सगरमाथा भन्दा अग्लो शिर लिएर हिडिछौ
आहारा खोज्न बिषालु तिर लिएर हिडिछौ
तन्काई तन्काई लालचको बाण धनुमा फसाई
आफ्नै मुटु छिनाई झिर मा उनेर हिडिछौ ।
ईमान्दारिताको पसिनाले भिज्दै छ जिन्दगी ,
मुटु भित्र केले केले चसक्क बिज्दै छ जिन्दगी,
सपना नै सपनाको शहर देख्छु गाउँ भित्र
त्यही सपनाको शहरले थिच्दै छ जिन्दगी
मात्र छ हृदयमा पिरको घर, रित्तै छ जिन्दगी
हिजो आज यस्तै यस्तै बित्तै छ जिन्दगी
दिन पछि रात , रात पछि दिन देखाइ मलाई
पत्तै नदिइ समयले बिस्तारै जित्तै छ जिन्दगी ।।
एउटै हो भारत , पाकिस्तान एउटै हो
राष्ट्र अलग अलग भए पनि मान्छे एउटै हो,
मान्छे कालो होस् या गोरो, सानू होस् या ठूलो
बुझ्नु पर्छ हामिले भगवान सबैको एउटै हो।