Thursday, March 28
Shadow

“जनगायिका हेलिन बोलेक” हार्दिक श्रद्धाञ्जली


  • -इ
  • इ+


भोको पेटको आवाज
हेलिन बोलेक !
नाङ्गा पैतालाको चाल
हेलिन बोलेक !
उत्पीडितहरुको
न्यायको निम्ति
आवाज विहीनहरुको
आवाज बनेर ।
पीडकहरु विरुध्द
बम बारुद बनेर
मानवहितको निम्ति
पड्कीरह्यौ …!!
आफ्नो वर्गको पक्षमा,
गितारको झंकार सँगै
आवाजको स्वतन्त्रताको लागि
तिम्रो बलिदान !
एक्काईसौं शताब्दीको
तानाशाही शासकहरु विरुध्द
तिम्रो आवाज
कोरोना भाइरस झै
फैलिरहने छ !
आगोको ज्वाला झैं
दन्किरहने छ !
युग युग सम्म दुनियाँले गाउने छ !
तिम्रो वीरताको गाथा !!
अनि भन्ने छ,
हेलिन बोलेक … जिन्दावाद !!
हेलिन बोलेक … अमर रहुन्!!

चौथो स्मृति
भोक हड्तालको क्रममा टर्कीको शासक द्वारा हत्या गरिएको “जनगायिका हेलिन बोलेक” हार्दिक श्रद्धाञ्जली

उपेन्द्र तिमिल्सिना
कागेश्वरी मनोहरा – ५
काठमाडौं

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares