Thursday, April 25
Shadow

लेखनाथमा : अनन्त यात्रा” को परिचर्चा


  • -इ
  • इ+


भद्रपुर – लेखनाथ पुुस्तकालय चन्द्रगढीको नियमित कार्यक्रम सुकबारे भेलामा उपन्यासकार माधव विडारीको ” अनन्त यात्रा” उपन्यास कृतिको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। अग्रज साहित्यकार चूडामणि रेग्मीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा साहित्यकार राजेन्द्र कुमार सङ्ग्रौला र गीतकार तथा साहित्यकार दिनेस अधिकारीको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा साहित्यकारहरु केशव आचार्य, घनेन्द्र शर्मा, तीर्थराज चापागाईँ,डाक्टर ठाकुर प्रसाद पोखरेल, दयाराम उप्रेती, तारा विविध, राजेन्द्र चापागाईँ,अनिरुद्र सिटौला, उषा गुरुङ, नवराज घिमिरे, कृष्ण सुवेदी निराकार, होम सुवेदी, गंगाराम ढुङ्गेल, भीमनाथ कोईराला, उमानाथ पोखरेल, राजेन्द्र कश्यप अधिकारी, गोविन्द कोईराला, महेन्द्र भट्टराई, आरती पोखरेल, खगिन्द्रा खुसी,तुलसी काफ्ले, कुमार पोखरेल, आनन्द घिमिरे , टोपलाल ज्ञवाली, मीना अधिकारी, गायक अर्जुन खरेल,जमुना खनाल , पत्रकारद्वय राजु वराल र रेवतिरमण नेपाल, स्रष्टा खगेश्वर कोईराला, लगायतका साहित्यिक तथा साहित्यानुरागी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

 

व्यानरमा लेखिएका शब्दहरु वाचन तथा पानसमा दीप प्रज्वलित गरेर उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रप्रति सम्मान गर्दै सामुहिक राष्ट्रगान तथा दिवंगत स्रष्टाहरु प्रति स्मरण गर्दै कार्यक्रमको प्रारम्भ गरिएको थियो।उपन्यास कृति” अनन्त यात्रा” लाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले सार्वजनिककरण गर्नु भएको थियो।उपन्यास कृतिको वारेमा प्रा. डा. गंगाप्रसाद अधिकारी र सह प्राध्यापक चूडामणि वशिष्ठले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो। कृतिकारको परिचय साहित्यकार होम सुवेदीले गराउनु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि चूडामणि रेग्मी, विशिष्ट अतिथि आख्यानकार राजेन्द्र सङ्ग्रौला कवि तथा गीतकार दिनेस अधिकारीले मन्तव्य राख्नु भएको थियो भने कृतिकार माधव विडारीले लेखकीय मन्तव्य राख्नु भएको थियो। विशिष्ट अतिथि दिनेस अधिकारी र कृतिकार विडारीले कविता समेत वाचन गर्नु भएको थियो।

 

कविहरु केशव आचार्य,मीना अधिकारी, देवीचरण भण्डारी ,खगिन्द्रा खुसी र गायक अर्जुन खरेलले आ- आफ्ना प्रस्तुति राख्नु भएको थियो।पुस्तकालयका सभापति हरि प्रसाद नेउपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष आरती पोखरेल र सञ्चालन सचिव हिर किशोर आचार्यले गर्नु भएको थियो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares