Wednesday, May 15
Shadow

कोरोना भाइरसविरूद्ध औषधी बनाएको भारतको दाबी, रक्षामन्त्रीले गरे सार्वजनिक


  • -इ
  • इ+

एजेन्सी
नयाँ दिल्ली, जेठ ३
भारतले कोरोना भाइरसविरूद्धको औषधी बनाएको दाबी गरेको छ। सोमबार भारतका रक्षामन्त्री राजनाथ सिंहले एक कार्यक्रममार्फत् कोरोना भाइरसविरूद्धको औषधिको सार्वजनिक गरेका हुन्।

कोरोनाविरूद्धको २- डिओक्सी-डि-गुल्कोज (२-डिजी) नामक औषधी डिफेन्स रिसर्च एन्ड डेभेलपमेन्ट अर्गनाइजेसन (डिआरडिओ) र डा. रेड्डीज मल्टिनेसनल फर्मास्युटिकल कम्पनी (डिआरएल)ले बनाएको हो।

‘डिआरडिओ एवं डिआरएलद्वारा तयार गरिएको औषधि कोभिडका लागि सिद्ध हुन्छ। यो हाम्रो देशको वैज्ञानिक दक्षताको ठूलो उदाहरण हो,’ रक्षा मन्त्री सिंहले कार्यक्रममा भने,’यो औषधीबारे म यही भन्न चाहन्छु कि यो आशाको नयाँ किरण हो।’

यो औषधी प्रयोग गरेमा कोरोना भाइरसका संक्रमित छिट्टै निको हुने गरेको उनले विश्वास छ। अरू उपचारको तुलनामा यो औषधी प्रयोग गर्ने संक्रमित साढे दुई दिन अघि नै निको हुने कुरा आफूलाई जानकारी गराइएको उनले बताए।

‘मलाई भनिएको छ कि यसको प्रयोग गरेका बिरामी सामान्य उपचार गरेकाभन्दा साढे दुई दिन अघि निको हुन्छन्। साथै, अक्सिजनको निर्भरता पनि लगभग ४० प्रतिशतले कम भएको छ,’ रक्षामन्त्री सिंहले भने,’यो पाउडर फर्ममा भएको हुँदा यसको एक किसिमको विशेषता रहेको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares