काठमाडौं , माघ २७ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ ।
सर्वोच्चका पूर्वन्यायाधीश र प्रधानन्यायाधीशको निधनमा श्रद्धाञ्जली व्यक्त गर्न एक दिन इजलास रोक्ने प्रचलन छ । सोहि अनुरुप आज इजलास नहुने भएको हो ।
यसैबीच, प्रतिनिधिसभा विघटन विवादमा परेका रिटको सुनुवाइ बुधबारका लागि सरेको छ । पाण्डेको सोमबार काठमाडौंमा निधन भएको थियो।