महेन्द्र अधिकारी
असोज १४,ललितपुर
नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायक
केशव अधिकारीको स्वरमा “दिल भित्र नाम छ” गीत सार्वजनिक भएको छ । यो गीतमा केशव अधिकारी कै शब्द छ भने
संगित दिनेश मुस्कान को छ ।
काठमाडौं डिजिटलमा रेर्कड गरिएको गीतको भिडियोमा अन्जु सुनार,केशव अधिकारी ,अर्जुन बुढाथोकी,यम बहादुर बि क,
राम शरण पाण्डे,राम कृष्ण पाण्डे र आयन राईको अभिनय रहेको छ । भिडियोमा दिनेश मुस्कानको छायांकन तथा सम्पादन
रहेको छ भने केशव अधिकारीले यो भिडियोको निर्देशन गरेका हुन् ।
“दिल भित्र नाम छ” भिडियोलाई ओ एस् आर डिजिटल आधिकारिक युटुब च्यानलबाट गीत हेर्न सकिनेछ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला :
https://youtu.be/q9CgqisBqvc...
अन्यायको भुमरिमा कोहि नपरोस
नेपालको झण्डा हाम्रो कहिल्यै पनि नझुकोस
सुन्दर शान्त भनिएको मेरो देशमा फेरिपनी गौतम बुद्ध को जन्म होस
सद्भाव र माया एक आपसमा सधै रहिरहोस
अकालमा कोहि पनि मर्न नपरोस्
हत्या हिसां र बलत्कारको सधैभरिलाइ अन्त्य होस
बिन्ती छ भगवान फेरिपनी गौतम बुद्ध को जन्म होस्
मान्छे संग मान्छे अब डराउन नपरोस्
फुल्न लागेको फुल अब ओइलिएर नझरोस
अब अरु निर्मलाले मर्न नपरोस
बाबा आमाको काख अब खाली नबनोस
बिन्ती छ भगवान ,फेरि पनि गौतम बुद्धको जन्म होस्
पृथ्वीनारायण शाहले आर्जेको मुलुक
कहिल्यै हाम्रो ईतिहास नढलोस
जति रुनु रोइसकिन नेपाल आमा
अब रुन नपरोस
अब रुन नपरोस्
बिन्ती छ भगवान फेरि गौतम बुद्ध को जन्म होस्
लुट्तन्त्र सिमा मिच्ने काम अब बन्द होस् महामारी रोग ब्याधको सिकार बन्न नपरोस्
ऋणको भारी टाउकोमा बोकि परदेशिन नपरोस्
बिन्ती छ भगवान फेरि पनि गौतम बुद्ध को जन...
सुखी नेपाली, समृद्ध नेपाल!
नयनमा सपना सजाउँदै गर्दा
दिमाग, पाठेघर र कारागारको बन्दी भित्र
परिवर्तन र नयाँ युगको हुँकार डकार्दै गर्दा
सोच्छु
प्रसव पिडामा छ्ट्पटाइरहेकी ती महिला
अर्काेतिर कोरोना संक्रमित बिरामीहरुको
उपचार नपाएरै भएको त्यो कहालीलाग्दो
भयानक अनि हृदयविदारक मृत्युुवरण
अस्पतालले वेवास्ता गर्दाको त्यो मृत्युवरण
शिक्षाको उज्यालो किरण छर्ने ति शिक्षकहरु
कोभिड खोपका लागि प्राथमिकता परेनन् यहाँ
यस्ता लज्जास्पद गतिविधीहरु लौन न हजुर
अवरोध भएर ,लक्ष्यको बाटो छेकेर बरु
नआइदिएको भए हुन्थ्यो!
सोच्छु,
कोरोना संक्रमितलाई गरिने त्यो भेदभाव
जातिय रुपमा गरिने त्यो डरलाग्दो विभेद
के हाम्रातिर मात्रै हुन् र भन्या?
फेरि सोच्छु,
अक्सिजन नपाएर रोइकराइ गरेका आफन्त
हार गुहार गर्दै भौँतारिँदै ,यताउता कुदेकै थिए
क्यामराले खिचेकै थिए, समाचार छापिएकै थिए
परदेशमा कमाउन गएका दाजुभाइ,...
काठमाडौँ । उद्यमी तथा लेखक कश्यपप्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” कथा संग्रहको लोकार्पण गरिएको छ । वरिष्ठ पत्रकार तथा सीमाविद् भैरव रिसालले कथा संग्रहको लोकार्पण गरेका छन् ।
लेखक पौड्यालले नेपाली परिवेश, मौलिक भाषालाई कथामा उतारेको बताएका छन् । उनले फरक फरक विषयका २१ वटा कथा फरक परिवेशमा आधार रहेर लेखेको बताए ।
लोकार्पण कार्यक्रममा साहित्यकार डा। तुलसी भट्टराई, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, पूर्व प्रशासक नरेन्द्रराज पौड्याल, नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष शान्तराम बिडारी, प्रेस युनियन केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेश पौड्याल, फोरम फर हेल्थ एण्ड टेक्निकलका महासचिव सुनिल कुमार चालिसे, नागरिक समाज जीवनलाल शर्मा, पौड्याल वंश महासंघका उपाध्यक्ष दिपकप्रसाद पौड्याल र पूर्व सांसद बद्रीप्रसाद खतिवडा, घोष्...
महेन्द्र अधिकारी/ललितपुर,पुष १७
चर्चित गायक रेशम थापा,दिपक ढकाल,रामहरि भण्डारी,सानु के सी,लक्ष्मी दर्नाल र जिवना हुमागाई को नयाँ लोकदोहोरी गीत “बाटो छ भिरलो पछ्यौरी २” डिजिटल बजारमा सार्वजनिक भएको छ ।
दिपक ढकालको प्रस्तुति रहेको गीतमा काठँ क्षेत्रको चर्चित गायक सानु के सीको शब्द ,संगीत दिपक ढकालको रहेको छ भने यो दोहोरी भाकालाई संगीत सरोबर रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
निरेन श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोमा रुपेश पुडासैनी,आभास पुडासैनी र रिया पन्त को दमदार अभिनय देख्न सकिन्छ । “बाटो छ भिरलो पछ्यौरी २” गीतको भिडियोलाई दिपक ढकाल को अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ ।
सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।
https://www.youtube.com/watch?fbclid=IwAR1cCZmLh7vODXCKLwoVlMAYKaVoj6MwdIBfT0M5jgiUu6HqNXAV5in4ido&v=jjupZtG2tzM&feat...
माधव छन्त्याल
पौष २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाइदै आइएको छ, त्यसोत पञ्चायत कालमा यस दिनलाई राजतन्त्रको गुणगान गाउने दिनको रूपमा समेत मनाइन्थ्यो यद्यपि २०४६ सालको बहुदलीय ब्यबस्था आएपछि यो दिवसलाई राष्ट्रिय दिवसकै रूपमा मनाइयो तर हाल भने यसलाई राष्ट्रिय रूपमै मनाइने गरिएको भने छैन । हरेक बर्ष यस पर्वको निमित्त सार्वजनिक बिदा माग हुदै आएको भएतापनि यस बर्ष भने सरकारले बिदा दिएको छैन । इतिहास शिरोमणि बाबुराम आचार्यको सुझावमा विक्रम सम्बत २०१२ देखि नेपालमा पौष २७ गते लाई राष्ट्रिय एकता दिवस मनाइदै आएको पाइन्छ । यसै सन्दर्भमा युवा सर्जक माधव छन्त्यालले एकता दिवस लक्षित गरि रचना गरेको कविता प्रस्तुत छ।
एकता र एकता दिवस
एकता
राष्ट्रहरुको विविधताका बिच
आपसि सम्मानको भाव हो
समानताको सौम्य गित हो
जस्ले बचाइरहेको हुन्छ विविधता, सम्बन्ध र स्वायत्तता ।
यो फगत एक बिम्ब मात्र होइ...
काठमाण्डौँ, पुष २२
२९९ औँ पृथ्वीजयन्तीको अवसरमा नुवाकोटको विदुर नगरपालिका वडा नं ५ देविघाटमा फुटबल प्रतियोगिता, कविता वाचन र साँस्कृतिक कार्यक्रम हुने भएको छ । पुष २७ गते पृथ्वीजयन्तीको अवसरमा पृथ्वीस्मारक संरक्षण समितिको आयोजनाका उक्त कार्यक्रम हुनलागेको हो ।
पुष २२ गते (आज) बसेको समितिको बैठकले ४५ वर्षभन्दा माथिकालाई लक्षित गर्दै फुटबल प्रतियोगिता, खुल्ला कविता वाचन र साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो ।
...
काठमाणडौं, पुष १९
सामाजिक अभियन्ता एवम् निर्माता मनोज कार्कीको नयाँ गीत मुनामदन-२ को म्युजिक भिडियोको बिमोचन भएको छ ।
शनिबार काठमाडौं बानेश्वरस्थित होटेल हङ्गर हबमा एक समारोहबीच सो म्युजिक भिडियोको बिमोचन गरिएको हो ।
चर्चित गायक जनक बिबश न्यौपाने र चर्चित गायिका रचना रिमालको स्वरमा रहेको गीतमा शब्द र संगित पनि गायक जनक बिबश न्यौपानेकै रहेको छ ।
राजु कार्कीको एरेन्ज रहेको छ। उक्त गीतको भिडियोमा चर्चित नायक आकाश श्रेष्ठ र नवनायिका याङसु श्रेष्ठको सशक्त अभिनय रहेको छ।
नेपाली सुगम संगितमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निर्देशक जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन र अभि वाग्लेको कोरियोग्राफी रहेको छ। मनोज कार्की निर्माता रहेको भिडियो जनक बिबश न्यौपाने युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।...
काठमाणडौं, पुष १८
कोभिड–१९ सङ्क्रमण फैलिन सक्ने भन्दै धार्मिकस्थलहरूमा माघे सङ्क्रान्तिमा लाग्ने मेला प्रभावित हुने भएका हुन् । माघे सङ्क्रान्तिमा जिल्लाका दुई प्रमुख धार्मिकस्थानमा ठूला–ठूला मेला लाग्ने गर्छन् । घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने दह र लमही नगरपालिका–९ स्थित बगारबाबा धार्मिकस्थल रिहारमा हरेक वर्ष माघ १ गते मेला लाग्ने गर्छन् । यो वर्ष यी दुवै स्थानमा जनस्वास्थ्यको सुरक्षा कारण देखाएर मेला नलाग्ने भएको हो ।
बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले जिल्ला प्रशासन कार्यालय दाङको निर्देशनानुसार मेला नलाग्ने तर भौतिक दूरी र सुरक्षाको मापदण्डको पालना गरी दर्शन र पूजा भने गर्न सकिने बताउनुभयो । उक्त मन्दिरमा बिहान ६ देखि ११ बजेसम्म दैनिक पूजा भइरहेको छ । मन्दिरमा पूजाका लागि प्युठान, रोल्पा, रुकुमबाट दैनिक करिब २०० भक्तजन आउने गरेको अध्यक्ष बुढाले बताए । यहाँ मेलाम...