Sunday, May 10
Shadow

Author: Interview Nepal

सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

ब्यानर समाचार 2, शिक्षा, समाचार, स्वास्थ्य
काठमाण्डौँ, वैशाख ५ कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ। सीसीएमसीको आज बसेको बैठकले मन्त्रिपरिषद्लाई उक्त सिफारिस गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ। कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै बढ्दो जोखिमलाई मध्यनजर गर्दै सीसीएमसीले यस्तो निर्णय गरेको हो।...
सतभरामा रहेको श्री समय माता मन्दिरमा श्रद्धालु हरूको आस्था बढ्दै

सतभरामा रहेको श्री समय माता मन्दिरमा श्रद्धालु हरूको आस्था बढ्दै

समाचार, समाज
कृष्णनगर, बैशाख ५ कपिलवस्तुको महराजगंज नगरपालिका वड़ा नं.७ समयमातापुरम सतभरामा अवस्थित श्री समय माता मन्दिरमा विश्व कल्याणका लागि सतचण्डी महायज्ञ चलि रहेको छ। बैशाख ८ गते बुधवार नवमीको दिन भण्डारा तथा प्रसाद वितरण कार्यक्रम रहेको आयोजक समितीले जनाएको छ। समयमातापुरम सतभरामा दुर्गा मन्दिर हनुमान मन्दिर भैरव मन्दिर शनि मन्दिर तथा देवी सागर कुण्ड समेत रहेको छ। समय माता मन्दिरको स्थापना ४० वर्ष अघि भएको मान्निछ त्यो समयमा सानो आकारमा मन्दिर रहेको र स्थानीय बासिन्दाहरु पुजापाठ गर्न आउने गर्दथे।विस्तारै मन्दिरमा श्राद्धालुहरुको भिड़ हुन थाले पछि माधव बेल्वासे र पृतदेव उच्चडिह निवासीले भौतिक संरचना बनाउन केही हद सम्म पहल गरेका थिए। श्राद्धलुहरुको भिड़ भाड़ रहने उक्त मन्दिरमा आस्थाको केन्द्र स्थानियले मान्दै आएका र केही दिन पहिला समय माता मन्दिर क्षेत्रका स्थानिए बासिन्दा पूर्व मंत्री ईश्वर ...
गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य र मन्त्रीबाट पदमुक्त

गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य र मन्त्रीबाट पदमुक्त

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, वैशाख ५ गृहमन्त्री रामबहादुर थापा मगर ‘बादल’को राष्ट्रिय सभा सांसद र मन्त्री पद दुवै गुमेको छ । नेकपा माओवादी केन्द्रले बादलमाथि कारवाही प्रक्रिया अघि बढाई संसद सदस्य रिक्त गर्न लिखित पत्र दिए अनुसार पद रिक्त भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभभयाे । उहाँको पद गुमेसँगै मन्त्री पदबाट पनि स्वत: पदमुक्त हुनुभएकाे हाे । नेकपा माओवादी केन्द्रले चैत २७ गते बादलले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो । थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बन्नुभएकाे थियाे । अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र पूर्वमाओवादीमा रूपान्तरण हुँदा थापाले एमाले राेज्नुभएकाे थियाे । थापाको पद गुमेपछि अब उहाँले मन्त्री बन्न पुन: संविधानअनुसार सपथ लिनुपर्छ। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेका माओवादी केन्द्रका प्रति...
“मलाई माया नगर नगर” म्युजिक भिडियो डिजिटल बजारमा

“मलाई माया नगर नगर” म्युजिक भिडियो डिजिटल बजारमा

भिडियाे, मनोरञ्जन
महेन्द्र अधिकारी/ललितपुर, चैत्र ३० पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा भर्खरै मात्र भाइरल लक्ष्मी खड्का र लोक प्रिय गायक शनी बिश्वोकर्मा को स्वरमा “मलाई माया नगर नगर” को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा युनिक भोजराज बि.क. को शब्द र संगीत रहेको छ। मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण बिनोद बाजुरालीले संगीत संयोजन र खडक बाजुराली मास्टरिङ्ग गरेका हुन् । गीतले माया,प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ। कपिल लामाको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा सारिका के.सी. रआशिर प्रताप जंग र जयराम खड्काको अभियनय देख्न सकिन्छ । बिपिन छेत्रीले छायांकन गरेको भिडियो...
तत्काल विद्यालय बन्द नहुने

तत्काल विद्यालय बन्द नहुने

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
काठमाण्डौँ, चैत्र ३० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको विद्यालय कसरी सञ्चालन गर्ने भन्नेबारेको छलफल विना निष्कर्ष टुंगिएको छ। मन्त्रालयले आयोजना गरेको छलफलमा विभागीय मन्त्री नै अनुपस्थित हुँदा कुनै निर्णय हुन नसकेको शिक्षा सचिव रामप्रसाद थपलियाले बताए। छलफलमा सहभागी अधिकांश सरोकारवालाले भने कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न गरेको आग्रहप्रति आपत्ति जनाएका थिए। छलफलमा सहभागीले प्याब्सन तथा एनप्याब्सन लगायत सरोकालवाला निकायका प्रतिनिधिले विद्यालय बन्द गर्न नहुने धारणा राखेका हुन्। ‘अधिकांशको शैक्षिक संस्था बन्द गर्न हुँदैन भन्ने धारणा आयो,’ सचिव थपलियाले भने, ‘स्वास्थ मापदण्ड कडाइका साथ पालना गरी शैक्षिक संस्था चलाउनुपर्ने विषयमा एकमत रहेको छ।’ मन्त्री अनुपस्थित रहेकाले कुनै निर्णय भने गर्न नसकिएको उनको भनाइ छ।...
नयाँ बसपार्कका टिकट काउण्टर १ गते देखि बन्द हुने

नयाँ बसपार्कका टिकट काउण्टर १ गते देखि बन्द हुने

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार
काठमाण्डौँ, चैत्र ३० नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्चालन गर्नका लागि टिकट काउण्टर केही दिनका लागि बन्द गर्न लागेको जानकारी दिए । नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर सञ्चालनमा छन् । प्रालिले टिकट काउण्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रहसमेत गरेको छ । उक्त बसपार्कबाट ह...
पछिल्लो २४ घण्टामा ३०३ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ३०३ कोरोना संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, चैत्र २९ नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ३ सय ३ जना संक्रमित भएका छन् । यो समेत गरी कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ सय ४१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।
रामपुरमा म्याजिक भ्यान दुर्घटना हुँदा दुईको मृत्यु, सात घाइते

रामपुरमा म्याजिक भ्यान दुर्घटना हुँदा दुईको मृत्यु, सात घाइते

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, चैत्र २९ भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय दुई पुरुष रहेका छन् । तीमध्ये ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते सातमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चार जनाको उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना१ज ६८५९ नंको म्याजिक भ्यान आज बिहान ९ः३५ बजे दुर्घटनामा परेको हो ।...
पछिल्लो २४ घण्टामा २८८ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा २८८ कोरोना संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, चैत्र २७ पछिल्लो २४ घण्टामा २ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा २ सय ८८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १ सय २७ जना कोरोना संक्रमण मुक्त भएका छन् मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल २६ सय १५ जना आइसोलेसनमा छन् भने ८४ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना संक्रमितको संख्या भने २ लाख ७९ हजार ३ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ ।...
तरुण दलका नेता सबिन थापाले वृद्धाश्रममा खाद्यन्न वितरण गरेर मनाए जन्म दिन

तरुण दलका नेता सबिन थापाले वृद्धाश्रममा खाद्यन्न वितरण गरेर मनाए जन्म दिन

समाचार, समाज
काठमाण्डौँ, चैत्र २३ पछिल्लो समय जन्मदिन विभिन्न ठाउँहरुमा सहयोग गरी मनाउने क्रम बढेको छ । जन्मदिनका अवसरमा साथीभाईहरु माझ रमाइलोमा गरिने खर्च कटाएर वृद्धाश्रम, बाल आश्रम तथा गरिव दुखीहरुका लागि खर्च गर्ने युवाहरुको चलन जस्तै बनेको छ ।यसैक्रममा तरुण दलका नेता सबिन थापाले आफ्नो जन्मदिन वृद्धाश्रममा खाद्यन्न तथा अन्य उपभोग्य सामाग्री वितरण गरेर मनाएका छन् । तरुण दल काठमाडौं-नुवाकोट सम्पर्क समितिका कोषाध्यक्ष समेत रहेका थापाले मनमैजूमा रहेको नवजीवन परोपकार समाज सेवामा दाल, चामल, नुन, तेल, ग्यास, मास्क, साबुन लगायतका खाद्य तथा अन्य सामाग्रीहरु वितरण गरे ।सोमवार जन्मदिनको अवसरमा परोपकार समाज पुगेर थापाले खाद्यान्न सामाग्रीहरु उक्त संस्थाका संस्थापक सदस्य मिरा के सिलाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह के सि, काठमाडौं महानगरपालिक...