराला                                        बदनाम झापाली ! चतुर, चलाख, चण्डाल झापाली ! यस्तै यस्तै उपनाममा काठमाडौं लगायतका शहरबाट मोफशलको पूर्वी जिल्ला झापा र झापालीलाई आजपनि ब्याङ्ग्यात्मक नजरले हेरिन्छ । झापाबाट आएको भनेसी आज भन्दा १२/१५ बर्ष अघिसम्म त मुख्य शहरहरुमा डेराभाडा पाउन समेत मुस्किल थियो भन्ने पनि कताकति सुनिएकै हो । कसैले कतै चोकतिर, चिया पसलतिर, भट्टीतिर मुलुकको समसामयिक राजनीतिक, वैचारिक कुराकानी गरेमा झापाली हो कि के हो भनेर सोधिनु त सामान्य नै हो । सामाजिक संजालमा समेत झापालीलाई विभिन्न ट्रोल बनाएर मजाक बनाइएको पाइन्छ । के साँच्चै झापा त्यस्तै छ, झापाबासी त्यस्तै छन्, इतिहासको आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक आधार त्यस्तै छ जुन काठमाडौंमा बस्ने ७६ जिल्लाका मानिसहरु सोच्छन ? झापालाई बदनाम कस्ले गर्यो ? किन गर्यो ? कहाँ भेटिएला त्यो ? आज यस्...
कर्णालीको विरह मनमा घाम कहिले ??

कर्णालीको विरह मनमा घाम कहिले ??

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार, साहित्य/कला
अर्थशास्त्र ------------- लगानी गर्नेले प्रतिफल बढी खोज्छ भवमा गुनी नाफा घाटा कनकपुर नै रोज्छ जगमा सबै व्यापारीको चलन नगदे रीत रुपियाँ धनी बन्ने इच्छा मनुज भवमा बन्छ उपियाँ लगानी हो सारा बहुमत सबै भोट कविजी लगानी हो नारा शिखर नरको नोट रविजी उही हीरामोती रजगज उही अर्थ बटुली उनै लक्ष्मी माता अभिमत उही स्वार्थ नखुली सबैको बाटो हो कमिशन बढी टन्न बगली कुरा मात्रै राम्रा सुन न अनुजा बात पगली मिले खाए धेरै अविरल कथा रोग घरमा अघाए बौलाए शकुनि पथमा देश डरमा! चुनावी हावाले पतकर लगी दूर वनमा हुने पोले सारा कहर अघिका ढुक्क मनमा थियो आशा यस्तो दनुज अहिले फर्किन गए लडे आफैं आफैं अनुज अनुजा झर्किन गए सधैं सत्ता रोगी नगदपुरको फाटक भयो लगानी भुक्तानी मन मगजमा हाटक गयो सुदामा पैलेका महल धनले मख्ख अहिले उता कर्णालीको विरह मनमा घाम कहिले??...
सलामी  खान मरिहत्ते गर्छ हुटिट्याउँ , चार अंगुलको पिर्का चढेर

सलामी खान मरिहत्ते गर्छ हुटिट्याउँ , चार अंगुलको पिर्का चढेर

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार, साहित्य/कला
  हुटिट्याउँ फगत एक बित्ता अग्लो पिर्का चढाइदिएपछि, सारा सगर आफैंले थामेको आत्मरतिमा स्वस्खलित हुँदै, तन्क्क तन्केर सलामी खान्छन् हुटिट्याउँहरू! हुटिट्याउँहरूलाई लाग्छ, धन्न हामीले रातो टालो कुल्चेर सलामी खाइदिनाले पो बाँचेको छ नेपाल, र बाँचेका छन् तमाम नेपालीहरू! नालापानीमा भोकभोकै लड्दा न बलभद्रले पाए सलामी, न अमरसिंह न भक्ति थापाले थाहा पाए, क्या हो सलामी! आजकाल निर्यात गरेर सग्लो भर्भराउँदो ठिटो , बाकसमा नि:शब्द देहसँगै भित्र्याउने गरेकाले बिटो, सत्ताको शिखर चुम्न छिटो छिटो, जो गर्दछ रात दिन तिरंगी र फिरंगीको गुलामी, उही हुटिट्याउँ मरिहत्ते गर्छ खान, चार अंगुलको पिर्का चढेर सलामी! अमृत खरेल । २०७९।९।२४...
नेपाल स्रष्टा समाजले साकार र पराजुलीलाई सम्मान गर्ने

नेपाल स्रष्टा समाजले साकार र पराजुलीलाई सम्मान गर्ने

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, साहित्य/कला
काठमाडौं, पुस ११ गते । नेपाल स्रष्टा समाजको १६औँ स्थापना दिवसको उपलक्ष्यमा वरिष्ठ कवि तथा समाजका संस्थापक अध्यक्ष शैलेन्द्र साकारलाई सम्मान गर्ने भएको छ । यसैगरी, वि.सं.२०७९ को प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान चर्चित कवि नवराज पराजुलीलाई प्रदान गरिने भएको छ । चालीस वर्षभन्दा कम उमेरका स्रष्टालाई प्रदान गरिने पुरस्कारको राशि ११ हजार १११ रुपियाँ रहेको छ । साहित्यकारद्वय चेतनाथ कँडेल ‘हरित’ र श्रीमती सीता कँडेलले ले आफ्नो छोराको स्मृतिमा स्थापना गर्नुभएको यो सम्मानबाट साहित्यकार रमेश शुभेच्छुक, अनुपम रोशी, महेश पौडेल र मिलन समीर सम्मानित भइसकेका छन् । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको जानकारी कार्यसमिति सदस्य माधव बिडारीले दिनुभयो ।...
न्याय कुल्चने सहरमा  शान्तिको धुन बजाउदै

न्याय कुल्चने सहरमा शान्तिको धुन बजाउदै

ब्यानर समाचार, ब्यानर समाचार 2, शिक्षा, साहित्य/कला
लेखक - उपेन्द्र तिमिल्सिना कागेश्वरी मनोहरा -५ , काठमाडौं बाँचेको छु तिम्रो शहरमा एक मुठ्ठी श्वास बोकेर मान्छे भित्र मानव खोज्दै भौतारिदै र लतारिदै अभागी जुत्ताको तलुवा खियाउँदै बाँचेको छु ! उही तिम्रो शहरमा ! भोक त भूलीसकेछु प्यास मेटाउने तिर्सनामा थकान त के भयो र ! पाटी पौवा नै लिलामीमा चढेपछी ! खिस्स दाँत देखाएरै भए पनि अभाव त झन् छोपेकै छु ! तर पनि म बाँचेको छु उही तिम्रो शहरमा ! दौरा सुरुवाल लाएर पनि नाङ्गै देखिने भिडहरुमा झुत्रो मुत्रो लाएर पनि लाज त ढाकेकै छु ! शान्तिको धुन बजाउँदै न्याय कुल्चने शहरमा आफ्नै लागि कात्रो बोकेर म बाँचेको छु! मुर्दा शान्ति छाएको उही तिम्रो शहरमा !!  ...

जुङ्गे बादशाहको नंग्रा !

ब्यानर समाचार, साहित्य/कला
लेखक: चिरन कोइराला यो खूनी नङ्ग्रा कस्को हो ? हिटलर मुसोलिनी नादिर शाह या कुनै जुँगे बादशाह को ? जो भाइचारामा थप्पड बर्षाउँछ जो बेसहारा जिस्मको कत्लेआम गर्न मैमत्त छ जाे यो शहरमा आगोको बर्षा गर्न उद्दत छ । तुसाराेमा एक रात छाप्राेमा बिताउन जसलाई मेराे चुनाैती छ । यो खूनी नङ्ग्रा कस्को हो ? चिन्नुस उसलाई हेर्नुस उसलाई आज उसप्रति मेरो कुनै सहानुभूति छैन सहानुभूति त आफै प्रति छ एक्काइसौं सताब्दीमा पनि म उसलाई दया गर्न बाध्य छु । जाे जिउँदाकाे बास उधिनेर आफ्नाे सुन्दर स्वार्थकाे कल्पना गर्छ । ...
हामिले भोट हाल्नै पर्छ,असल नेता छान्नै पर्छ !

हामिले भोट हाल्नै पर्छ,असल नेता छान्नै पर्छ !

ब्यानर समाचार 2, साहित्य/कला
  लेखक-  उपेन्द्र तिमल्सिना भोट त हाल्नै पर्छ तर , राम्रोको खोजीमा पर्खिरहेछु। सदाचारको खाता पल्टाउँदै जवाफदेहीताको पाना बोकेर भोट माग्न आउँछन् कि भनेर पर्खि रहेछु !! कमिसनमा जिवन देख्नेहरु सुविधामा आयु थप्नेहरु भोज भतेरमा भोट खोज्नेहरु विकासमा तेरो मेरो भन्नेहरु मेरो जनप्रतिनिधि नबनोस त्यसैले त सदाचारको सेतो भेषमा जवाफदेही बनेर असल मान्छेहरू भोट माग्न पक्कै आउँछन् ! त्यसैले त ढोका खुल्लै राखेर म पर्खि बसेछु !! मेरो टोलको स्वरुप फेर्न तिम्रो गाँउको बिकास गर्न मरुभूमीको यात्रीहरु फर्काउन हाम्रै माटोमा धान झुलाउन डाँडाहरूको बन जोगाउन राम्रो लाई छान्नै पर्छ । मैले भोट हाल्नै पर्छ । -२ राजनीतिलाई सेवा ठानेर जनतालाई आफ्नै मानेर मेरो प्रश्नको उत्तर बनेर अन्यायको बेला न्याय बनेर मौलिक विकास...

लेण्डुप भएर आयौ !

ब्यानर समाचार 2, साहित्य/कला
लेखक - भूमि देवकोटा   ल भन तिमी को हौ !? दशैँ हो कि निर्वाचन कचौरामा दुइटा खुन्टा सितन लिएर आयो । बटारे पानी ग्लासमा भरिएर आयो । जनता जनार्दनको भाउ यसपटक, झन घटेर आयो । नेता हो कि गोठालो छिमेकको कन्नानी समातेर आयो । दर्शन, बिचार, राजनीति गठबन्धने अगेनामा आहुति दिएर आयो । असलमा निर्वाचन छोरी बोकेर आयो, •••, भाइ लिएर आयो । समानुपातिक फेरि श्रीमती भएर आयो । आया राम गया राम भएर आयो । खुलमखुला छाती खोलेर लेण्डुप भएर आयो । बुढो, रोगी त हुँदै हो दलाल भएर आयो । एमसिसि, एसपिपि काँध थापेर आयो । फेरि पनि, दासहरूको फूलमाला भिरेर आयो । देशको मूल धमनीमा सुँड धसेर आयो । बाँकि रेमिटेन्स हसुरेर आयो । जनताको सबै छिनालेर नसा तनतनी पिउँने भएर आयो । यसपटक निर्वाचन झन क्रुर भएर आयो । ठ्याउकेहरू नयाँ कोटरी खोलेर...
स्वार्थको बिउ रोप्दै रोपिएन

स्वार्थको बिउ रोप्दै रोपिएन

ब्यानर समाचार 2, साहित्य/कला
लेखक - नर बहादुर बिसी (बानियाँ) उबेला पार्टी भनेर - देश र जनताको मन्त्र जपियाे शरिरमा थुप्रै पीडा थपियो जेलकाे यातना धेरै खपियाे तर के गर्नु- गुण्डागर्दी गर्न जानिएन तिघ्रे पाखुरे पाल्दै पालिएन त्यो खाले पसल थाप्दै थापिएन स्वार्थको बीउ राेप्दै राेपिएन तर गल्ती गरिएछ त्यति सबै गरेको भए धनकाे बीउ छरेकाे भए सायद यसपालि सांसदमा दर्खास्त दिनेथिएँ नभए पनि समानुपातिकमा नाम लिनेथिएँ याे त भनेको मात्रै हाे सत्य त मैले जे गरेँ ठिकै गरेँ। ...