Sunday, May 10
Shadow

Author: Interview Nepal

एकीकृत अखिल नेपाल शिक्षक संगठन (UANTO)सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रो प्रदेश परिषद सम्पन्न

एकीकृत अखिल नेपाल शिक्षक संगठन (UANTO)सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रो प्रदेश परिषद सम्पन्न

राजनिती, शिक्षा, समाचार, स्थानिय तह
खगेन्द्र अबस्थि/कैलाली एकीकृत अखिल नेपाल शिक्षक संगठन UANTO,सुदूरपश्चिम प्रदेश कमिटीले आफ्नो दोस्रो प्रदेश परिषद् बिस्तारित बैठक "राष्ट्रियता,लोकतन्त्र र संबैधानिक सर्बोच्चता हाम्रो अभियान! शिक्षक एकता,संघीय शिक्षा ऐन र समाजबादी शिक्षा नीति UANTO को पहिचान!!" भन्ने मुल नाराका साथ सु.प.को अस्थायी राजधानी धनगढी स्थित श्री त्रिनगर मा.बि.मा भब्यरुपले सम्पन्न गरेको छ।सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्ला बाट प्रतिनिधित्व गरि सहभागीको रुपमा २०५ संख्यामा प्रदेश पार्षद सदस्यको रुपमा शिक्षकहरुको उपस्थिति रहेको थियो। भेलामा प्रत्येक जिल्लाबाट रिपोर्टिङ ब्यबस्था समेत गरिएको थियो। दोस्रो प्रदेश परिषद् बैठकको सन्चालन प्रदेश महसचिब रतन प्रसाद जैसीले गर्नुभएको थियो भने अध्यक्षता प्रदेश अध्यक्ष दलबहादुर कार्कीले गर्नुभएको थियो।परिषद्को प्रमुख अथितीको रुपमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्...
माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्रीबाट राजीनामा दिन्छु  : ओली

माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्रीबाट राजीनामा दिन्छु : ओली

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, चैत्र २१ प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफ्नो राजीनामा आइहाल्ने घोषणा गरेका छन्। बालुवाटारबाट देशभरका १ सय ६५ सडक सञ्जालको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई पहिले समर्थन फिर्ता लिन चुनौति दिएका हुन्। ओलीले भने, ‘राजीनामा त माग्या माग्यै छन् । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या छ माग्या छ । ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न।’...
हरित साउदी अरेबिया  ,हरित मध्यपूर्व’ नाराका साथ साउदी अरबले १० अर्ब बिरुवा रोप्ने

हरित साउदी अरेबिया ,हरित मध्यपूर्व’ नाराका साथ साउदी अरबले १० अर्ब बिरुवा रोप्ने

अन्तर्राष्ट्रिय, समाचार, समाज
शहबाज खान बिश्वको सबैभन्दा बढी तेल उत्पादक देश साउदी अरबियाले ‘हरित साउदी अरबिया, हरित मध्यपूर्ब’ नाम दिएको महत्वपूर्ण अभियान अन्तरगत साउदीमा १० अर्ब बृक्षारोपण गर्ने एउटा बातावरण मैत्री र जलवायु परिवर्तनको समस्यालाई हल गर्ने महवत्वपूर्ण बृहत कार्यक्रम अघि सारेको छ । यो बृक्षारोपण अभियानबाट बातावरण जोगाउने, कार्बन उत्सर्जन घटाउने, प्रदुषण रोक्ने, भूमिको स्तर खस्कन नदिने सामुद्रिक जीवनको रक्षा र सुधार गर्ने तथा भावी मानब पुस्ताको भबिष्य गुणस्तरीय तुल्याएर सुरक्षित राख्ने अत्यन्तै महवपूर्ण सामयिक उदेश्य राखेको छ । यस अभियानले बिश्वमा कार्बन उत्सर्जन ४ प्रतिशतले घटाउन योगदान पुग्दछ भन्ने दाबी गरिएको छ भने २०३० सम्ममा स्वच्छ ऊर्जा उत्पादनको हिस्सामा पनि ५० प्रतिशतले बढाउने नीति पनि रहेको छ । यो ‘हरित साउदी अरबिया, हरित मध्यपूर्ब’ पहलको प्रयास मध्यपूर्बका देशहरुका बीच समन्वय गर्ने र ...
कैलालिको धनगढीमा हलिया कमैया भूमिहीनको पहुच सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

कैलालिको धनगढीमा हलिया कमैया भूमिहीनको पहुच सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

मुख्य समाचार, समाज, स्थानिय तह
खगेन्द्र अबस्थित/कैलालि संविधानसभा सदस्य एवं हलिया मुक्ति आन्दोलनका राष्टिँय अभियन्ता, पूर्व सासद हरि श्रीपाईलीले हलिया,कमैया र कमलरी प्रथा अन्त्यको घोषणा गरिएता पनि उनीहरुहरुको म भूमिमा पूर्ण स्वामित्व सहित भूमिको मालिक बनाउन नसक्दा जीवनस्तर माथि उठ्न नसकेको बताउनु भएको छ । उहाँले संविधानमै भूमिहिन दलित एंव सिमान्तकृत समुदाय पुर्बसासद श्रीपाइलि बिगतका दिनमा पनि जनतालाई सहयोग गर्दै आइरख्नु भयको छन अबका दिनमा जनताका साथमा हुने उनले बताउनु भयका छन उहा जनताका नेता भयको धनगढीका बासिन्दा बताउँछन। अहिले ऐलानि जग्गालाई नम्बरि बनाउने कुरा हल्लामात्र नभयको उहाले बताउनु भयको छ आफु जनतामाझ गयर जनताका जग्गाका फर्म समेत कार्यक्रममा उल्लेख गर्नु भयका छन। शुक्रवार कार्यक्रममा भयको ब्रिस्तित कुराकानि उहाले यसरि बताउनु भयका छन। “हामीबाट कर लिन हुने तर फाराम किन नभरिदिने ?” नगरपालिकाको वडा नं. १०...
कोरोनाको दोस्रो लहर : पहिलो लहरको तुलनामा तीन गुना तीव्र

कोरोनाको दोस्रो लहर : पहिलो लहरको तुलनामा तीन गुना तीव्र

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, चैत्र २१ भारतमा पहिलो लहरको तुलनामा दोस्रो लहर तीन गुना तेज रहेको पाइएको छ। शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टामा त्यहाँ ८८ हजार नौ सय ८८ जना संक्रमित भेटिएका छन्। अघिल्लो दिनको तुलनामा त्यो संख्या १० हजार बढी हो। सेप्टेम्बर २०२० पछि त्यहाँ एकैदिन उक्त संख्यामा कोरोना संक्रमित बढी भेटिएका हुन्। दोस्रो लहरमा मृत्यु हुनेको संख्या भने निकै कम रहेको छ।...
प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने  कांग्रेसको निर्णय

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, चैत्र २० नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको केन्द्रीय सदस्य डिला संग्राैलाले बताइन्। प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने कांग्रेसले निर्णय गरेको अर्का केन्द्रीय सदस्य प्रदीप पाैडेलले बताए। उनका अनुसार नयाँ सरकार गठनका लागि अग्रसरता लिने पनि बैठकले निर्णय गरेको छ। कांग्रेस केन्द्रीय कार्यालाय सानेपामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य सहभागी छन्।...
सिसडोल तर्फ लागे फोहोरका गाडि

सिसडोल तर्फ लागे फोहोरका गाडि

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, चैत्र २० चैत्र १३ गते देखि सिसडोलवासिले अवरुद्ध गरेको फोहोरको गाडि संचालनमा आएको छ । काठमाण्डौँ महानगरपालिका र सिसडोल प्रभावित बिच भएको छलफल पश्चात फोहोरका गाडि सिसडोल तर्फ लागेको हो । शिक्षा, स्वास्थ्य लगाएतको माग सहित प्रभावित नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकालाई ३/३ करोड रकम दिने निर्णय समेत भएको छ । प्रभावित क्षेत्रका विद्यालयहरुमा संघीय सरकारबाट स्थायी दरबन्दी आएपछि स्वतः हट्ने गरी तत्कालका लागि ५१ जना शिक्षकको खर्चका लागि महानगरपालिकाले अनुदान दिने प्रतिवद्धता व्यक्त गरेका छ । प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने र डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने महानगरको प्रतिवद्धता छ । तर, तत्कालका लागि वैकल्पिक व्यवस्थामार्फत स्वास्थ्य व्यवस्था मिलाउने सहमति पनि भएको छ । स्थानीय प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण गर...
मदरसा शिक्षालाई प्रभावकारी बनाउन छलफल र सहकार्य गरि अगाडि बढ्दै उपाध्यक्ष मौलाना मशहुद

मदरसा शिक्षालाई प्रभावकारी बनाउन छलफल र सहकार्य गरि अगाडि बढ्दै उपाध्यक्ष मौलाना मशहुद

शिक्षा, समाचार, समाज
कपिलवस्तु, चैत्र २० नेपालमा विभिन्न समुदायको बसोबास रहेको छ । जुन समुदायहरु शदियौंदेखि मिलेर बसोबास गर्दै आएका छन् । तर मुस्लिम समुदाय एक यस्तो समुदाय हो जो अहिले एकाईसौं शताब्दीमा आएर पनि विकासको मूलधारमा आउन सकेको छैन । मुस्लिम लगायतका अन्य पछाडि परेका वा पारिएका समुदायलाई विकासको मूलधारमा ल्याउन सक्ने दुई पाटाहरु छन् । यदि यी दुई एक त शिक्षा र अर्को रोजगार पाटालाई आधार बनाइयो भने मुस्लिम समुदाय पनि अरु समुदाय सरह राज्यको मूलधारमा आउन सक्नेछ मुस्लिम समुदाय हरेक क्षेत्रमा पछाडि पर्नुको मुख्य कारण उच्च शिक्षा नहुनु हो जसमा जति कमजोरी समुदायको छ त्यति नै राज्य पनि जिम्मेवार छ किनभने राज्यले मुस्लिम मदरसा शिक्षालाई बढोत्तरीका लागि कुनै विशेष योजना लागु गरेको छैन तर मुस्लिम समाजलाई शिक्षा तथा रोजगारीसँग जोड़ि अगाडि बढाउनको लागि लुम्बिनी प्रदेश सरकारले मदरसा बोर्ड गठन गरी मदरसा शिक्षामा आफ...
किरण चेम्जोङ एसियाको उत्कृष्ट १० खेलाडीको सूचीमा

किरण चेम्जोङ एसियाको उत्कृष्ट १० खेलाडीको सूचीमा

खेलकुद, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, चैत्र २० नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एएफसीकै साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा परेका छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको एएफसी इन्टरनेसनल प्लेअर अफ दि विकमा किरणसहित १० खेलाडी मनोनयनमा परेका हुन् । यसरी मनोनयनमा पर्ने किरण नेपालकै पहिलो खेलाडी समेत बने । एएफसीले पछिल्लो भएका भएका खेलहरुमा गरेको प्रदर्शनका आधारमा यो सूची सार्वजनिक गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सोमबार सम्पन्न थ्री नेशन्स कपमा नेपालले उपाधि जित्दा किरण कप्तान थिए । उनको कप्तानीमा नेपालले पहिलो उपाधि जितेको थियो । जसमा तीन खेल खेल्दा किरणले दुई क्लिनसिट राखे भने एक गोल मात्र व्यहोरे । त्यही प्रदर्शनको आधारमा एएफसीले किरणलाई पनि मनोनयनमा राखेको जनाएको छ ।...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, चैत्र २० प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पछिल्लो समसामयिक राजनीतिक विषय र आगामी १४ औं महाधिवेशको विषयमा छलफल गर्न आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।...