काठमाडौं ,१५ असार । गजल
आलोक भुजेल
गजलकार
म पनि तिम्रो मनभित्र आउँछु कसैले देख्दैन।
दिलभित्र बस चुक्कुल लाउँछु कसैले देख्दैन।
बाहिर दुनियाँले नजर लगाउन सक्छन् प्रिय।
मनभित्रै सुन्दर संसार बनाउँछु कसैले देख्दैन।।
डर लाग्छ बाहिर कसैले सुन्न पनि त सक्छन्।।
प्रितिको गित म भित्रै गाउँछु कसैले देख्दैन।
हिजो म देखि टाढा हुने हरु जलेको पनि के हेर्नु।
त्यसैले भित्रै बसेर म मुस्काउँछु कसैले देख्दैन।।
यी नयनले तिम्रो सुन्दर फोटो स्केच गर्छु अनि।
मेरै दिलको भित्तामा सजाउँछु कसैले देख्दैन।।