Sunday, May 10
Shadow

Author: Interview Nepal

यस वर्ष पनि एसईई र कक्षा १२ को परीक्षा स्थगित

यस वर्ष पनि एसईई र कक्षा १२ को परीक्षा स्थगित

ब्यानर समाचार 2, शिक्षा, समाचार
काठमाण्डौँ, वैशाख २७ कोरोना भाइरसका कारण यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा पनि स्थगित भएको छ । सोमबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका थियो । अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए । स्थगित गरिएको परीक्षा कुन मोडालिटीमा कहिलेबाट सञ्चालन गर्न सकिन्छ भनेर १५ दिनभित्र बोर्ड सदस्यहरूले आ–आफ्ना सुझाव लिएर आउने र त्यसपछि परीक्षाको नयाँ मिति तय हुने शिक्षा मन्त्रालयले जनाएको छ ।...
नुवाकोटमा जेठ ३ गते सम्म निषेधाज्ञा जारी

नुवाकोटमा जेठ ३ गते सम्म निषेधाज्ञा जारी

ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, वैशाख २६ दिनहुँ कोरोना संक्रमण बढे संगै नुवाकोटमा थप एक साता निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा हाल सम्म सक्रिय संक्रमित ५०७ र २ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले आईतबार जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।
आयोजनाको नाममा नदि दोहन

आयोजनाको नाममा नदि दोहन

अपराध, आर्थिक, ब्यानर समाचार, स्थानिय तह
काठमाण्डौँ, वैशाख २५ नुवाकोटको बेलकोटगढि नगरपालिकामा निर्माणाधिन लोक संचार मार्ग (जिलिङ सिमखेत केउरेनी कुमरी झ्याङ्ली पोखरी धार्के सडक खण्ड) निर्माण आयोजनाको नाममा तादी नदि दोहोन सुरु भएको छ । स्वच्छन्द/वल्डवाइड/अमृत जे.भी. बालाजु १६ काठमाण्डौँले निर्माण जिम्मा पाएको उक्त सडक आयोजनाको लागि नगरपालिकाको २०७७ चैत्र २ गतेको निर्णय अनुसार सोहि नगरपालिकाको वडा नं १२ को घोडघाड क्षेत्रबाट आवश्यक नदीजन्य पदार्थ उत्खनन अनुमति दिएको छ । तर आयोजनाको नाम लिर्दैँ शुक्रवार तादी नदीको बिचमा नै मेसिन चलाएर नदीजन्य पदार्थ उत्खनन गरिएको हो । आयोजनाले वातावरणीय प्रभावलाई समेत ख्याल नगरी नदी किनारामा नै क्रसर संचालन गरिरहेको छ । क्रसर संचालनको लागि नदी,पुल,सामुदायिक वन, विद्यालय, समुदायबाट ३ सय देखि ५ सय मिटरको दुरिमा हुन आवश्यक रहेको छ । तर त्यहाँ त्यस किसिमको कुनै पनि मापदण्ड पुरा भएको पाईदैँन । नगर...
२४ घण्टामा ५५ जनाको मृत्यु, सक्रिय संक्रमित ६० हजार नजिक

२४ घण्टामा ५५ जनाको मृत्यु, सक्रिय संक्रमित ६० हजार नजिक

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, वैशाख २१ मंगलबार नेपालमा हालसम्मकै उच्च बिन्दुमा कोरोना भाइसरसका बिरामी थपिएका छन् भने मृत्युको पनि नयाँ रेकर्ड कायम भएको छ। १६ हजार १३१ जनाको पीसीआर परिक्षण गर्दा ७ हजार ५८७ जनामा र ५७१ जनाको एन्टीजेन परिक्षण गर्दा ७३ जनामा गरी ७ हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ५५ जनाको मृत्यु भएको छ । थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ४१७ जनाको मृत्यु भएको छ । यस्तै, हालसम्म २५३ जना क्वारेन्...
बैतडीमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, वैशाख २१ बैतडीको पञ्चेश्वर गाउँपालिकास्थित गणमेश्वर मोडमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर चालकसहित ५ जनाको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसपी) योगेन्द्रसिंह थापाले बताए । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ घर भएका जितसिंह भण्डारी, डम्बर सिंह भण्डारी, हिक्मतसिंह भण्डारी र ४० वर्षीय दिपक सिंह भण्डारी छन् । जिप चालक दशरथचन्द नगरपालिका–४ घर भएका वर्ष ४५ का तेज बहादुर बोहराको पनि मृत्यु भएको छ । चट्याङ लागेर ज्यान गुमाएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव लिएर सदरमुकाम आउँदै गरेको से १ ज १८३ नम्बरको जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको छ । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् ।...
काठमाडौंमा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप

काठमाडौंमा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, वैशाख २१ काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । आइतबार मन्त्रिपरिषद् बैठकले १५ दिन थप निषेधाज्ञा जारी गर्न प्रशासनलाई निर्देशन दिएको थियो । निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदै छ । यस्तै यो समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने पराजुलीले बताए । पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । बेलुका पूर्ण रुपमा बन्द गरिनेछ । नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाई गरिनेछ । पराजुलीका अनुसार बैंक तथा वित्ति...
कोरोना संक्रमण बढ्दो, लकडाउन बारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बोलाइयो

कोरोना संक्रमण बढ्दो, लकडाउन बारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बोलाइयो

ब्यानर समाचार, राजनिती, समाज, स्वास्थ्य
काठमाण्डौँ, वैशाख १३ आज साँझ ५ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको छ । कोरोनाको दोस्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएको अवस्थामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सिफारिश गरेको निषेधाज्ञा बारे सरकारले निर्णय लिनसक्ने बताइएको छ । यसअघि सीसीएमसीले आइतबार शहरमा ५ सय र पहाडमा २ सयभन्दा बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा गर्नुपर्ने सिफारिस गरेको थियो । सीसीएमसीले जिल्लामा प्रमूख जिल्ला अधिकारीले निषेधाज्ञाको निर्णय लिन सक्ने गरि निर्णय गर्न सरकारलाई सिफारिश गरेको छ ।...
दक्ष संचारकर्मी उत्पादन गर्ने उदेश्यकासाथ फ्रेन्डस् मिडिया ट्रेनिङ्ग सेन्टर संचालनमा

दक्ष संचारकर्मी उत्पादन गर्ने उदेश्यकासाथ फ्रेन्डस् मिडिया ट्रेनिङ्ग सेन्टर संचालनमा

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, वैशाख १२ दक्ष संचारकर्मी उत्पादन हाम्रो चाहना भन्ने उदेश्यका साथ काठमाण्डौँको बाईपासमा फ्रेन्डस् मिडिया ट्रेडिङ्ग सेन्टर संचालनमा आएको छ । शनिवार फ्रेन्डस् मिडिया ट्रेडिङ्ग सेन्टर शुभारम्भको शुभकामना दिदैँ अध्यक्ष पोखरेलले वर्तवान समयमा दक्ष संचारकर्मीको अभावमा यस ट्रेडिङ्ग सेन्टर दक्ष संचारकर्मी उत्पादनमा जोड दिनु पर्ने बताए । केन्द्रिय महासंघ र जिल्ला शाखाहरु संग सहकार्य गरेर पनि यस ट्रेडिङ्ग सेन्टरले हरेक स्थानबाट दक्ष संचारकर्मी उत्पादनमा सघाउँ पुर्याउने बताए । कार्यक्रमका विशेष अतिथि पत्रकार महासंघ रसुवाका अध्यक्ष केशव पौडेलले उपयुक्त स्थानमा संचालनमा आएको ट्रेडिङ्ग सेन्टरले रसुवा, नुवाकोट, धादिङ लगाएतका स्थानमा पत्रकारिता गरिरहेका र पत्रकारिता गर्न चाहनु भएकाहरुका लागि ठूलो अवसर र महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यस्तै पत्रकार महासंघका केन्द्रिय सदस्य ज्ञान ...
अन्तराष्ट्रिय सम्मान र राष्ट्रिय योगदान मात्र राष्ट्रवाद हो ?

अन्तराष्ट्रिय सम्मान र राष्ट्रिय योगदान मात्र राष्ट्रवाद हो ?

विचार, समाज
पामेल उपाध्यय पञ्चायत काम सम्पन्न गरेर मात्र बोल्थ्यो। बिकास र संवृद्धि को निम्ति त्रिवर्षीय, पञ्चवर्षिय योजना हरु अघि सारेको थियो। देश भित्रै रोजगार दिलाउन कयौं उद्योगधन्दा र कलकारखाना हरु खोलेको थियो। इमान्दारी, नैतिकता र जवाफदेहिता को खडेरी थिएन। न्याय खोज्न पार्टी कार्यालय धाउनु पर्दैन थियो। राजा र प्रजा को सम्बन्ध थियो। बिकास को नाममा एउटा उदाहरण- मेलम्ची, राजा विरेन्द्र को योजना हो भन्ने केही झुण्डवाद हरुलाई थाहै रहेनछ। त्यही भएर त कोहि किशुन जी जयगान गाउँन ब्यस्थ छन् भने कोहि i love you ओलि बा भन्नमा मस्त छन्। यो अवधी सम्म आईपुग्दा मात्र रानिपोखरी र धरहरामा कायापलट सोच्ने जमात हरुलाई सर्वप्रथम लाल सलाम। यता गणतन्त्र काम सम्पन्न हुनु भन्दा अघाडी नै बोल्छ। निकै नै तामझाम का साथ उद्घाटन गरेर तमासा देखाउछ। काम कम कुरा ज्यादा गणतन्त्र को पर्याय बनेको छ। रेल को चक्का को हावा खुस्कियो ...
के साँच्चिकै उर्मिलासँग प्रेममा छन् त सुनिल ? कालिकोटमा उर्मिलासँग रोमान्स गर्दा गर्दै भेटिए

के साँच्चिकै उर्मिलासँग प्रेममा छन् त सुनिल ? कालिकोटमा उर्मिलासँग रोमान्स गर्दा गर्दै भेटिए

मनोरञ्जन, समाचार
काठमाडौँ । लोकपप गायक सुनिल गिरीको नयाँ गीत लेकाली भेगैमाको भिडियो सार्वजनिक गरिएको छ । प्रतिवद्धको शब्द शृजनामा गायक सुनिलको संगीत र एरेन्जमा तयार भएको गीतमा सुनिलसँग पोखराकी उर्मिला गुरुगंसँगको रोमान्स देख्न सकिन्छ । यात्राका क्रममा घुम्दै जाने ३ बटुवामध्येका एक सुनिलले देखे लगत्तै उर्मिलाका नजरसँग नजर मिलाउन भ्याई हाल्छन् । भिडियोमा सुनिल र उर्मिलासँगै प्रतिवद्ध र विष्णु कमार बुढाको पनि अभिनय देख्न सकिन्छ । लुकिछिपी घुम्दा घुम्दै साटेको मायालाई लोक पप शैलीमा सुनिलले तयार पारेको भिडियो हेर्दा जो कोही युवालाई पनि आफ्ना यात्रा र कलेज लाइफका दिनहरुको याद आउन सक्छ । जानेर नजानेर गरिने प्रेममा देखिने रमइला पलहरुका मिठा दृश्यहरुलाई भिडियोमा जितु तामागंले कैद गरेका हुन् । मनोज कार्कीको सम्पादन रहेको भिडियोको कलरिगं राजेन्द्र मोक्तानको रहेको छ । गायक स्वयमकै निर्देशन रहेको गीतको भिडियो पनि...