Friday, April 19
Shadow

मेरो शत्रु मेरो मित्र


  • -इ
  • इ+

अमेरकिकाको सोह्रौं राष्ट्रपति अब्राहम लिंकनको जन्म सन् १८०९ फेब्रुअरी १२ मा एक गरीब अश्वेत परिवारमा भएको थियो । अमेरिकामा दास प्रथाको अन्त्य गर्ने श्रेय लिंकनलाई नै जान्छ । उनको सन् १८६५ अप्रिल १५ मा टाउकोमा गोली प्रहार गरी हत्या भएको थियो । हामीलाई मार्ग दर्शन गर्न सक्ने अब्राहम लिंकनसँग जोडिएका केही किस्साः

मेरो शत्रु मेरो मित्र

जब धेरै संघर्षका साथ अब्राहम लिंकन अमेरिकाको राष्ट्रपति बने । संघर्षको समयमा उनले धेरै मानिसहरुको बदलिएको रुप देखे । राजनीतिमा जे पनि हुन्छ त्यो उनलाई पनि भयो । उनमाथी धेरै घृंणा फैलाइयो । नानाथरीका दुःख दिइयो तर उनको दृढसंकल्पका अघि विरोधिहरु हैरान भए । अन्ततः अमेरिकी जनताले उनको व्यक्तित्वलाई पहिचान गरे र साथ दिए ।

राष्ट्रपति बनेपछि अभिनन्दन समारोहमा उनका एक हितैषी मित्रले बधाई दिदै भनेः देशको बागडोर आफ्नो हातमा आएपछि अब तपाई आफ्नो बलको उपयोग आफ्नो विरोधीलाई सिध्याउनमा किन नलगाउने ? उनीहरुसँग बदला लिने यो भन्दा राम्रो अवसर के हुन सक्छ ?

लिंकनले भनेः मित्र तिमी यो सुनेर खुशी हुन्छौ किनकि तिमी जे भनिरहेका छौ म पहिलाबाटै त्यसो गरिरहेको छु । म विगतदेखि नै एक एक गरेर मेरा सबै विरोधिहरुको नाश गरिरहेको छु ।

हितैषी मित्रः ठिक गर्नुभो ! धेरै मज्जा आयो । अब बल्न उनिहरुले चेत्नेछन्, थाहा पाउँछन तिनिहरुले ।

लिंकनः होइन होइन तपाईं गलत नसम्झनुस न । खासमा म मेरा सबै शत्रुहरुमाथी शालिन र मित्रवत् व्यवहार गर्दछु । उनीहरु मेरो यो सकारात्मक कदमबाट प्रभावित भएर क्रमशः मेरो मित्र बन्दै गएका छन् । यस सँगसँगै एक दिन उनिहरु सबै मेरो मित्र बन्नेछन् । अनि त मेरो कोही पनि शत्रु या विरोधि रहने छैन । के यो तरिका अत्ति उत्तम छैन ?

कोट

कामको शिलशिलामा एक चोटि लिंकन कतै गइरहेका थिए । त्यही समय पछाडिबाट एक अपरिचित व्याक्तिले धेरै तेज गतिमा गाडी चलाउँदै उनलाई ओभरटेक गरेर जान लाग्यो । लिंकनले उसलाई आवाज दिएर रोके अनि बिनम्र भावमा आग्रह गर्दै भनेः के तपाई मलाई सानो सहयोग गर्न सक्नुहुन्छ । त्यो व्यक्तिले भन्योः निश्चय, भन्नुस के गरुँ । लिंकनले भनेकि के तपाईं यो मेरो ओभरकोट शहर सम्म लिएर गईदिन सक्नुहुन्छ ? हुन्छ, किन सक्दिन र, त्यो अपरिचित व्यक्तिले खुशीसाथ भन्यो । तर तपाईं शहर पुगेर मसँग यो कोट कहाँ लिनु हुन्छ ? खुशीसाथ लिंकनले जवाफ दिए । कोटको भित्र म नै त हुन्छु ।

दुई अनुहार

अब्राहम लिंकनलाई संघर्षकै समयमा एक चोटी कसैले आरोप लगाएको थियो कि उनको दुईवटा अनुहार छ । यो भनाईलाई रमाइलो मान्दै जवाफ दिदै लिंकनले भनेका थिए कि “यदि मेरो साथमा दुई अनुहार भएको भए, के म आफ्नो यही अनुहार लिएर सडकमा घुम्थे होला” ।

 

लेखक – चिरन कोइराला

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares