Saturday, May 4
Shadow

मन्त्री किरातीले भने प्रधानमन्त्री ‘प्रचण्ड’कै नेतृत्वमा देशमा शान्ति स्थापना भयो


  • -इ
  • इ+

काठमाडौं, असार ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा देशले समृद्धिको बाटो तर्फ ठूलो जग हाल्नसक्ने सम्भावना रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै पर्यटनमन्त्री किरातीले यस्तो बताउनुभएको हो ।

पर्यटनमन्त्री किरातीले प्रधानमन्त्री ‘प्रचण्ड’कै नेतृत्वमा संघर्ष भएको र शान्ति स्थापना भएको बताउनुभयो । उहाँले भुगोलका हिसावले सानो भए पनि नेपाल संस्कृति र भाषाका हिसावले सानो नभएको बताउनुभयो ।

‘‘प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा संघर्ष पनि भयो, शान्ति पनि उहाँकै नेतृत्वमा यो देशले प्राप्त गरेको छ । संस्कृति र भाषाको दृष्टिकोणले हामी साना छैनौँ । विविध संस्कृति र भाषालाई बुनेर एक बनाउनु पर्छ । साहित्य संस्कृतिमा तपाईहरुले योगदान गरिदिनुहोस् अब हामी सुशासनको पक्षमा, भ्रष्टाचारविरुद्धमा र समृद्धिको पक्षमा जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न तयार छौँ ।’’

मन्त्री किरातीले सुशासनको पक्षमा, समृद्धिको पक्षमा र भ्रष्टाचारविरुद्धमा सरकार जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको जानकारी दिनुभयो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares