Thursday, April 25
Shadow

साहित्य/कला

राजु सापकोटाको सुमधुर स्वर र अभिनयमा “लाख बिन्ती” सार्बजनिक (भिडियो सहित)

राजु सापकोटाको सुमधुर स्वर र अभिनयमा “लाख बिन्ती” सार्बजनिक (भिडियो सहित)

मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी काठमाडौं,१९ असार । लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि गायक राजु बिरहि सापकोटाको शब्द,संगीतमा “लाख बिन्ती” बोलको गीत बजारमा सार्बजनिक भएको छ । मिलन फिल्म्स प्रोडक्सन युट्युब च्यानलमार्फत् उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् । कुनै पनि नेपालि लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सांगितिक यात्रा गन्तब्य बिहिन हुने गायक सापकोटाको धारणा रहेको छ । उक्त सार्वजनिक भएको गीतमा गायक राजु बिरहि सापकोटा,निशा वाईबा,सुदिप बराईली र हिरा सुनारको सुमधुर स्वरमा सुन्न सकिन्छ र “लाख बिन्ती” बोलको गीतमा एरेन्ज नारायण द्ङ्गालको छ  भने सो गीत म्युजिक प्लस रेकर्डिङ स्टुडियोमा गरिएको गीतलाई मनोज परियारले मिक्सिङ्ग गरेका हुन् । राजु सापकोटाको निर्दे...
सार्वजनिक हुन थाले तीजका गीत-संगीत

सार्वजनिक हुन थाले तीजका गीत-संगीत

मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी काठमाडौं,१९ असार । असार १५ संगै तीज लक्षित गीतसंगीतहरु सार्वजनिक हुन थालेका छन् । केहि दिन अगाडि ‘जाउ न माया सरर गाडीमा’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । गीतमा गायक सुकदेव अधिकारी र गायिका समिक्ष्या अधिकारीले स्वर दिएका छन् । गीतको शब्द बिमल अधिकारीले लेखेका हुन् । गायक तिलक ओलीको संगीत रहेको गीतमा कमल सौरगको संगीत संयोजन सुन्न सकिन्छ । प्रकाश भट्ट निर्देशित कोरियोग्राफर यस गीतको भिडियोमा बिमल अधिकारी,अन्जली अधिकारी,लक्ष्मी गिरी र बबिना सिंहले अभिनय गरेका छन् । अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । त्यस्तै, बिरेन्द्र ढकालको शब्द संगीतमा ‘मेरी मायालाई,तिजको कोशेली’ बोलको तीज गीत सार्वजनिक गरेका छन् । चर्चित संगीतकार महेन्द्र भण्डारीको एरेन्ज रहेको गीतमा गायक खेम सेन्चुरी र गायिका अस्मिता अधिकारीलेले स्वर दिएका हुन् । मदन खड्क...
आयो शान्ति श्रीस र प्रकाशको “गल्छी झरेसी” (भिडियो सहित)

आयो शान्ति श्रीस र प्रकाशको “गल्छी झरेसी” (भिडियो सहित)

मनोरञ्जन, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी काठमाडौं,१७ असार । गायिका शान्ती श्रीस परियार र प्रकाश थापा को सुमधुर स्वरमा “गल्छी झरेसी” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका शान्ति श्रीस मगर युट्युब च्यानलमार्फत् उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतको लय र शब्द सुरेश राना मगरको हो भने शेखर मगरले संगीत संयोजन गरेका छन् । सार्वजनिक भएको गीतको रेकर्ड वन डिबी एच डि ( 1 DB HD) रेकर्डिङ स्टुडियोमा गरिएको गीतलाई बिमल ,बिनोदको रेकर्डिङ रहेको र एच बि एन किस्मतले मिक्सिङ्ग/ मास्टिरिङ्ग गरेका हुन् । सर्जुन राईको निर्देशन रहेको म्यूजिक भिडियोमा मोडल स्मारिका ढकाल,समरिका ढकाल,गणेश मान घले,जोन बमले अभिनय गरेका छन् । बसन्त कुँवरको छायांकन रहेको म्यूजिक भिडियोमा सुदिप चौधरीको कोरियोग्राफर र सम्पादन मनोज कार्कीको रहेको छ । गायिका शान्ति श्रीसले  यसअघि  सांगीतिक कोसेलीका रुपमा “फूलजस्तै मेरो जोवन”,“जून तारा” ब...
भुजेलको गजल : कसैले देख्दैन..

भुजेलको गजल : कसैले देख्दैन..

साहित्य/कला
काठमाडौं ,१५ असार । गजल  आलोक भुजेल  गजलकार म पनि तिम्रो मनभित्र आउँछु कसैले देख्दैन। दिलभित्र बस चुक्कुल लाउँछु कसैले देख्दैन। बाहिर दुनियाँले नजर लगाउन सक्छन् प्रिय। मनभित्रै सुन्दर संसार बनाउँछु कसैले देख्दैन।। डर लाग्छ बाहिर कसैले सुन्न पनि त सक्छन्।। प्रितिको गित म भित्रै गाउँछु कसैले देख्दैन। हिजो म देखि टाढा हुने हरु जलेको पनि के हेर्नु। त्यसैले भित्रै बसेर म मुस्काउँछु कसैले देख्दैन।। यी नयनले तिम्रो सुन्दर फोटो स्केच गर्छु अनि। मेरै दिलको भित्तामा सजाउँछु कसैले देख्दैन।। ...
राम स्याङ्तानको लयमा चर्चित वाइबा,मनिशा र नबराजको “फूल फुलेर मन्द” सार्वजनिक

राम स्याङ्तानको लयमा चर्चित वाइबा,मनिशा र नबराजको “फूल फुलेर मन्द” सार्वजनिक

मनोरञ्जन, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी, काठमाडौं, असार ११ । चर्चित वाइबा,मनिशा खड्का र नबराज गौतमको नयाँ लोकदोहोरी गीत “फूल फुलेर मन्द” सार्वजनिक भएको छ । गायिका खड्काको प्रस्तुति रहेको गीतमा राजेश ढकालको शब्द , थेगो अनिश सत्शंकरको रहेको छ भने राम स्याङ्तानको संगीत रहेको छ । “फूल फुलेर मन्द” बोलको गितलाई मिक्सिङ्ग कुमार सानु पुनको छ, एरेन्ज बिष्णु तामाङको रहेको यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सन्तोष तिमिल्सिना ले छायांकन गरेको म्युजिक भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका छन् भने सम्पादन रोशन धिताल को रहेको छ । म्युजिक भिडियोमा प्रकाश तामाङ राज,सन्तोषी थापा,मुना भुर्तेल र दिपेश ढकाल लगायत अन्यको अभिनय रहेको छ । “फूल फुलेर मन्द” गीतको भिडियोलाई राम स्याङ्तान अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्...
रेशम थापा,पर्बती कार्की र रामकुमार देवकोटाको “जाँउ घुम्न रसुवा” सार्वजनिक (भिडियो सहित)

रेशम थापा,पर्बती कार्की र रामकुमार देवकोटाको “जाँउ घुम्न रसुवा” सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी काठमाडौं, असार १० । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा राष्ट्रिय संगितकर्मी संघ कालिका गा.पा रसुवाको प्रस्तुतिमा नयाँ गीत “जाँउ घुम्न रसुवा” बोलको गित बजारमा सार्वजनिक भएको छ । “जाँउ घुम्न रसुवा” बोलको गितमा चर्चित गायक रेशम थापा,पर्बती कार्की र रामकुमार देवकोटाको सुमधुर आवाज रहेको छ । यो गीतमा शब्द गायकद्वय थापा र देवकोटाले संकलन गरेका छन् भने संगीत भिम बगाले र रामकुमार देवकोटाको रहेको छ । यस गितलाई एरेन्ज आर.के मिलनले दिएका छन् । “जाँउ घुम्न रसुवा” बोलको लोक दोहोरी भाकालाई काठमाडौं डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । निरेन श्रेष्ठको निर्देशन,छायांकन सरोज शाहीको रहेको छ भने सम्पदान कलर राजकुमार मगरको रहेको म्युजिक भिडियोमा भिम बगाले,दावा फिन्जो तामाङ,श्याम माया गुरुङ(तामाङ) र दीक्षा...
नेपाल स्रष्टा समाजले “योगमाया सम्मान” अरुणा उप्रेती र चन्द्रबहादुर बस्नेतलाई गर्ने 

नेपाल स्रष्टा समाजले “योगमाया सम्मान” अरुणा उप्रेती र चन्द्रबहादुर बस्नेतलाई गर्ने 

ब्यानर समाचार, ब्यानर समाचार 2, साहित्य/कला
काठमाडौं, नेपाल स्रष्टा समाजले २०८० सालका लागि ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ तथा ‘योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मान’ प्रदान गर्ने घोषणा गरेको छ । समाजको कार्यसमितिको शुक्रबार बसेको बैठकले यस वर्षको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रसिद्ध लेखक तथा नारीकेन्द्रित खाद्य एवं पोषण अभियानकर्मी डा. अरुणा उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ भने ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ महानारी योगमायाको व्यक्तित्व तथा कृतित्व प्रचारप्रसारमा लामो समयदेखि क्रियाशील स्रष्टा तथा अभियानकर्ता श्री चन्द्रबहादुर बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको छ । योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानमा आदरपत्र तथा २५ हजार १११ रुपैयाँ र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानमा आदरपत्रका साथ (यस वर्षदेखि) ३५ हजार नगद राशि प्रदान गर्ने गरिन्छ । सो सम्मान यही असार २२ गते योगमाया दिवस...
गजलकार संग्रामीको: झुठको खेती लूटको बजार,हाम्रो होइन हाम्रो सरकार,छिमेकीको हो…

गजलकार संग्रामीको: झुठको खेती लूटको बजार,हाम्रो होइन हाम्रो सरकार,छिमेकीको हो…

समाज, साहित्य/कला
काठमाडौं । गजल प्रतिक सङ्ग्रामी (पहिचान गुमाएको मान्छे) गजलकार/ गीतकार · झुठको खेती लूटको बजार,छिमेकीको हो! हाम्रो होइन हाम्रो सरकार,छिमेकीको हो! न्यायालयपनि ठ्याक्कै,उसकै भाषा बोल्छ। यो देश हाम्रो होकी खै यार,छिमेकीको हो! देशद्रोही,देशका दुश्मन,सबै देशकै भएपनि, सबको बोली सबको विचार,छिमेकीको हो! पहिलो प्रहार गर्ने आफ्नै,घरका मान्छे हुन। थाहा छ मलाई दोस्रो प्रहार,छिमेकीको हो! उसकै जुठो खान्छ आमा,ऊ जस्तै देखिन्छ। कि तिम्रो सन्तान सिमा पार,छिमेकीको हो! तपाईको ऐनामा देखिएको,म होइन साहेब! कालो चरीत्र कालो अनुहार,छिमेकीको हो!! जो हाम्रो खून चुसेर,मोटाइराछ बालेन दाई। उसको मुख उसको मलद्वार,छिमेकीको हो! ...
मन्त्री किरातीले भने प्रधानमन्त्री ‘प्रचण्ड’कै नेतृत्वमा देशमा शान्ति स्थापना भयो

मन्त्री किरातीले भने प्रधानमन्त्री ‘प्रचण्ड’कै नेतृत्वमा देशमा शान्ति स्थापना भयो

मुख्य समाचार, राजनिती, समाचार, साहित्य/कला
काठमाडौं, असार ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा देशले समृद्धिको बाटो तर्फ ठूलो जग हाल्नसक्ने सम्भावना रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै पर्यटनमन्त्री किरातीले यस्तो बताउनुभएको हो । पर्यटनमन्त्री किरातीले प्रधानमन्त्री ‘प्रचण्ड’कै नेतृत्वमा संघर्ष भएको र शान्ति स्थापना भएको बताउनुभयो । उहाँले भुगोलका हिसावले सानो भए पनि नेपाल संस्कृति र भाषाका हिसावले सानो नभएको बताउनुभयो । ‘‘प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा संघर्ष पनि भयो, शान्ति पनि उहाँकै नेतृत्वमा यो देशले प्राप्त गरेको छ । संस्कृति र भाषाको दृष्टिकोणले हामी साना छैनौँ । विविध संस्कृति र भाषालाई बुनेर एक बनाउनु पर्छ । साहित्य संस्कृतिमा तपाईहरुले योगदान गरिदिनुहोस् अब हामी सुशासनक...
लेखनाथमा : अनन्त यात्रा” को परिचर्चा

लेखनाथमा : अनन्त यात्रा” को परिचर्चा

ब्यानर समाचार, ब्यानर समाचार 2, साहित्य/कला
भद्रपुर - लेखनाथ पुुस्तकालय चन्द्रगढीको नियमित कार्यक्रम सुकबारे भेलामा उपन्यासकार माधव विडारीको " अनन्त यात्रा" उपन्यास कृतिको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। अग्रज साहित्यकार चूडामणि रेग्मीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा साहित्यकार राजेन्द्र कुमार सङ्ग्रौला र गीतकार तथा साहित्यकार दिनेस अधिकारीको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा साहित्यकारहरु केशव आचार्य, घनेन्द्र शर्मा, तीर्थराज चापागाईँ,डाक्टर ठाकुर प्रसाद पोखरेल, दयाराम उप्रेती, तारा विविध, राजेन्द्र चापागाईँ,अनिरुद्र सिटौला, उषा गुरुङ, नवराज घिमिरे, कृष्ण सुवेदी निराकार, होम सुवेदी, गंगाराम ढुङ्गेल, भीमनाथ कोईराला, उमानाथ पोखरेल, राजेन्द्र कश्यप अधिकारी, गोविन्द कोईराला, महेन्द्र भट्टराई, आरती पोखरेल, खगिन्द्रा खुसी,तुलसी काफ्ले, कुमार पोखरेल, आनन्द घिमिरे , टोपलाल ज्ञवाली, मीना अधिकारी, गायक अर्जुन खरेल,जमुना खनाल , पत्रकारद...