Thursday, May 2
Shadow

खुमन अधिकारी ,शान्ती श्री परियार र सुनिता बुढाको तीज गीत ‘माइती घरले’ सार्वजनिक


  • -इ
  • इ+

महेन्द्र अधिकारी 
काठमाडौं, असार २३। हिन्दू नारीको महत्वपूर्ण पर्व तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीतहरु बजारमा ल्याउने क्रम चलेको छ । यस्तैमा लोकदोहारी गायक खुमन अधिकारी र गायिका शान्ती श्री परियार ,सुनिता बुढाको आवाजमा रहेको ‘माइतीघरले’ बोलको तीज गीत सार्वजनिक भएको छ ।
गुड लक नेपालको प्रस्तुतिमा सबिता पौडेल ( ढुंगाना )को पारिवारिक तिज गित सार्वजनिक भएको हो । गीतलाई गूड लक्क नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । चर्चित लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीको निर्देशनमा रहेको तीज गीतमा गायक खुमन अधिकारी,अभिषेक खड्का, सिरु बिष्ट, लक्ष्मी बर्देवा, निक्स शर्मा, निहारिका थापा, यादव पौडेल, भूमिका गिरि, सबिता ढुंगाना र दिब्य न्यौपानेको अभिनय रहेको छ ।
दुर्गा पौडेलको शब्द रहेको गीतमा खुमन अधिकारीकै संगीत रहेको छ भने संगीत संयोजन बिनोद बाजुरालीको रहेको छ । भिडियोमा नविन घर्ती मगरको सम्पादन रहेको छ । गीतमा नजिकिदै गरेको महिलाहरूको महान चार्ड तिजलाई उकृष्ट ढंगले प्रस्तुत गरिएको छ ।

भिडियो:

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares