Tuesday, April 16
Shadow

कर्णालीको विरह मनमा घाम कहिले ??


  • -इ
  • इ+

अर्थशास्त्र
————-
लगानी गर्नेले प्रतिफल बढी खोज्छ भवमा
गुनी नाफा घाटा कनकपुर नै रोज्छ जगमा
सबै व्यापारीको चलन नगदे रीत रुपियाँ
धनी बन्ने इच्छा मनुज भवमा बन्छ उपियाँ

लगानी हो सारा बहुमत सबै भोट कविजी
लगानी हो नारा शिखर नरको नोट रविजी
उही हीरामोती रजगज उही अर्थ बटुली
उनै लक्ष्मी माता अभिमत उही स्वार्थ नखुली

सबैको बाटो हो कमिशन बढी टन्न बगली
कुरा मात्रै राम्रा सुन न अनुजा बात पगली
मिले खाए धेरै अविरल कथा रोग घरमा
अघाए बौलाए शकुनि पथमा देश डरमा!

चुनावी हावाले पतकर लगी दूर वनमा
हुने पोले सारा कहर अघिका ढुक्क मनमा
थियो आशा यस्तो दनुज अहिले फर्किन गए
लडे आफैं आफैं अनुज अनुजा झर्किन गए

सधैं सत्ता रोगी नगदपुरको फाटक भयो
लगानी भुक्तानी मन मगजमा हाटक गयो
सुदामा पैलेका महल धनले मख्ख अहिले
उता कर्णालीको विरह मनमा घाम कहिले??

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares