Saturday, May 11
Shadow

इलाम-२ मा मतगणना सुरु


  • -इ
  • इ+

इलाम- प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम-२ मा  मतगणना सुरु भएको छ । आइतबार बिहानको सर्वदलीय बैठकले पश्चिम इलामको  फाकफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु गर्ने निर्णय गरेको थियो ।

फाकफोकथुम गाउँपालिकाको ७ वडामा ९ हजार ७ सय ४ मत खसेको छ । फाकफोकथुकको गणनापछि दक्षीण इलामको चुलाचुली, माङ्सेबुङ, माई, देउमाईपछि अन्तिममा इलाम नगरपालिकाको मत गनिने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जनाए। उनले सोमबार बेलुकासम्म अन्तिम परिणाम आउन सक्ने बताए । उनले भने,’बढीमा ३६ घण्टाभित्र फाइनल नतिजा सार्वजनिक गर्ने गरी गणना हुँदैछ।’

मतगणनाको अपडेट दुई-दुई घण्टामा सार्वजनिक गर्ने निर्वाचन कार्यालयले जनाएको छ । मतगणनास्थल इलाम नगरपालिकास्थित गौतम बुद्ध टाउन हलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २ ८७ मत खसेको थियो । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा इलाम नगरपालिकाको ११ वटा वडावाट २० हजार ६ सय ६५ मत खसेको थियो ।

देउमाई नगरको ९ वटामा १५ हजार ९ सय ८० मत खसेको थियो । माङ्सेबुङ र चुलाचुलीका ६/६ वटावाट क्रमशः ७ हजार २ सय ६ र ११ हजार १ सय ९८ तथा माई नगरको ३ वडाबाट ४ हजार ६ सय ३४ मत खसेको थियो । चुलाचुली, माङ्सेबुङ, फाकफोकथुम जस्ता विकट पालिकाहरूबाट मतपेटिका संकलन गरी मुचुल्का गर्दा आइतबार बिहान भएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares