Saturday, August 22
Shadow

Author: Interview Nepal

रोल्पाबाट हातहतियारसहित दुई पक्राउ

रोल्पाबाट हातहतियारसहित दुई पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २७ । रोल्पाबाट हातहतियारसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । रोल्पा नगरपालिका–१० धबाङ बस्ने २५ वर्षीय प्रकाश बुढा र सोही ठाउँस्थित चिउरीडाँडाका ३९ वर्षीय नरबहादुर घर्तीमगरलाई धाङ्सीखोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष केसीले बताए । उनीहरुको साथबाट दुई थान भरुवा बन्दुक, फलामका टुक्रा, बारुद र एक थान खुकुरीसहित पक्राउ गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको संयुक्त टोलीले गस्ती गर्ने क्रममा उनीहरूलाई हतियारसहित पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
चुनावका लागि आयोगलाई सरकारले दियो ७ अर्ब बजेट

चुनावका लागि आयोगलाई सरकारले दियो ७ अर्ब बजेट

आर्थिक, मुख्य समाचार
काठमाडौँ, माघ २७ । सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनका लागि पहिलो चरणमा रु सात अर्ब बराबरको बजेट उपलब्ध गराएको छ । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगलाई पहिलो चरणमा रु ७ अर्ब बराबरको स्रोत उपलब्ध गराएको जानकारी दिए । अर्थमन्त्री पौडेलले खर्च नहुने विभिन्न क्षेत्र तथा आयोजनाको रकम निर्वाचनमा खर्च गर्ने गरी बजेट निर्धारण गरिएको बताए । उनले निर्वाचनमा हुने खर्चलाई मितव्ययी बनाउने समेत जानकारी दिए । आजै निर्वाचन आयोग पुगेर प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री पौडेलले निर्वाचनको तयारीबारे छलफल गरेका थिए । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले आयोगसँग छलफल भएको जानकारी दिए ।...
नेपाल प्रहरीका सात एसपीको सरूवा, को कहाँ भए ?

नेपाल प्रहरीका सात एसपीको सरूवा, को कहाँ भए ?

समाचार, समाज
काठमाडौं, माघ २७ । नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा भएको छ।मंगलबार प्रधान कार्यालयले सात जना एसपीको सरूवा गरेको हो। चितवनमा प्रहरी उपरीक्षक ओम अधिकारीको सरुवा भएको छ। त्यहाँ कार्यरत् नान्तिराज गुरुङको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको छ। प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान महाशाखाका दीपशमशेर जबराको नेपाल प्रहरी सशस्त्र गण(१ नक्सालमा सरूवा भएको छ। साइबर ब्युको साइबर अपराध अनुसन्धान शाखाका रेवती ढककालको काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण(२ महाराजगन्जमा भएको छ। त्यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालय इन्टेलिजेन्स शाखाका भोलाबहादुर रावलको काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरमा सरूवा भएको हो।यस्तै, हालसालै बढुवा भएका १६ जना प्रहरी उपरीक्षकको पनि पदस्थापन भएको छ। भुवनेश्वर तिवारीको १ नम्बर प्रदेश प्रहरी कार्यालय,...
ओलीको कदम नसच्चिए देश ‘राजनीतिक संकटमा फस्ने’ नेकपा दाहाल-नेपाल समूहको चेतावनी

ओलीको कदम नसच्चिए देश ‘राजनीतिक संकटमा फस्ने’ नेकपा दाहाल-नेपाल समूहको चेतावनी

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाखमा नयाँ निर्वाचनको मिति तोकेसँगै दाहाल–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ । वैशाखमा चुनाव नहुने र ओलीले चुनाव गर्नका लागि संसद विघटन नगरेको समेत दाहाल-नेपाल समूहको आरोप छ । यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)दाहाल–नेपाल समूहका दुवै अध्यक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक कदम’ नसच्चिए मुलुक गम्भीर राजनीतिक संकटमा फस्ने चेतावनी दिएका छन्। मंगलबार विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग कुरा गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले यस्तो दिएका हुन ।उनीहरुले अहिलेको आन्दोलनका बारेमा चर्चा गर्दै यो लडाइँ व्यक्तिगत नभई संविधान र लोकतन्त्रको रक्षाका निम्ति भएको बताए । उनीहरुले संविधानको मर्म र भावनाअनुरूप संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले उचित निर्णय लिने विश्वास व...
ने बि संघका नेता पवन थापाद्वारा पन्चकन्या गाउँपालिकाको तीन वटा विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण

ने बि संघका नेता पवन थापाद्वारा पन्चकन्या गाउँपालिकाको तीन वटा विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण

मुख्य समाचार, शिक्षा, समाचार, समाज
नुवाकोट, माघ २७ । ने बि संघका नेता पवन थापाले पन्चकन्या गाउँपालिकाको तीन वटा विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । थापाले पन्चकन्या गाउँपालिका स्थित श्री भेडावारि मा।वि , श्री नामरुन आधारभुत विघालय र दुप्चेश्वर प्रा ।वि विद्यालय लाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । व्यक्तिगत तथा सिटिजन लाइफ इन्स्योरेन्स एजेन्सि म्यानेजरको तर्फ बाट शैक्षिक सामग्री हस्तान्तरण गरेको उनले बताएका छन् । कपि, कलम , सिसा , जाेम्याट्रीक वक्स, dictionary book , ten sets book  लगाएतका विभिन्न सामाग्री हस्तान्तरण गरिएको हो । साथै उनले यो सुरुवात भएको र केहि गर्ने अवस पनि पाएको बताएका छन् । हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथिमा समाजसेवि रामेश्वर थापा , विशिष्ट अतिथि वडा अध्यक्ष मधु थापा , विशिष्ट अतिथि सिटिन्ज लाइफ इन्स्योरेन्स जरङखु शाखा प्रमुख स्वेच्छा उप्रेती रहेका थिए । साथै सामारोहमा...
गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल भयो – कमल थापा

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल भयो – कमल थापा

मुख्य समाचार, राजनिती
काठमाडौं , माघ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल सावित भएको बताएका छन् । राप्रपा काठमाडौं जिल्ला कार्य समितिद्वारा आयोजित पार्टीको चुनाव चिन्ह अनावरण, झण्डोत्तोलन एवं काठमाडौं जिल्ला समायोजन घोषणासभालाई सम्बोधनका क्रममा अध्यक्ष थापाले समसामयिक राजनीतिक परिवेशको चर्चा गर्दै व्यवस्थापिका प्रमुखले कार्यपालिका प्रमुख, न्यायपालिका प्रमुख र राष्ट्रप्रमुख विरुद्ध मुद्धा हाल्नुपर्ने अवस्थाले यहाँभन्दा ठुलो विचित्रको गाईजात्रा कहीँ नदेखेको भन्दै व्यंग्य गरे । ०६२९०६३ देखि हालसम्म परिवर्तन र त्यसलाई संस्थागत गर्ने नाममा व्यर्थ समय खर्च भएको बताउँदै अध्यक्ष थापाले उक्त समयमा भएको फजुल खर्चलाई विकास निर्माणमा लगाईएको भए देशको अवस्था धेरै अगाडि पुगिसक्ने थियो भन्दै अब हरेक नेपाली जनताको चेतनाको स्तरमा उच्च गतिमा विकास भएका कारण...
सरकारले घटायो बजेटको आकार, १३ खर्ब ४४ अर्बमा झर्‍यो

सरकारले घटायो बजेटको आकार, १३ खर्ब ४४ अर्बमा झर्‍यो

आर्थिक, ब्यानर समाचार
काठमाडौं, २७ माघ । उत्साहित बनेर बजेट ल्याएको केपी शर्मा ओली नेतृत्वको सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार घटाएको छ । चालू आर्थिक वर्ष २०७७–०७८ का लागि सरकारले १४ खर्ब ४६ अर्ब रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको थियो । शुरुमा महत्वाकांक्षी बजेट ल्याउने र त्यो कार्यान्वयन गर्न नसकेपछि आकार घटाएको छ । केपी ओली नेतृत्वको सरकारले सार्वजनिक गरेको तीन वटै बजेटको आकार बीचमा घटाइएको छ । ६ महिनाको बजेट खर्चको अनुमानका आधारमा यस आर्थिक वर्षको बजेट १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँको मात्र हुने अर्थ मन्त्रालयले जनाएको छ । यो कुल बजेटको ९१।१९ प्रतिशत मात्र हो । अर्थमन्त्री विष्णु पौडेलका अनुसार यो बजेट निर्वाचन र कोभिड खोपमा हुने खर्च समेत जोडेर हो । यसमा अनिवार्य दायित्व र पूर्वसहमति दिइएका आयोजनाको बजेट कटौती नहुने उनले जानकारी दिएका छन् । संशोधित अनुमान अनुसार चालू खर्च ९ खर्ब ...
मन्त्रिपरिषद्को निर्णय :  पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन

मन्त्रिपरिषद्को निर्णय : पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ २७ । सरकारले पहिलो चरणमा ४० जिल्ला र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले पहिलो चरणमा आगामी १७ वैशाखमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा र दोस्रो चरणमा २७ वैशाखमा प्रदेश १, बागमती र कर्णाली प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए । सरकारको तर्फबाट निर्वाचनको सबै तयारी पूरा भइसकेको उनले बताए । अदालतले अन्तरिम आदेश नदिएको, सुरक्षा थ्रेट पनि नभएको जानकारी प्रधानमन्त्रीले आयोगमा गराएको पनि उनले बताए । निर्वाचन आयोगले पनि छिटो निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने बताएको उनको भनाइ छ ।...
पछिल्लाे २४ घण्टामा देशभर १६० जना काेराेना संक्रमित थपिए‌

पछिल्लाे २४ घण्टामा देशभर १६० जना काेराेना संक्रमित थपिए‌

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, माघ २७ पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ७ सय ३७ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४ हजार ३ सय ९ जनाको पिसिआर परीक्षण गर्दा १ सय ६० जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख १० हजार ५७ पुगेको छ। गत २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ४७ पुगेको छ। हाल ८७ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा १ सय ६५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ४ सय ३१ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, देशभर हाल ८९ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ६४ जना आइसियु र १५ जना भेन...
निर्वाचनको तयारी तीब्र पार्न प्रधानमन्त्रीको निर्देशन

निर्वाचनको तयारी तीब्र पार्न प्रधानमन्त्रीको निर्देशन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ २७ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनको तयारी तीब्र पार्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् । आयोगले निर्वाचनको तयारीका लागि गरिरहेको कामको जानकारी लिन आयोग पुगेका प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरुसँग छलफल गरी निर्वाचनको तयारी तीव्र पार्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्रीलाई निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाले अहिलेसम्म गरेको कामको जानकारी प्रधानमन्त्रीलाई गराएको बताउँदै थापाले आयोगको काम प्रति प्रधानमन्त्री सन्तुष्ट रहेको बताए । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन गर्ने मिति तोकेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन गराउने निर्णय गरेको छ ।...