Thursday, April 25
Shadow

हामिले भोट हाल्नै पर्छ,असल नेता छान्नै पर्छ !


  • -इ
  • इ+
  लेखक-  उपेन्द्र तिमल्सिना
भोट त हाल्नै पर्छ
तर ,
राम्रोको खोजीमा पर्खिरहेछु।
सदाचारको खाता पल्टाउँदै
जवाफदेहीताको पाना बोकेर
भोट माग्न आउँछन् कि भनेर
पर्खि रहेछु !!
कमिसनमा जिवन देख्नेहरु
सुविधामा आयु थप्नेहरु
भोज भतेरमा भोट खोज्नेहरु
विकासमा तेरो मेरो भन्नेहरु
मेरो जनप्रतिनिधि नबनोस
त्यसैले त
सदाचारको सेतो भेषमा
जवाफदेही बनेर
असल मान्छेहरू
भोट माग्न पक्कै आउँछन् !
त्यसैले त
ढोका खुल्लै राखेर
म पर्खि बसेछु !!
मेरो टोलको स्वरुप फेर्न
तिम्रो गाँउको बिकास गर्न
मरुभूमीको यात्रीहरु फर्काउन
हाम्रै माटोमा धान झुलाउन
डाँडाहरूको बन जोगाउन
राम्रो लाई छान्नै पर्छ ।
मैले भोट हाल्नै पर्छ । -२
राजनीतिलाई सेवा ठानेर
जनतालाई आफ्नै मानेर
मेरो प्रश्नको उत्तर बनेर
अन्यायको बेला न्याय बनेर
मौलिक विकासको
खाका बोकेर आउनेलाई
मैले भोट दिनु पर्छ !
हाम्रो हैन राम्रोलाई छानेर
मैले भोट हाल्नै पर्छ
असल नेता छान्नै पर्छ !!
हमिले भोट हाल्नै पर्छ !!
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares