Sunday, May 5
Shadow

चियागफ


  • -इ
  • इ+
उस्तै लाग्छ मलाई
रवि र म
उनले T.V मा देशभक्ति देखाईरहदा,
म पनि चियागफमा देशकै चिन्ता गर्थे।
उनले channel मा कानुन र संविधानमा अविश्वाश देखाइरहदा,
म अझैपनि विश्वस्तै थिए संविधान प्रति ।
उनको नेता र व्यवस्थाप्रतिको कटाक्ष्यले निराश बनाउथ्यो,
तर! म सम्हालिन्थे, सास रहुन्जेल आश !!
उनले पत्रकारिताद्वारा
सकिनै लाग्यो, लौ! खत्तमै भयो भन्दा,
म विध्यार्थीहरुलाई
गर्न बाँकी नै छ, हामीले नै हो गर्ने भन्थे।
उनी अवसरको खोजीमा विदेश पलायन हुने सोच्दा,
म डराउथेँ, मलाई देखेर सिक्न खोज्नेहरूले के सिक्लान?
उनी पत्रकार
म शिक्षक,
सफेद आम्दानी उस्तै
जिम्मेवारी उस्तै !
तर,
उनी गफ कै भरमा सरकार बनाउन पुगे,
म अझै देश बनाउने गफमै व्यस्त छु।
आजकल म सिकाउछु,
देश बनाउनु र सरकार बनाउनु अलग कुरो हो।
नानीवावु हो,
सरकार बनाउन गफले हुन सक्ला,
देश बनाउन प्रयत्न गर्नैपर्छ,
कर्म गर्नै पर्छ,
जनताको मर्मसंग बाँच्नैपर्छ।
डर लाग्छ मलाई अचेल त,
कतै फेरी पनि रवी र म जस्तै गफ गर्ने देशभक्तहरू,
देश बनाउन आउने पो हुन कि?
Deexyant Timalsina
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares