महेन्द्र अधिकारी
काठमाडौं,१९ असार । असार १५ संगै तीज लक्षित गीतसंगीतहरु सार्वजनिक हुन थालेका छन् । केहि दिन अगाडि ‘जाउ न माया सरर गाडीमा’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । गीतमा गायक सुकदेव अधिकारी र गायिका समिक्ष्या अधिकारीले स्वर दिएका छन् ।
गीतको शब्द बिमल अधिकारीले लेखेका हुन् । गायक तिलक ओलीको संगीत रहेको गीतमा कमल सौरगको संगीत संयोजन सुन्न सकिन्छ । प्रकाश भट्ट निर्देशित कोरियोग्राफर यस गीतको भिडियोमा बिमल अधिकारी,अन्जली अधिकारी,लक्ष्मी गिरी र बबिना सिंहले अभिनय गरेका छन् । अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् ।
त्यस्तै, बिरेन्द्र ढकालको शब्द संगीतमा ‘मेरी मायालाई,तिजको कोशेली’ बोलको तीज गीत सार्वजनिक गरेका छन् । चर्चित संगीतकार महेन्द्र भण्डारीको एरेन्ज रहेको गीतमा गायक खेम सेन्चुरी र गायिका अस्मिता अधिकारीलेले स्वर दिएका हुन् ।
मदन खड्का निर्देशित कोरियोग्राफर गीतको भिडियोमा कमल सिंह र गीता ढुंगाना फिचर्ड देख्न सकिन्छ । राम केसिले छायाँकन गरेको भिडियोलाई बिकास ज्ञवालीले सम्पादन गरेका छन् ।
यसैगरी, चिज गुरुङ्,दिपिका बयम्बु,शान्ति अधिकारी र हेम शर्मा को स्वरमा ‘गति छाडा’ बोलको तीजगीत सार्वजनिक गरिएको छ । राजु केसीले लेखेको गीतमा अशोक खातीको संगीत, तारानाथ आचार्यको संगीत संयोजक रहेको छ ।
शिव राज भुर्तेलको निर्देशन सम्पादनमा बनेको गीतको भिडियोमासमिर परियार,शान्ति अधिकारी,मिना कर्की र शिब बि कले अभिनय गरेका छन् ।भिडियोलाई गणेश सापकोटाले छायाँकन गरेका हुन् ।
अन्य कलाकारहरु पनि तीज गीत सार्वजनिक गर्ने तयारीमा जुटेका छन् । यसवर्षको हरितालिका तीज असोज १ गते मनाइँदैछ ।