मान्छे ,
आउँछ अनी जान्छ !
जोडिन्छ अनी तोडिन्छ !
भेटिन्छ र छुटिन्छ पनि
घटना अनी
परि-घटनाहरुको
घुम्तिहरुमा
कतै गोरेटोमा
कतै मूलबाटोमा
भेटिनु र छुटिनु
उही दोबाटो रहेछ !
कति मिठा पलहरु बोकेर
कति नमिठा क्षणहरु खेपेर
पिडाको भारी बोक्दै
छुटिनु पर्ने !
काँडा जस्तै
बिझिरहने !
तितो लाग्ने सत्यलाई
भूलेर पनि
जोडिनु पर्ने !
सायद मान्छे सँग
स्वार्थी रसायन हुनुको
विवशता होला!
कोही विचार दिएर जान्छन्
कोही भाव शून्य बनाएर छुट्छन् !
कोहि आँसु बोकेर आउँछन्
कोही पिडा छोडेर जान्छन् !
कोहि खुसी लुटेर जान्छन् !
हो , त्यसैले त !
कोही जिवन दिएर जान्छन् !
कोही जिवन लिएर जान्छन् !
कतै जिवन भेटिन्छ ,
कतै जिवन मेटिन्छ
र त मान्छे !
स्मृतिमा बस्नेले
छोडी दिन्छ !
विस्मृत हुनुपर्ने
आई रहन्छ !
त्यसैले त ,
मान्छेको मूल्य
फरक फरक रहेछ !!
मान्छेको बुझाई
अर्कै अर्कै रहेछ !!
सत्य पनि छिपाई दिने
स्वार्थहरुको भिडमा
आफ्नै बुझाई पो
फगत रहेछ !
फगत रहेछ !!
उपेन्द्र तिमिल्सिना
कागेश्वरि मनोहरा नगरपालिका-५
काठमाडौं