Sunday, May 19
Shadow

आफ्नो रगत दिएर अरुको ज्यान बचाउनेको गाडि प्रहरी नियन्त्रणमा


  • -इ
  • इ+

रामेश्वर गजुरेल ,नुवाकोट
आफ्नो रगत दिएर अरुको ज्यान बचाउने युवाहरुलाइ नुवाकोट प्रहरीले दुर्ब्यावहार गरेको छ । ब्लड अन रिकोएस्ट इन नुवाकोट नामक सस्थामा आबद्ध युवाहरू लाई प्रहरीले दुरब्याहार गरि प्रदेश ३-०१०२४ च ३५०५ नम्बरको गाडी नियन्त्रणमा लिएको हो । बढ्दो दुर्घटना , अस्पतालमा हुने गर्वबती महिला र अप्रत्याशित रोगका कारण रगतको माग भएसगै जिल्लामा रहेको नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्र मार्फत रगत दिदै आएका युवाहरूलाई घर पुर्याउने क्रममा प्रहरीले गाडी नियन्त्रणमा लिइ हिडेर जान निर्देशन दिएका हुन । स्वास्थको क्षेत्रमा लामो समयदेखी सक्रिय रहेको समुहले जिल्लामा हुने बिपदमा राहत,रेस्क्रु र रगतको क्षेत्रमा काम गरिरहेको छ ।

दैनिक जसो अस्पतालमा रगत आवश्यक परिरहेको हुन्छ ,रक्तदातालाई ल्याउने र पुर्याउने जिम्मेवारी हाम्रो हो हामिले प्रत्येक दिन गरिरहेका हुन्छौ , सबै कुरा प्रहरी प्रशासन,अस्पताल र ब्लड बैकका कर्मचारीलाई थाहा पनि छ तर प्रहरीले मानवताको भावना नै छैन जसरी बिच सडकमा बोलेको शब्द मनमा बिजेको ब्ल्ड अन रिकोएस्ट इन नुवाकोटका सयोजक मच्छिन्द्र नरसिंह प्याकुरेलले बताउनुभयो । उहाँ भन्नुहुन्छ अस्पतालमा अझै रगत आवश्यक छ साधन छैन , ।

जिल्ला प्रहरी कार्यलयबाट डिउटिमा खटिएका प्रहरी सहायक निरीक्षक दिपक केसीले बिच सडकमा नै हप्कीदप्की गरेर गाडी नियन्त्रणमा लिएका हुन । प्रहरी मेरो साथी भनेर पढेका र तालिम लिएका उनले तातो सडकमा नै प्रहरीको खिल्ली उडाएको प्रत्यक्षदर्शीहरुले बताएका छन । प्रत्यक्षदर्शी नाम नबताउने सर्तमा एकले भने रगत न सगत हामीलाई के मतलव गाडी साइड लगाउनुस भने त्यस्ता रगत दिने कति हुन्छन लिने कति हुन्छन सबैलाइ छोडौ भनेर गाडी पार्किङमा हाल्न लगाउनु भयो ।

नुवाकोट जिल्लामा लकडाउन जारी रहेको छ । जिल्लामा सुरक्षाको हिसाबले चेकजाँचमा तिब्रता दिनु प्रहरीको कर्तव्य हो । तर जिल्लामा स्वास्थको क्षेत्रमा काम गरिरहेका सामाजिक ब्यक्तिहरुलाइ निराश बनाउने काम प्रहरीले गर्न हुदैन भन्ने हाम्रो आशय हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares