Saturday, May 4
Shadow

राजु सापकोटाको सुमधुर स्वर र अभिनयमा “लाख बिन्ती” सार्बजनिक (भिडियो सहित)


  • -इ
  • इ+

महेन्द्र अधिकारी

काठमाडौं,१९ असार । लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि गायक राजु बिरहि सापकोटाको शब्द,संगीतमा “लाख बिन्ती” बोलको गीत बजारमा सार्बजनिक भएको छ । मिलन फिल्म्स प्रोडक्सन युट्युब च्यानलमार्फत् उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् । कुनै पनि नेपालि लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सांगितिक यात्रा गन्तब्य बिहिन हुने गायक सापकोटाको धारणा रहेको छ ।

उक्त सार्वजनिक भएको गीतमा गायक राजु बिरहि सापकोटा,निशा वाईबा,सुदिप बराईली र हिरा सुनारको सुमधुर स्वरमा सुन्न सकिन्छ र “लाख बिन्ती” बोलको गीतमा एरेन्ज नारायण द्ङ्गालको छ  भने सो गीत म्युजिक प्लस रेकर्डिङ स्टुडियोमा गरिएको गीतलाई मनोज परियारले मिक्सिङ्ग गरेका हुन् ।

राजु सापकोटाको निर्देशन रहेको “लाख बिन्ती” म्यूजिक भिडियोमा राजु सापकोटा,निहारिका थापा, रोशनी भुजेल बिमला लगायत अन्यको अभिनय देख्न सकीन्छ । मरुभुमी नारायणको छायांकन रहेको म्यूजिक भिडियोलाई रोशन धितालले सम्पादन गरेका हो भने म्यूजिक भिडियोको निर्मण रानी कृयशनमा गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला :

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares