Friday, May 3
Shadow

रेशम थापा,पर्बती कार्की र रामकुमार देवकोटाको “जाँउ घुम्न रसुवा” सार्वजनिक (भिडियो सहित)


  • -इ
  • इ+

महेन्द्र अधिकारी

काठमाडौं, असार १० । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा राष्ट्रिय संगितकर्मी संघ कालिका गा.पा रसुवाको प्रस्तुतिमा नयाँ गीत “जाँउ घुम्न रसुवा” बोलको गित बजारमा सार्वजनिक भएको छ । “जाँउ घुम्न रसुवा” बोलको गितमा चर्चित गायक रेशम थापा,पर्बती कार्की र रामकुमार देवकोटाको सुमधुर आवाज रहेको छ ।

यो गीतमा शब्द गायकद्वय थापा र देवकोटाले संकलन गरेका छन् भने संगीत भिम बगाले र रामकुमार देवकोटाको रहेको छ । यस गितलाई एरेन्ज आर.के मिलनले दिएका छन् । “जाँउ घुम्न रसुवा” बोलको लोक दोहोरी भाकालाई काठमाडौं डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

निरेन श्रेष्ठको निर्देशन,छायांकन सरोज शाहीको रहेको छ भने सम्पदान कलर राजकुमार मगरको रहेको म्युजिक भिडियोमा भिम बगाले,दावा फिन्जो तामाङ,श्याम माया गुरुङ(तामाङ) र दीक्षा घिमिरेको अभिनय देख्न सकिन्छ ।

जाँउ घुम्न रसुवा” गीतको भिडियोलाई गायक रेशम थापाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ।

म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares