Friday, March 29
Shadow

Tag: काँग्रेस

संसद विघटनविरुद्ध कांग्रेसले आज ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दै

संसद विघटनविरुद्ध कांग्रेसले आज ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दै

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ ३। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज देशका ७५३ वटै स्थानीय तहमा संसद विघटनको विरोधमा प्रदर्शन गर्दैछ । संसद् विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा कांग्रेसले देशका सबै स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो । कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो (शुक्रबार) एक विज्ञप्ति जारी गरी विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गरिसकेका छन् । विरोधमा सहभागी भएर प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता प्रकट गर्न उनले आह्वान गरेका छन् । ‘संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं । संविधानमा भएको ब्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘पार्टीका सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीम...
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको विरोध प्रदर्शन आज , कुन नेताले कहाँबाट गर्दैछन् सम्बोधन ?

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको विरोध प्रदर्शन आज , कुन नेताले कहाँबाट गर्दैछन् सम्बोधन ?

ब्यानर समाचार, राजनिती
  काठमाडौं , पुस २५ । । नेपाली कांग्रेसले आज प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन देशव्यापीरुपमा गर्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पुस १९ गते बसेको केन्द्रीय समिति बैठकले आज(पुस २५ गते) ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । यस्तै विरोधका कार्यक्रम अन्तर्गत नै माघ ३ गते ७५३ वटै स्थानीय तह र माघ ८ गते देशहरुका सबै ६ हजार ७४३ वटै वडाहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि कांग्रेसले यसको विरोध गर्दै आएको छ । पुस १३ गते पनि उसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो । यद्यपी कांग्रेसको अर्को केन्द्रीय समिति बैठक भने माघ ६ गते बस्ने भएको छ । यस्तै अन्य प्रतिपक्षी दल र नेकपाको प्रचण्ड माधव समूहले पनि...
काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो , अब अर्को कहिले ?

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो , अब अर्को कहिले ?

मुख्य समाचार, राजनिती
काठमाडौँ , पुस २४ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सरिएको छ । यही पुस २७ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएको बैठक माघ ६ गतेका लागि सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अबको बैठक माघ ६ गते मंगलबार दिनको १ बजे बस्ने शुक्रबार पौडेलद्वारा विज्ञप्तिमा उल्लेख छ । ५ पुसमा सरकारले लिएको प्रतिनिधिसभा विघटनको कदममाथि ७ पुसबाट काँग्रेसमा छलफल जारी छ । बैठकबाटै संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको काँग्रेस थप नीति आगामी बैठकबाटै तय गर्ने रणनीतिमा छ।...
कांग्रेस एक्लै सडक संघर्षमा, दाहाल र नेपाल पक्षको प्रस्ताव अस्वीकार

कांग्रेस एक्लै सडक संघर्षमा, दाहाल र नेपाल पक्षको प्रस्ताव अस्वीकार

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस २० । कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दै पुस १३ गते सडक प्रदर्शन गर्ने भएको छ । यसका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सडक संघर्षमा जाने भएको छ । उसले अरू दलसँग सहकार्य नगरी आफ्नै संगठनको बलमा संघर्षमा जाने निर्णय गरेको हो ।विघटनको विरोधमा संयुक्त संघर्षमा जान नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले केही दिनअघि गरेको प्रस्तावलाई भने कांग्रेसले अस्वीकार गरेको छ । सरकारको कदमविरुद्ध सँगै आन्दोलनमा जान विभाजित नेकपा (प्रचण्ड-नेपाल) समूहले कांग्रेसको साथ चाहेको थियो । सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार एक महिने संघर्षका कार्यक्रम घोषणा गर्दै अझै पनि कांग्रेसलाई पर्खेको बताएका थिए । तर त्यसको भोलिपल्ट आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अरू दलसँग सहकार्य नगरी आफ्नै संगठनको बलमा...
कांग्रेसले पुस २५ देखि प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने

कांग्रेसले पुस २५ देखि प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १९ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समिति बैठकले पुस २५ गते ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । यस्तै विरोधका कार्यक्रम अन्तर्गत नै माघ ३ गते ७५३ वटै स्थानीय तह र माघ ८ गते सबै वडाहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि कांग्रेसले यसको विरोध गर्दै आएको छ । पुस १३ गते पनि उसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो ।...
प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा कांग्रेस किन मौन ?

प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा कांग्रेस किन मौन ?

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस १८ । पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भयो। लगतै बसेको नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर ग¥यो। उसले भन्यो– ’प्रधानमन्त्रीको यो कदम सर्वसत्तावादी आकांक्षाबाट प्रेरित छ।’ कांग्रेसको यस्तो प्रतिक्रिया आएपछि धेरैले अनुमान गरे– नयाँ संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन र त्यसविरुद्ध कांग्रेस सडकमा उत्रिनेछ। पुस ६ गते पनि आफ्नै पहलमा प्रमुख दलहरूको बैठक राखेर कांग्रेसले त्यही कुरा दोहो¥यायो। आन्तरिक बैठकपछि थप छलफल गरेर अघि बढ्ने दलीय सहमति भयो। यसबीचमा कांग्रेसले पुस १३ गते प्रतिनिधिसभा विघटनविरुद्ध १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन ग¥यो। तर उसले ...
विभिन्न कार्यक्रम गरेर कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै

विभिन्न कार्यक्रम गरेर कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस १६ । नेपाली कांग्रेसले बुधबार राष्ट्रिय मेलमिलाप दिवस मनाउँदैछ । देशभर विभिन्न कार्यक्रम गरेर कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउन लागेको हो । ७७ जिल्लामै विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागेको कांग्रेसले केन्द्रमा भने भर्चुअल कार्यक्रम राखेको छ । जिल्लामा हुने कार्यक्रममा केन्द्रीय नेता सहभागी हुँदैछन् । केन्द्रको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेता सहभागी हुँदैछन् । कांग्रेसको सूचना, सञ्चार तथा प्रसार विभागले बिहान ९ बजे ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ विषयक भर्चुअल छलफल गर्न लागेको हो । छलफलमा सभापति देउवासँगै नेता प्रदीप गिरी र डा बद्री गौतमबीचको बहसको सहजकर्ता डा। सुरेश आचार्यले गर्नेछन् । लामो प्रवासपछि बिपी कोइराला, गणेशमान सिंह लगायत कांग्रेस नेता स्वदेश फर्किएको दिनलाई राष्ट्रिय मेलमिलाप दिवसको रुपमा कांग्रेसले मनाउँद...
संसद् विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै कांग्रेस , कुन नेताको सम्बोधन कहाँ ?

संसद् विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै कांग्रेस , कुन नेताको सम्बोधन कहाँ ?

ब्यानर समाचार, राजनिती
काठमाडौं पुस १३ । संसद् विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गर्दैछ । संसद् विघटन गरेर मध्यावधि निर्वाचन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक भनेको कांग्रेसले आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको हो । आज हुने देशव्यापी प्रदर्शनमा सहभागी हुन सभापति शेरबहादुर देउवाले नेता-कार्यकर्तासहित सबैमा अपिल गरेका छन् । देउवाले शनिबार अपिल जारी गर्दै १ सय ६५ वटै निर्वाचन क्षेत्रमा हुने प्रदर्शनमा सहभागी हुन नेता-कार्यकर्तासहित शुभचिन्तक तथा लोकतन्त्र पक्षधर सबैलाई आग्रह गरेका हुन् । अपिलमा देउवाले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावनाविपरितको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रूपले एकमतसाथ उभिएको दाबीसमेत गरेका छन् । कांग्रेसले गत बिहीबार बसेको केन्द्रीय समिति बैठकबाट १३ पुसमा १ सय ६५ वटै प्रतिनिधि सभातर्फका निर...
नेकपामा विभाजनको असर प्रदेशमा  पनि देखिन थाल्यो, जता कांग्रेस , त्यतै प्रदेश

नेकपामा विभाजनको असर प्रदेशमा पनि देखिन थाल्यो, जता कांग्रेस , त्यतै प्रदेश

मुख्य समाचार, राजनिती
  काठमाडौं, पुस ११ संघीय सरकारको नेतृत्व गरिरहेको दल नेकपामा भएको विभाजनको असर प्रदेशमा देखिन थालेको छ।नेकपाले नै नेतृत्वको गरिरहेका ६ प्रदेशमध्ये अधिकांशमा सरकार टिकाउन र नयाँ बनाउन कांग्रेसको साथ चाहिने देखिएको छ।कांग्रेसले समर्थन नगरे कतिपयमा परिस्थिति जटिल बन्ने अवस्था छ। प्रदेश १ मा अहिलेको समीकरणअनुसार दाहाल–नेपाल पक्ष एक्लैको बहुमत पुग्न सक्ने देखिन्छ। त्यो अवस्थामा सरकार परिवर्तन हुनेछ। बागमती प्रदेशमा त अविश्वासको प्रस्ताव नै दर्ता भएको छ। यहाँ कांग्रेसको साथ जसलाई हुन्छ उसले नै सरकार बनाउनेछ। गण्डकी र लुम्बिनीमा ओली पक्ष, कर्णाली र सुदूरपश्चिममा दाहाल–नेपाल पक्ष बलियो देखिए पनि अन्य राजनीतिक दलको साथबिना सरकार टिकाउन र नयाँ बनाउन गाह्रो देखिन्छ। प्रदेश २ मा भने नेकपा प्रतिपक्षमा रहेका कारण त्यहाँ सरकार फेरबदल हुने देखिएको छैन। बागमतीमा मुख्यमन्त्रीविरुद्ध ...
कांग्रेस केन्द्रीय समिति बैठक १९ गतेसम्मका लागि स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक १९ गतेसम्मका लागि स्थगित

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस १० । नेपाली कांग्रेसले १६ गतेको राष्ट्रिय मेलमिलाप दिवसमा प्रत्येक जिल्लामा कार्यक्रम गर्ने तयारी गरेको छ ।यसका लागि जारी केन्द्रीय समिति बैठक आगामी १९ गतेसम्मका लागि स्थगित भएको छ । १३ पुसका लागि घोषणा गरिएको देशव्यापी प्रदर्शन र १६ गतेको मेलमिलाप दिवसको तयारीका लागि सभापति शेरबहादुर देउवाले बैठक स्थगनको प्रस्ताव गरेपछि १९ गतेसम्मका लागि स्थगित गरिएको हो। प्रतिनिधसभा विघटनविरुद्ध कांग्रेसले आगामी १३ गते देशव्यापी गर्ने प्रदर्शन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।...