“नाग र नागपञ्चमी” – डिकेन्द्र ढकाल
- डिकेन्द्र ढकाल
धेरैजसोले ठानेजस्तो, प्रतीकात्मक चित्रमा कोरिए जस्तो र नागबारे रचिएका प्रतीकात्मक कथामा वर्णन गरिए जस्तो नाग भनेका सर्प जस्तै जन्तु भने हुँदै होइनन्। पुराणमा वर्णन गरिएका कथामा नागले दुःख दिएका कथा होस् वा कृष्णले नागसँग लडेका कथा होस्; वा परापूर्वकालमा नागका बच्चा खनजोतको क्रममा एउटा किसानले झुक्किएर मारेपछि बच्चाका बाआमा (नाग) रिसाएर त्यो किसानको सन्तानलाई मारेपछि बचेकी एकमात्र छोरीले नागलाई प्रसन्न पार्न पूजा गरेर नागबाट बचेकी किम्वदन्ती कथा होस्, यी सबै कथाहरु प्रतिकात्मक हुन्।
अन्य जाति/वंशका मान्छे जस्तै नाग पनि एक जाति वा वंश थिए र अहिले पनि छन्। अमिश त्रिपाठीको उपन्यासमा पनि नागलाई सूर्यवंशी, चन्द्रवंशी जस्तै एउटा 'रेस' अर्थात् जाति वा वंशको रुपमा प्रस्तुत गरिएको छ।
हामीले सुन्ने, पढ्ने पुराणका कथा भनेका यिनै नाग समुहका मानिस विरुद्ध अन्य जातिका मानिसका युद...