Thursday, May 2
Shadow

ताम्सालिङ प्राप्तिको आन्दोलन आलु पकाएर घिउ खाने रहर !


  • -इ
  • इ+

 

लेखक – दीपेन्द्र लो

छोरा छोरीलाई युरोप अस्ट्रेलिया पठाउने , आफ्नो नाती नातीनिलाई मात्री भाषा नसिकाउने , उघोग व्यापर नगर्ने, राष्टृय राजनितीमा नलाग्ने , लोक सेवामा जान हतोत्सही गर्ने अनि अनि ताम्सालिङको नाराले मात्र रोजी रोटी र आत्म सम्मान दिन्छ ?

भगवती पाण्डेको बोली गलत थियो । तामाङ समाज र बिज्ञहरुले बिरोध गरे । उनले मेरो नियत चोट पुर्याउने थिएन भनिन । कुरा सकिएको थियो । तामाङ समाज र तामाङ साथीहरु सडकमा उतृए । मैले सडक आन्दोलनलाई गलत भयो भनें । पार नलाग्ने आन्दोलन गरेर फाइदा छैन भनेको थिएँ । नतिजा मैले भनेको जस्तै भयो ।

बिचारको झाटारो बिचारले दिनु पर्थ्यो । तर मगर तामाङहरु चुके । नाङ्गै सहरमा घुमे ।

उनले भनेकी थिइन क्रस कजिनबाट जन्मिएको सन्तान अपराधी मानसिक्स्ता हुन्छन । कसैले प्रश्न गरेनन वलात्कार , ठगी , दलाली र झुठो बोल्ने ,किर्ते ठगिमा तिम्रो जाती किन अगाडी छ ? मलेसियमा हत्यारा , लुटेराहरु किन भारतिय मात्र छन ? अफिक्रा पछीको असुरक्षित देश भारत किन पर्छ ?

तामाङहरुको साझा संस्था घेदुङले ताम्सालिङको माग सहित आन्दोलन गर्ने उदघोष गरेछ । यो अर्को एक पार नलाग्ने कदम हो । नाम मे रखा हे क्या ? घेडुङले सास्कृतिक चेतना ल्याउन योगदान दिएको छ । अब घेडुङको भावी यात्रा बोलिचालीमा बिर्सिदै गएको तामाङ भाषाको जगेर्ना गर्न आफ्नो सन्तानलाई तामाङ भाषा सिकाउन उत्प्रेरित गर्नु पर्छ , शिक्षा कै कारणले पछी परेको तामाङहरुलाई पढाईमा निरन्तरता दिन अभिभावक र नानी बाबुलाई उत्प्रेरणा दिनु पर्छ । चाड पर्व , भोज भातेरमा मादक पदार्थको प्रयोगमा रोक लगाउनु पर्छ । घेवा बिधिमा हुने आर्थीक भार कटौती गर्न लामा गुरुहरुको एक जम्बो समुहमा हैन कि एक जना लामा गुरुले घेवा गर्न प्रथा सुरु गर्नु पर्छ । तामाङ बिद्यार्थीहरुलाई सरकारी जागिर खान उत्प्रेरणा दिन लोक सेवा तयारी कक्षाहरु सन्चालन गर्नु पर्छ । राष्टिय बिभिन्न राजनैतिक दलमा आवद्द तामाङ नेताहरुलाई हेर्ने तामाङ समाजको नकरात्मक हेराईलाई बदल्नु सक्नु पर्छ । सिप बिकास कार्यक्रम तामाङ बस्तिमा लैजानु पर्छ । अनि मात्र तामाङ समाजमा सकरात्मक र अग्रगामी परिवर्तन आउनेछ ।

(@दिपेन्द्र लो को फेसबुक पोस्ट बाट )

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares