Saturday, August 22
Shadow

Author: Interview Nepal

समाजिक विकास मंत्रालयले मदरसा शिक्षा समस्यालाई मध्य नजर गर्दै शि.वि. तथा प्रा. मंत्रालयमा सिफारिस

समाजिक विकास मंत्रालयले मदरसा शिक्षा समस्यालाई मध्य नजर गर्दै शि.वि. तथा प्रा. मंत्रालयमा सिफारिस

शिक्षा, समाचार, समाज, स्थानिय तह
कपिलवस्तु, माघ २७ लुम्बिनी प्रदेश समाजिक विकास मंत्रालयले मदरसा शिक्षा विकासका सवालम रहेको समस्या लाई मध्य नजर गर्दै शिक्षा विज्ञान तथा प्रविधि मंत्रालय मा सिफारिस गरेको छ। लामो समय देखि मदरसा शिक्षा मूलप्रवाहिकरण मा आए पनि सामुदायिक विद्यालय सरह नभयेको मुस्लिम अगुवाहरु ले पटक पटक सामाजिक विकास मंत्रालय लाई ध्यानाकर्षण गराउदैं आएका थिए। उक्त मंत्रालयले मदरसा शिक्षा प्रदान गर्ने संस्थाहरुको संख्या उल्लेख्य भएको तिनीहरु लाई व्यवस्थित गरि सबै संस्थाहरु लाई मूलधारमा ल्याइ विद्यालय शिक्षा समाहित गर्न अत्यावश्य रहेको ठहर गरेको छ। नेपालको संविधान को धारा ३१को उपधारा २मा अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५को दफा ६ र १६ कार्यन्वय गरि धार्मिक प्राकृतिक विद्यालयहरु लाई निशुल्क तथा अनिवार्य शिक्षा प्रदान गर्ने प्रयोजनार्थ संघीय सरकार बाट निम्नलिखित निती तथा अन्य व्यवस्था हुन माननीय मन्त्रिस्तर...
नुवाकोट ककनी गाउँपालिका ३ घरभएकी किशोरीमाथि बालाजुमा छुरा प्रहार

नुवाकोट ककनी गाउँपालिका ३ घरभएकी किशोरीमाथि बालाजुमा छुरा प्रहार

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २७ । नुवाकोट ककनी गाउँपालिका ३ घरभएकी किशोरीमाथि बालाजुमा छुरा प्रहार भएको छ । उनलाई एकजना युवकले छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय बालाजुका डिएसपी निर्मल बुढाथोकीले बताएका छन् । छुरा प्रहारबाट किशोरी घाइते भएकी छन् । उनको काठमाडौंमा रहेको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । छुराप्रहार गर्ने युवकलाई नियन्त्रण्मा लीएको डिएसपी बुढाथोकीले बताए । घटनाको विषमा थप अनुसन्धान भइरहेको पनि उनले बताएका छन् । ककनी ३ लौके स्थायी घर भएकी रेस्की तामाङमाथि रामेछाप घर भएका युवकले छुरा प्रहार गरेका हुन् ।  ...
मोरक्कोमा भिषण बाढीः २४ जनाको मृत्यु

मोरक्कोमा भिषण बाढीः २४ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाडौं , माघ २७ । मोरक्कोमा अविरल वर्षापछि आएको भिषण बाढीमा परि कम्तिमा २४ जनाको मृत्यु भएको छ । मोरक्कोको उत्तरमा पर्ने तान्गिरमा हिजो आएको बाढीमा परेर कम्तिमा पनि २४ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका हुन् । १० जनालाई घटनास्थलबाट उद्धार गरिएको जनाइएको छ । घटनास्थलमा खोजी तथा उद्धार कार्य जारीरहेको बताइएको छ ।...
सर्वोच्चमा मंगलबार सुनुवाइ नहुने, कारण यस्तो छ

सर्वोच्चमा मंगलबार सुनुवाइ नहुने, कारण यस्तो छ

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ २७ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ । सर्वोच्चका पूर्वन्यायाधीश र प्रधानन्यायाधीशको निधनमा श्रद्धाञ्जली व्यक्त गर्न एक दिन इजलास रोक्ने प्रचलन छ । सोहि अनुरुप आज इजलास नहुने भएको हो । यसैबीच, प्रतिनिधिसभा विघटन विवादमा परेका रिटको सुनुवाइ बुधबारका लागि सरेको छ । पाण्डेको सोमबार काठमाडौंमा निधन भएको थियो।...
बाबुराम भट्टराई भन्छन् -ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलनबाट कोही नभागौ

बाबुराम भट्टराई भन्छन् -ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलनबाट कोही नभागौ

मुख्य समाचार, राजनिती
काठमाडौं , माघ २७ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु पार्टीको हितमा हुन्‍न भन्‍नु गम्भीर दृष्टिदोष भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्‍जाल ट्‍विटरमा उनले लेखेका छन्, -ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्‍न भन्‍नु गम्भीर दृष्टिदोष हो है ! उनले हिजो शितयुद्धको बाछिटा परेर कांग्रेस-कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सन आग्रह गरेका छन् । अहिले नयाँ शितयुद्धको छायाँमा त्यस्तै गल्ती दोहोरियोस्। संयुक्त संघर्षबाट कोही नभागोस्, उनले लेखेका छन्।...
महिलालाई अश्लिल गाली गर्ने टेलिकमका सहायक अधिकृत पक्राउ

महिलालाई अश्लिल गाली गर्ने टेलिकमका सहायक अधिकृत पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
.काठमाडौं, माघ २७ । सार्वजनिक स्थलमा एक महिलामाथि अश्लिल गालीगलौज र दुर्व्यवहार गरेको भन्दै नेपाल टेलिकमका एक कर्मचारी पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–५ का ५३ वर्षीय नारायण कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । उनी टेलिकमको विराटनगर कार्यालयमा कार्यरत सहायक अधिकृत हुन् । महिलामाथि दुरव्यवहार गरेको घटना सार्वजनिक भएपछि कटुवाललाई घरैबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
नेकपा विवादः निर्वाचन आयोग जाँदै प्रधानमन्त्री ओली

नेकपा विवादः निर्वाचन आयोग जाँदै प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ २७ । पार्टीको आधिकारिकता दाबी गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललगायतका नेताहरू आयोग पुगेका छन्  । प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग गएका छैनन् । तर आज भने प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाँदैछन् । निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री ओली निर्वाचन आयोग जान लागेका हुन् । छलफलका एजेण्डा तय नभएपनि निर्वाचन तयारीबारे बुझ्न प्रधानमन्त्री ११ बजे आयोग जाने नेता सुवासचन्द्र नेम्वाङले बताए । उनका अनुसार चुनावका कार्यक्रमलगायत विषयमा प्रधानमन्त्रीले आयोगको ध्यानाकर्षण गराउनेछन् । आयोगले यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुवै समूहले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।...
आजदेखि हिमपातको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

आजदेखि हिमपातको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौं, माघ २७ । नेपालको मौसम प्रणालीमा फेरि बदली आएको छ । जसका कारण आज ९मंगलबार० सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रहेको र देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कतै वर्षा तथा हिमपातको सम्भावना नदेखिए पनि राति भने पश्चिमी उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । यस्तो हुनेछ तीन दिनको मौसम माघ २७ गते मंगलबार दिउँसो – सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । राति – सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ । माघ २८ ग...
आज २०७७ माघ २७ गते मंगलबारको राशिफल

आज २०७७ माघ २७ गते मंगलबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । प्रेममा सफलता प्राप्त हुनेछ ।उपहार प्राप्त होला ।बादबिवादमा तपाईँकै जित होला । बृष आफ्नो निर्णय क्षमता देखाउन सकेमा राम्रो हुनेछ । प्रेममा सफलता प्राप्त होला । धनसम्पत्ती हानी हुने योग छ । मिथुन आज स्वस्थ्य समस्या बल्झिनेछ । अनावश्यक धन खर्च हुनेछ । साथीभाईको सहयोग भने कायमै रहनेछ । शैक्षिक क्षेत्र मध्यम रहनेछ । कर्कट आर्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ ।  आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान् । सिंह पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोटपटकको भय भएकाले यात्रामा साबधानी अपनाउनु होला । अध्ययन अध्ययापन सफल हुनेछ । कन्या शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । म...
फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रुपमा मनाइने

फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रुपमा मनाइने

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , माघ २६ । ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति २०७७ र यसअन्तर्गतको प्रचारप्रसार उपसमितिका सबै निर्णय कार्यान्वयन गरिने भएको छ । प्रचारप्रसार उपसमितिका संयोजक एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा आज बसेको बैठकले दिवसको शुभकामना शहरका विभिन्न स्थानमा रहेका डिस्प्ले बोर्डमा सन्देश प्रसारण गर्न काठमाडौँ महानगरपालिकासँगको समन्वयमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र राष्ट्रिय सूचना प्रविधि केन्द्रले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो । दिवसका अवसरमा आआफ्ना घर घरमा राष्ट्रिय झण्डा सम्मानका साथ राख्न आमसञ्चार माध्यमबाट प्रचारप्रसार गरिने सचिव बस्यालले बताए । सूचना तथा प्रसारण विभागले राष्ट्रिय प्रजातन्त्र दिवसको महत्व र आवश्यकतासमेतलाई प्रवद्र्धन गर्न सघाउ पुग्ने गरी वर्गीकरणमा परेका सबै पत्रपत्रिकामा लोक कल्याणकारी व...