Saturday, April 27
Shadow

जुङ्गे बादशाहको नंग्रा !


  • -इ
  • इ+

लेखक: चिरन कोइराला

यो खूनी नङ्ग्रा कस्को हो ?
हिटलर
मुसोलिनी
नादिर शाह
या कुनै
जुँगे बादशाह को ?
जो भाइचारामा थप्पड बर्षाउँछ
जो बेसहारा जिस्मको कत्लेआम गर्न मैमत्त छ
जाे यो शहरमा आगोको बर्षा गर्न उद्दत छ ।
तुसाराेमा एक रात छाप्राेमा बिताउन
जसलाई मेराे चुनाैती छ ।
यो खूनी नङ्ग्रा कस्को हो ?
चिन्नुस उसलाई
हेर्नुस उसलाई
आज उसप्रति मेरो कुनै सहानुभूति छैन
सहानुभूति त आफै प्रति छ
एक्काइसौं सताब्दीमा पनि
म उसलाई दया गर्न
बाध्य छु ।
जाे जिउँदाकाे बास उधिनेर आफ्नाे सुन्दर स्वार्थकाे कल्पना गर्छ ।
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares