Thursday, April 18
Shadow

आजदेखि हिमपातको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान


  • -इ
  • इ+

काठमाडौं, माघ २७ । नेपालको मौसम प्रणालीमा फेरि बदली आएको छ । जसका कारण आज ९मंगलबार० सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रहेको र देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कतै वर्षा तथा हिमपातको सम्भावना नदेखिए पनि राति भने पश्चिमी उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

यस्तो हुनेछ तीन दिनको मौसम
माघ २७ गते मंगलबार
दिउँसो –
 सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
राति – सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ ।

माघ २८ गते बुधबार

दिउँसो – देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ ।
राति – देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ ।

माघ २९ गते बिहीबार
दिउँसो – 
सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
राति – सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
चिसो अझै रहिरहने तथा तराईका भू–भागमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares