Tuesday, April 23
Shadow

नेपाल स्रष्टा समाजले साकार र पराजुलीलाई सम्मान गर्ने


  • -इ
  • इ+

काठमाडौं, पुस ११ गते । नेपाल स्रष्टा समाजको १६औँ स्थापना दिवसको उपलक्ष्यमा वरिष्ठ कवि तथा समाजका संस्थापक अध्यक्ष शैलेन्द्र साकारलाई सम्मान गर्ने भएको छ ।

यसैगरी, वि.सं.२०७९ को प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान चर्चित कवि नवराज पराजुलीलाई प्रदान गरिने भएको छ ।

चालीस वर्षभन्दा कम उमेरका स्रष्टालाई प्रदान गरिने पुरस्कारको राशि ११ हजार १११ रुपियाँ रहेको छ ।

साहित्यकारद्वय चेतनाथ कँडेल ‘हरित’ र श्रीमती सीता कँडेलले ले आफ्नो छोराको स्मृतिमा स्थापना गर्नुभएको यो सम्मानबाट साहित्यकार रमेश शुभेच्छुक, अनुपम रोशी, महेश पौडेल र मिलन समीर सम्मानित भइसकेका छन् ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको जानकारी कार्यसमिति सदस्य माधव बिडारीले दिनुभयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares