Thursday, April 25
Shadow

साहित्य/कला

“जनगायिका हेलिन बोलेक” हार्दिक श्रद्धाञ्जली

“जनगायिका हेलिन बोलेक” हार्दिक श्रद्धाञ्जली

ब्यानर समाचार, साहित्य/कला
भोको पेटको आवाज हेलिन बोलेक ! नाङ्गा पैतालाको चाल हेलिन बोलेक ! उत्पीडितहरुको न्यायको निम्ति आवाज विहीनहरुको आवाज बनेर । पीडकहरु विरुध्द बम बारुद बनेर मानवहितको निम्ति पड्कीरह्यौ ...!! आफ्नो वर्गको पक्षमा, गितारको झंकार सँगै आवाजको स्वतन्त्रताको लागि तिम्रो बलिदान ! एक्काईसौं शताब्दीको तानाशाही शासकहरु विरुध्द तिम्रो आवाज कोरोना भाइरस झै फैलिरहने छ ! आगोको ज्वाला झैं दन्किरहने छ ! युग युग सम्म दुनियाँले गाउने छ ! तिम्रो वीरताको गाथा !! अनि भन्ने छ, हेलिन बोलेक ... जिन्दावाद !! हेलिन बोलेक ... अमर रहुन्!! चौथो स्मृति भोक हड्तालको क्रममा टर्कीको शासक द्वारा हत्या गरिएको "जनगायिका हेलिन बोलेक" हार्दिक श्रद्धाञ्जली उपेन्द्र तिमिल्सिना कागेश्वरी मनोहरा - ५ काठमाडौं...
मान्छे

मान्छे

साहित्य/कला
मान्छे , आउँछ अनी जान्छ ! जोडिन्छ अनी तोडिन्छ ! भेटिन्छ र छुटिन्छ पनि घटना अनी परि-घटनाहरुको घुम्तिहरुमा कतै गोरेटोमा कतै मूलबाटोमा भेटिनु र छुटिनु उही दोबाटो रहेछ ! कति मिठा पलहरु बोकेर कति नमिठा क्षणहरु खेपेर पिडाको भारी बोक्दै छुटिनु पर्ने ! काँडा जस्तै बिझिरहने ! तितो लाग्ने सत्यलाई भूलेर पनि जोडिनु पर्ने ! सायद मान्छे सँग स्वार्थी रसायन हुनुको विवशता होला! कोही विचार दिएर जान्छन् कोही भाव शून्य बनाएर छुट्छन् ! कोहि आँसु बोकेर आउँछन् कोही पिडा छोडेर जान्छन् ! कोहि खुसी लुटेर जान्छन् ! हो , त्यसैले त ! कोही जिवन दिएर जान्छन् ! कोही जिवन लिएर जान्छन् ! कतै जिवन भेटिन्छ , कतै जिवन मेटिन्छ र त मान्छे ! स्मृतिमा बस्नेले छोडी दिन्छ ! विस्मृत हुनुपर्ने आई रहन्छ ! त्यसैले त , मान्छेको मूल्य फरक फरक रहेछ !! मान्छेको बुझाई अर्कै अर्कै रहेछ !! सत्य...
नारायण ज्ञवालीको पहिलो कविता–सङ्ग्रह ‘गथासो’ सार्वजनिक

नारायण ज्ञवालीको पहिलो कविता–सङ्ग्रह ‘गथासो’ सार्वजनिक

ब्यानर समाचार, ब्यानर समाचार 2, साहित्य/कला
काठमाडौं, फागुन २९ गते । नेपालका सामुदायिक विद्युत अभियन्ता तथा जागरुक कवि नारायण ज्ञवालीको पहिलो कविता–सङ्ग्रह ‘गथासो’ आइतवार एक विशेष कार्यक्रमबीच नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा सार्वजनिक गरिएको छ । सार्वजनिक कार्यक्रममा अर्थविद रत्नसंसार श्रेष्ठ, जलश्रोतविद पूर्वमन्त्री दीपक ज्ञवाली, अर्थविद तथा प्रर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनी , उर्जाविज्ञ तथा नेता लीलामणि पोख्रेल, ऊर्जा,जलस्रोत तथा सिंचाईं मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायत दर्जनौं ऊर्जा अभियन्ता तथा विशेषज्ञहरूको सहभागिता थियो । लोकार्पित पुस्तकका बारेमा अवेरनेस इन्टरनेसनल एकेडेमीका प्रधानाध्यापक तथा नेपाली विषयका शिक्षक एवं युट्युबमा बहुचर्चित ‘नेपाली व्याकरण गीत’ का सर्जक विमल घिमिरेले बोल्नुभएको थियो । कृतिमा विविध विषयमा केन्द्रित ७३ वटा रचना समेटिएका छन् । २०७५ देखि २०७९ फागुनसम्म लेखिएका समसामयिक कविता तथ...
गीतकार सुमन कुमार धितालको चार मुक्तक

गीतकार सुमन कुमार धितालको चार मुक्तक

ब्यानर समाचार, साहित्य/कला
सगरमाथा भन्दा अग्लो शिर लिएर हिडिछौ आहारा खोज्न बिषालु तिर लिएर हिडिछौ तन्काई तन्काई लालचको बाण धनुमा फसाई आफ्नै मुटु छिनाई झिर मा उनेर हिडिछौ । ईमान्दारिताको पसिनाले भिज्दै छ जिन्दगी , मुटु भित्र केले केले चसक्क बिज्दै छ जिन्दगी, सपना नै सपनाको शहर देख्छु गाउँ भित्र त्यही सपनाको शहरले थिच्दै छ जिन्दगी   मात्र छ हृदयमा पिरको घर, रित्तै छ जिन्दगी हिजो आज यस्तै यस्तै बित्तै छ जिन्दगी दिन पछि रात , रात पछि दिन देखाइ मलाई पत्तै नदिइ समयले बिस्तारै जित्तै छ जिन्दगी ।। एउटै हो भारत , पाकिस्तान एउटै हो राष्ट्र अलग अलग भए पनि मान्छे एउटै हो, मान्छे कालो होस् या गोरो, सानू होस् या ठूलो बुझ्नु पर्छ हामिले भगवान सबैको एउटै हो।...
एच.के.धितालको पाँच मुक्तक

एच.के.धितालको पाँच मुक्तक

साहित्य/कला
एच.के.धितालको पाँच मुक्तक मुक्तक:-१ अहिले अधिकांश  जनता कुनै न कुनै मारमा छ्न देशको चौतर्फी बिकास गर्न कोहि सरकारमा छन देशको बिकास गर्न ल्याउन त  ल्यायौ रेल योजना त्यही रेल चढ्नु पर्ने कतिपय साउदी कतारमा छन मुक्तक:-२ बेईमानलाई  पनि  अन्तमा ईमान्दार  चाहिदो रैछ यो पक्कै मरेको हो भन्न कुनै आधार  चाहिदो रैछ यहाँ आफन्त छ्न भनेर कसरी भन्न  सकियो र खै लास भै सकेपछी पनि गाड्न सरकार चाहिदो रैछ मुक्तक:-३ ठाउँको  ठाउँ  मै  पेट्रोल आउँछ तेल आउँछ आए आउँछ नआए कमिशन्को खेल आउँछ एउटा  मान्छे  हतारमा थियो  मैले भनी दिए केही  बर्ष  पर्ख  बाबू  नेपालमा  रेल आउँछ मुक्तक:-४ ओकलेर  समृद्धिको  आधार  अर्थ  न बर्थ बोकाएर बिदेशि ऋणको भार  अर्थ न बर्थ शुक्रवारको  काम  नै  सकिएको हुदैन यहाँ आईतबार बिदा दिन्छ सरकार अर्थ न बर्थ मुक्तक:-५ जनता प्रती  सरकारको आधार कस्तो लाग्छ ? घर घरमा  दिएको त्यो...
चियागफ

चियागफ

ब्यानर समाचार, ब्यानर समाचार 2, साहित्य/कला
उस्तै लाग्छ मलाई रवि र म उनले T.V मा देशभक्ति देखाईरहदा, म पनि चियागफमा देशकै चिन्ता गर्थे। उनले channel मा कानुन र संविधानमा अविश्वाश देखाइरहदा, म अझैपनि विश्वस्तै थिए संविधान प्रति । उनको नेता र व्यवस्थाप्रतिको कटाक्ष्यले निराश बनाउथ्यो, तर! म सम्हालिन्थे, सास रहुन्जेल आश !! उनले पत्रकारिताद्वारा सकिनै लाग्यो, लौ! खत्तमै भयो भन्दा, म विध्यार्थीहरुलाई गर्न बाँकी नै छ, हामीले नै हो गर्ने भन्थे। उनी अवसरको खोजीमा विदेश पलायन हुने सोच्दा, म डराउथेँ, मलाई देखेर सिक्न खोज्नेहरूले के सिक्लान? उनी पत्रकार म शिक्षक, सफेद आम्दानी उस्तै जिम्मेवारी उस्तै ! तर, उनी गफ कै भरमा सरकार बनाउन पुगे, म अझै देश बनाउने गफमै व्यस्त छु। आजकल म सिकाउछु, देश बनाउनु र सरकार बनाउनु अलग कुरो हो। नानीवावु हो, सरकार बनाउन गफले हुन सक्ला, देश बनाउन प्रय...
अखण्डित मान्छे – “चेतनपथ” माधव बिडारि

अखण्डित मान्छे – “चेतनपथ” माधव बिडारि

ब्यानर समाचार 2, विचार, साहित्य/कला
कथा                                                                            सग्लो मान्छे                                                                        ========                                                                लेखक - "चेतनपथ" माधव बिडारि                                                                                                                                    म बरन्डामा बसेर पुषे घाम ताप्दै असन बजारको चहलपहल हेर्दैछु।बाटोमा जिन्दगीसंग प्रतिस्पर्धा गर्नेहरुको भिड्ले भरीएको छ।मान्छेको लम्काइ देख्दा लाग्छ कोशौ टाढा जानको लागि एकाअर्कामा प्रतियोगिता चल्दैछ।म गजबले नियाल्दैछु; असन आफैमा अशक्त छ,ढुङ्गाको चेपबाट बनेको सुरुङ्ग जस्तै बाटो ,त्यसमा सलहका ताती जस्तै सामान किन्ने र बेच्नेको भिड अनि ईटाको चाङ जस्तै अवेवस्थित रुपले आकाशिएका घरहरू ।बाटोको छेउमा लम्पसार परेक...
डा. सदानन्द कडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’ को  लोकार्पण

डा. सदानन्द कडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’ को लोकार्पण

ब्यानर समाचार 2, साहित्य/कला
काठमाडौँ । शिक्षाविद् डा. सदानन्द कडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’ को एक समारोह बीच लोकार्पण गरिएको छ । काठमाडौँको मीनभवनस्थित थाहा पुस्तकालयमा नेपाल स्रष्टा समाजद्वारा आयोजित एक विशेष समारोहका बीच प्रमुख अतिथि नियात्रा कार घनश्याम राजकर्णिकार र अन्य अतिथिहरुद्वारा संयुक्त रुपमा 'मृतसागरमा तैरिँदा’ कृतिको लोकार्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि राजकर्णिकारले नियात्रा संग्रहमा २१ वटा निबन्ध रहेको र केही स्वदेशी र केही विदेशी नियात्रा रहेको बताउनु भयो । प्रशासनिक व्यस्तताले पहिले नै साहित्य लेखन गर्न नसकेको उहाँको कृति पढेर थाहा पाइने उहाँले बताउनु भयो । नियात्रा कृतिमा देश, विदेशका विभिन्न विषयवस्तु र ठाउँहरूलाई रोचक किसिमले वर्ण गरेको उहाँले उल्लेख गर्नुभएको थियो । स्रष्टा समाजका संरक्षक पवन आलोकले स्रष्टा डा. कडेललाई धेरै पहिलेबाट चिनेको मात्र नभइ सँगै लामो समय क...

नेपाल स्रष्टा समाज द्वारा सम्मान घोषणा

ब्यानर समाचार, साहित्य/कला
नेपाल स्रष्टा समाजले प्रेस विज्ञप्ति निकाल्दै  वि.सं.२०७९ का दुई सम्मानको घोषणा गरेको छ । यस वर्षको सुभद्रा विश्वराज स्रष्टा सम्मान वरिष्ठ कवि श्रीहरि फुयाँल र रमेशगङ्गा स्रष्टा सम्मान वरिष्ठ हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेललाई प्रदान गरिने भएको छ । दुवै सम्मानको राशि रु २१,१११।– रहेको छ । नेपाल स्रष्टा समाजका अध्यक्षको अध्यक्षतामा भएको माघ ८ गते भएको बैठकले सो निर्णय गरेको हो । कवि तथा समाजका नेपाल स्रष्टा समाजका कार्यसमिति सदस्य माधव बिडारीले दिएको जानकारी अनुसार वरिष्ठ कवि तथा समाजका पूर्व अध्यक्ष विधान आचार्यले मातापिताको  नाममा स्थापना गर्नुुभएको सुभद्रा विश्वराज स्रष्टा सम्मानबाट कवि रमेशचन्द्र देवकोटा, नारायणदक्त शास्त्री, घनश्याम कँडेल, रमेश खकुरेल र भुवनहरि सिग्देल सम्मानित भइसक्नुभएको छ । बागमती प्रदेशका सांसद तथा राष्ठ्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटालगायत...
नमस्कारको फण्डा

नमस्कारको फण्डा

टिप्स, विचार, समाचार, साहित्य/कला
‘नमस्कार’को फण्डाः– उनताकाको कुरा हो जतिबेला म ल क्याम्पसको प्रशासनमा काम गर्थें । एकजना रामबहादुर दाइ हुनुहुन्थ्यो पालेको पदमा । एकदिन वहाले मलाई कम्पाउण्ड भित्र हिडिरहनु भएका तत्कालिन डिनसाबलाई देखाउदै चिडचिडाउदै भन्नुभयो, “हेर्नुस् न ! त्यो डिनसाब भेट्दैपिच्छे नमस्कार खोज्नुहुन्छ । विहान देखि वेलुकासम्म । नमस्कार नगरे जागिरै खाईदिउला जस्तो गर्नुहुन्छ ।” वहाको मेसेज जटील, दुर्वोध्य र असम्प्रेषणीय थिएन । मनको आगो ओकल्नुभयो वहाले । मलाई लग्थ्यो, ‘यी डिनसाव पनि कति अहंकारको कुपोषणको चक्रमा श्वास धानीरहेका होलान्, अहंकारका पुत्ला ! एकपटक विहान भेटहुदाँ नमस्कार गरे त भै हाल्यो नि !’ मेरा एकजना अनन्य वकिलमित्रले एकपटक आफ्नो मनमा उठेका यस्तै तरंग यसरी सुनाउनु भएथ्यो, “हेर्नोस् न, त्यो मान्छे ! हामीसँगै ल सोसाईटिले कानुनी साक्षरता कार्यक्रम गर्दा देशका विभिन्न ठाँउहरुमा गयौं । म भन्दा पछिल...