Tuesday, May 14
Shadow

बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित


  • -इ
  • इ+

काठमाण्डाै– बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा भएकाे उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित हुनुभएको छ ।

एमालेका उम्मेदवार भण्डारी ११ हजार ६ सय १३ मत प्राप्त गरी विजयी हुनुभएकाे निर्वाचन आयाेगले जनाएकाे छ । भण्डारी २ सय ६७ मतान्तरसहित विजयी हुनुभयाे ।

भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत प्राप्त गर्नुभएको आयाेगले जनाएकाे छ ।

अस्ति शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मतदान भएकोमा अहिलेसम्म २८ हजारभन्दा धेरै मतगणना भइसकेको छ ।

२०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित हुनुभएको थियो । एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याउनुभएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares