Sunday, May 5
Shadow

नेपाल स्रष्टा समाजले “योगमाया सम्मान” अरुणा उप्रेती र चन्द्रबहादुर बस्नेतलाई गर्ने 


  • -इ
  • इ+

काठमाडौं, नेपाल स्रष्टा समाजले २०८० सालका लागि ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ तथा ‘योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मान’ प्रदान गर्ने घोषणा गरेको छ । समाजको कार्यसमितिको शुक्रबार बसेको बैठकले यस वर्षको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रसिद्ध लेखक तथा नारीकेन्द्रित खाद्य एवं पोषण अभियानकर्मी डा. अरुणा उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ भने ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ महानारी योगमायाको व्यक्तित्व तथा कृतित्व प्रचारप्रसारमा लामो समयदेखि क्रियाशील स्रष्टा तथा अभियानकर्ता श्री चन्द्रबहादुर बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको छ ।
योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानमा आदरपत्र तथा २५ हजार १११ रुपैयाँ र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानमा आदरपत्रका साथ (यस वर्षदेखि) ३५ हजार नगद राशि प्रदान गर्ने गरिन्छ । सो सम्मान यही असार २२ गते योगमाया दिवसका दिन प्रदान गरिने छ । योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानका संस्थापक साहित्यकार पवन आलोक हुनुहुन्छ भने योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानका संस्थापक राजेश न्यौपाने तथा परिवार हुनुहुन्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares