Saturday, August 22
Shadow

Author: Interview Nepal

मःम खाँदाका बेफाइदा, बढ्नसक्छ रक्तचाप

मःम खाँदाका बेफाइदा, बढ्नसक्छ रक्तचाप

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । नेपालीहरूमाझ लोकप्रिय खाजा मम अत्यधिक सेवन हुने गरेको छ । मानिसहरू स्टीम र फ्राई मम स्वाद मानी मानी खाने गर्छन् । तर स्वास्थ्यको हिसाबले मम गतिलो कुरा हैन किनकि यसले रक्तचापको समस्या बढाउँछ । रक्तचापको परीक्षण १२० ८० एमएमएचजीका आधारमा गरिन्छ । यहाँ १२० अंक सिस्टोलिक रक्तचाप हो र यसलाई सामान्य भाषामा हाई प्रेसर भनिन्छ । अनि तलको रक्तचापलाई डाइस्टोलिक भनिन्छ अर्थात् लो प्रेसर । वृद्ध व्यक्तिहरूमा सिस्टोलिक रक्तचाप विशेषगरी बढ्छ र लगभग १६० ८० हुन सक्छ । युवामा १४० सिस्टोलिकभन्दा माथिको रक्तचाप र वृद्धहरूमा १५० भन्दा बढी रक्तचाप भएमा एकदमै ध्यान दिनुपर्ने हुन्छ । चिकित्सकहरूका अनुसार, अत्यधिक मात्रामा फास्टफूड खाँदा युवामा उच्च रक्तचापको समस्या निकै बढिरहेको छ । तनावपूर्ण जीवनशैली, अनियमित खानपान, फल र तरकारीको साटो मम जस्ता फास्टफूडको सेवन, चिल्लो र नूनिलो खानेकुरा खाने ब...
प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ :  मन्त्री भट्ट

प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ : मन्त्री भट्ट

मुख्य समाचार, राजनिती
काठमाडौँ, माघ २६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार भएको बताएका छन । प्रेस सङ्गठन नेपाल, सुदूरपश्चिम प्रदेशले आज आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रदेश इञ्चार्ज भट्टले नेपालको संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने भनी उल्लेख भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिश गरेको बताए । उनले प्रश्न गर्दै भने, “संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने स्पष्ट लेखिएको छ, सरकारले काम गर्न नसक्ने स्थिति आएपछि र देशमा समस्या आइपरेमा ताजा जनादेशका लागि जनता माझ जान्छु भन्दा अरुको टाउको दुखाइ किन रु” उनले प्रधानमन्त्रीको कुर्सी नपाउँदा केही नेतालाई निद्रा लाग्न छोडेको टिप्पणी गरे श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले पद ...
‘चुरीफुरी’मा अनमोलका डुप्लिकेट अभिषेक दर्शकमाझ आउँदै

‘चुरीफुरी’मा अनमोलका डुप्लिकेट अभिषेक दर्शकमाझ आउँदै

मनोरञ्जन, मुख्य समाचार
काठमाडौँ, माघ २६ । अभिनेता अनमोल केसीको डुप्लिकेट भनेर मिडियामा चर्चामा आएका मोडल अभिषेक श्रेष्ठ अब नायकका रुपमा दर्शकमाझ आउने भएका छन् । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनिरहेको फिल्म ‘चुरीफुरी’मा अभिषेकसँगै पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजीवजंग बस्नेत कलाकारका रुपमा फाइनल भएका हुन् । कमेडी फ्लेभरमा निर्माण भइरहेको फिल्ममा यसअघि नै रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य ‘काकु’, सुबोध गौतम ‘एदुमे’, पवन खतिवडा ‘म्याकुरी’, सुरवीर पण्डित, सुनीता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, मनिल तामाङ, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, सरिस्मा मगरलगायत अनुबन्धित भइसकेका छन् । निर्देशक आचार्यका अनुसार नयाँ कलाकारहरु अडिसनबाट चयन भएका हुन् । उनले करिब ८ सय युवायुवती अडिसनमा सहभागी भएको बताए । आरबी मुभीजको ब्यानरमा ...
निर्माण व्यवसायीका माग सम्बोधन गरिन्छ:  अर्थमन्त्री पौडेल

निर्माण व्यवसायीका माग सम्बोधन गरिन्छ: अर्थमन्त्री पौडेल

आर्थिक, मुख्य समाचार
काठमाडौँ ,माघ २६ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरोकार भएका निकायसँग छलफल गर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पौडेलले व्यवसायीका केही माग अर्थ मन्त्रालयसँग पनि सम्बन्धित रहेकाले समाधान खोजिने प्रतिबद्धता जनाए । त्यस्तै केही माग भने मन्त्रिपरिषद्बाटै निर्णय गर्नुपर्ने खालका रहेको उनको भनाइ थियो । सार्वजनिक खरीद नियमावली नै संशोधन गरी निर्माण व्यवसायीका माग सम्बोधन गर्न पनि महासङ्घ नेतृत्वले अर्थमन्त्री पौडलेको ध्यानाकर्षण गराएको छ । महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मूल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुटलगायतका विषयमा मन्त्री पौडेलको ध्यानाकर्षण गराउँदै समस्या समाधानका उपायसमेत पेश गरेको छ । कोभिड–१९ को असरले गर्दा निर्माण क...
प्रचण्ड-नेपाल समूहको बुधबार काठमाडौंमा शक्ति प्रदर्शन : ५ स्थानबाट जुलुस निकाल्ने तयारी

प्रचण्ड-नेपाल समूहको बुधबार काठमाडौंमा शक्ति प्रदर्शन : ५ स्थानबाट जुलुस निकाल्ने तयारी

ब्यानर समाचार, राजनिती
  काठमाडौं , माघ २६ । प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को प्रचण्ड(नेपाल समूहले बुधबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । संसद् विघटनविरुद्को केन्द्रीय संघर्ष समितिले राजधानीको पाँच स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ । संघर्ष समितिले पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल तथा संघ(प्रदेशका सांसदहरुलाई दिएको छ । त्यस्तै त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ, सबै केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरुलाई दिएको छ । त्यस्तै माइतीघरबाट निस्कने जुलुसको नेतृत्व नेताहरु अमृतकुम...
भागरथी हत्याकाण्ड :  बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि, थप अनुसन्धान जारी

भागरथी हत्याकाण्ड : बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि, थप अनुसन्धान जारी

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ २६ । बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पोष्र्टमार्टम रिपोर्टमा देखिएको छ। जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टबाट उनको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ। सामूहिक बलात्कार हो वा होइन भन्ने बारेमा थप परीक्षण भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए। सोमबार आएको रिपोर्टमा कज अफ डेथ खण्डमा ‘डेथ ड्यु टु स्ट्याङ्गुलेसन’ लेखिएको छ। भागरथीको बलात्कारपछि हत्या भएको हो। रिपोर्टमा शरीरको विभिन्न भागमा स–साना दागहरु पनि देखिएका छन्। त्यसले उनलाई घिसारिएको हुनसक्ने संकेत गरेको अनुसन्धान अधिकारीहरु बताउँछन्। यता भट्ट हत्याको घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी...
जिते लामा लोप्चनको पहिलो गौरवमय प्रस्तुतिमा “ल्होसार सेलो जुहारी ” सेलो गित सार्बजनिक

जिते लामा लोप्चनको पहिलो गौरवमय प्रस्तुतिमा “ल्होसार सेलो जुहारी ” सेलो गित सार्बजनिक

मनोरञ्जन
महेन्द्र अधिकारी, ललितपुर, माघ २७। “ल्होसार सेलो जुहारी ” सेलो बोलको गित डिजिटल बजारमा आएको छ । गायक तथा सर्जक जनक लामा र गायिका अर्चना स्याङ्तानको सुमधुर स्वरमा बजारमा आएको यस सेलो गितमा सोनाम सिहं थोकरको शब्द, जिते लामा लोप्चन र अजय घलान को लय रहेको छ । जिते लामा लोप्चन को पहिलो गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई ऐरेन्ज बिष्णु तामाङ् ले गरेका छन् । बिमल ढकाल ले निर्देशन गरेको भिडियोलाई लिगेश भट्टराई को सम्पादन,कलर रहेको छ ।“ल्होसार सेलो जुहारी ” बोलको म्युजिक भिडियोमा दिनेश तामाङ ,रुपा एस घले र बालकलाकार रुपक तामाङ र कबिना लामा को उत्कृष्ट अभिनय देख्न सकिन्छ । यो गीतको भिडियोलाई अर्चना स्याङ्तान नामक युटुबबाट मार्फत गित हेर्न सकिन्छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्...
प्रचण्डको टिप्पणी- संविधान कुल्चेर केपी ओली इतिहासमै कलंकित बने‌

प्रचण्डको टिप्पणी- संविधान कुल्चेर केपी ओली इतिहासमै कलंकित बने‌

ब्यानर समाचार, राजनिती
काठमाडौं , माघ २६ । प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेपालको संविधान कुल्चेर इतिहासमा कलंकित भएको टिप्पणी गरेका छन् । काठमाडौंमा आज आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केपी ओली प्रतिगमनको बाटोमा हिँडेको आरोप पनि लगाए । साथै प्रचण्डले आफू शान्ति र स्वतन्त्रताको पक्षमा उभिँदा आफूहरुको जित भएको र केपी ओलीको हार भएको समेत दाबी गरे । कार्यक्रममा बोल्दै प्रचण्डले आफूहरू पदका लागि सडकमा नआएको दाबी गरे । उनले विचारका निम्ति पार्टीभित्र संघर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।...
भारतमा हिमपहिरोले १८ को मृत्यु, २ सय बढी बेपत्ता

भारतमा हिमपहिरोले १८ को मृत्यु, २ सय बढी बेपत्ता

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं, माघ २६ । भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको छ । अन्य २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् । आइतबारको हिमपहिरोका कारण तीब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ । स्थानीयबासी ओम अग्रवालले तीब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए । उत्तराखण्ड सरकारले सोमबारसम्म १८ जनाको शव निकालिएको जनाएको छ । मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कम्तीमा २०० मानिस हराइरहेको बताए । बेपत्ता भएका सबैजसो व्यक्तिहरु विद्युतगृहमा कार्यरत मजदूर रहेका थिए । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाइ छ । आइतबार एउटा सुरुङबाट १२ जनालाई उद्धार गरिएको थियो तर २५–३५ जना दोस्रो सुरु...
भागरथीलाई न्यायको माग गर्दै नुवाकोटमा प्रदर्शन (फोटोफिचर )

भागरथीलाई न्यायको माग गर्दै नुवाकोटमा प्रदर्शन (फोटोफिचर )

मुख्य समाचार, समाचार, समाज
काठमाडौ,माघ २६। बलात्कारपछि हत्या गरिएको बैतडीकी भागरथी भट्टलाई न्यायको माग गर्दै नुवाकोटमा प्रदर्शन गरिएको छ । बिद्यार्थि तथा विभिन्न पेसा ब्यबसायमा आवद्ध युबाहरुको सकृयतामा प्रदर्शन गरिएको हो । बट्टार बजारको नुवाकोट आदर्श बहुमुखी क्याम्पसबाट निस्किएको र्याली सदरमुकाम बिदुरस्थित लोकतान्त्रिक चौतारोमा पुगेर कोणसभामा परिणत गरिएको थियो । र्यालीमा सहभागी युबा बिद्यार्थिले भागिरथीलाई न्याय दे, बलात्कारिलाइ फाँसी दे, कानुनी राज्य स्थापना गर लगायत नारा लगाउदै प्ले कार्ड बोकि प्रदर्शन गरेका हुन । ...