Thursday, April 25
Shadow

नेपाल स्रष्टा समाज द्वारा सम्मान घोषणा


  • -इ
  • इ+

नेपाल स्रष्टा समाजले प्रेस विज्ञप्ति निकाल्दै  वि.सं.२०७९ का दुई सम्मानको घोषणा गरेको छ । यस वर्षको सुभद्रा विश्वराज स्रष्टा सम्मान वरिष्ठ कवि श्रीहरि फुयाँल र रमेशगङ्गा स्रष्टा सम्मान वरिष्ठ हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेललाई प्रदान गरिने भएको छ । दुवै सम्मानको राशि रु २१,१११।– रहेको छ ।
नेपाल स्रष्टा समाजका अध्यक्षको अध्यक्षतामा भएको माघ ८ गते भएको बैठकले सो निर्णय गरेको हो । कवि तथा समाजका नेपाल स्रष्टा समाजका कार्यसमिति सदस्य माधव बिडारीले दिएको जानकारी अनुसार वरिष्ठ कवि तथा समाजका पूर्व अध्यक्ष विधान आचार्यले मातापिताको  नाममा स्थापना गर्नुुभएको सुभद्रा विश्वराज स्रष्टा सम्मानबाट कवि रमेशचन्द्र देवकोटा, नारायणदक्त शास्त्री, घनश्याम कँडेल, रमेश खकुरेल र भुवनहरि सिग्देल सम्मानित भइसक्नुभएको छ ।
बागमती प्रदेशका सांसद तथा राष्ठ्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटालगायतले स्थापना गर्नुर्र्भएको रमेशगङ्गा स्रष्टा सम्मानबाट साहित्यकार जनार्दनशरण त्रिपाठी र प्राडा वासुदेव त्रिपाठी सम्मानित भइसक्नु भएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares