Sunday, August 16
Shadow

कृष्णनगर भन्सारले वार्षिक लक्ष्यको ९३ प्रतिशत राजश्व उठायो


  • -इ
  • इ+

कपिलवस्तु, साउन ३१

 

लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो भन्सार नाका कृष्णनगर भन्सार कार्यालयले आर्थिक बर्ष २०८२/०८३ मा वार्षिक लक्ष्यको झण्डै ९२.८० प्रतिशतको आँकडा पार गरेको छ। चालु आर्थिक वर्ष २०८२ को साउनदेखि २०८३को अषाढ सम्म कार्यालयले रु.५ अर्ब ४४ करोड ५८ लाख ३० हजार राजस्व संकलन गरेको छ।

भन्सारलाई चालु आर्थिक वर्षका लागि रु.५अर्ब ८६ करोडको ४८लाख ९ हजार लक्ष्य तोकिएको थियो।

भन्सार कार्यालय कृष्णानगरले लक्ष्यको लगभग ९३ प्रतिशत लक्ष्य हासिल गर्नु आफैमा राम्रो संकेत रहेको स्थानीय हरूको भनाई रहेको छ।

कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी मयंक कुमार कर्णले बार्षिक लक्ष्यको करिब ९३ प्रतिशत आँकडा पार गर्नु सकारात्मक कुरा भएको बताए। उनले यथार्थपरक वर्गीकरण र सकारात्मक मुल्यांकनले  लक्ष्य नजिक पुग्न सफल भएको बताए। चोरीपैठारी हुने नाकाहरुको दिनहुँ गस्ती, फर्म क्षेत्रको निगरानी बढाइएकाले राजश्व असुलीको परिणाम राम्रो देखिएको भन्सार प्रमुख फणिन्द्र खतिवडाले जनाए। साथै उनका अुनसार भारतीय समकक्षीसँंग समेत समन्वय बढाएको छ।

जिल्लामा मुल भन्सार कार्यालय कृष्णनगरसहित अन्य  छोटी भंसार सञ्चालनमा रहेका छन्। भंसार नाकाबाट सिमेन्टका कच्चा पदार्थ , खरानी, जिप्सम, आइरन डस्ट र बक्ससाइटको आयातबाट सबैभन्दा बढी राजस्व उठेको भन्सार अधिकृत कर्णले बताए।

यस्तै कोइला, जीरा चामल र कनिका, गहु , फलफुल, तरकारी, कपडा, जुत्ताचप्पल र औद्योगिक मेसिनरीका पाटपुर्जा आयातबाट पनि राजश्व संकलन भएको भन्सार अधिकृतको भनाई छ। भन्सारलाई सूचना र प्रविधिमैत्री बनाएकाले समेत भन्सार राजस्व उठाउन सकारात्मक असर देखिएको भन्सार कर्मचारी बताउँछन्।

नेपालको सिमानाबाट सबैभन्दा नजिकको ब्रोडगेज लाइन भएको भारतीय रेलवे स्टेसन भएकाले पनि यो नाकाबाट आउने दिनमा बढी राजस्व संकलन हुने देखिएको भन्सार प्रमुखले बताए।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares