Friday, May 3
Shadow

गजलकार संग्रामीको: झुठको खेती लूटको बजार,हाम्रो होइन हाम्रो सरकार,छिमेकीको हो…


  • -इ
  • इ+

काठमाडौं । गजल
प्रतिक सङ्ग्रामी (पहिचान गुमाएको मान्छे)
गजलकार/ गीतकार
·

झुठको खेती लूटको बजार,छिमेकीको हो!

हाम्रो होइन हाम्रो सरकार,छिमेकीको हो!

न्यायालयपनि ठ्याक्कै,उसकै भाषा बोल्छ।
यो देश हाम्रो होकी खै यार,छिमेकीको हो!
देशद्रोही,देशका दुश्मन,सबै देशकै भएपनि,
सबको बोली सबको विचार,छिमेकीको हो!
पहिलो प्रहार गर्ने आफ्नै,घरका मान्छे हुन।
थाहा छ मलाई दोस्रो प्रहार,छिमेकीको हो!
उसकै जुठो खान्छ आमा,ऊ जस्तै देखिन्छ।
कि तिम्रो सन्तान सिमा पार,छिमेकीको हो!
तपाईको ऐनामा देखिएको,म होइन साहेब!
कालो चरीत्र कालो अनुहार,छिमेकीको हो!!
जो हाम्रो खून चुसेर,मोटाइराछ बालेन दाई।
उसको मुख उसको मलद्वार,छिमेकीको हो!
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares