Friday, April 19
Shadow

Tag: काँग्रेस

नेकपाको औपचारिक बिभाजनको पर्खाइमा कांग्रेस

नेकपाको औपचारिक बिभाजनको पर्खाइमा कांग्रेस

मुख्य समाचार, राजनिती
काठमाण्डौ, पुष ९ नेपाली कांग्रेसको अहिलेको पहिलो चासो नेकपाको औपचारिक बिभाजनमा धैरै रहेको छ । राजनितिक रुपमा नेकपाका दुई धार देखिएपनि कानुनी रुपमा बिभाजन भैसकेको छैन । त्यसैलै कांग्रेको पहिलो प्रतिक्षाको बिषय नेकपाको कानुनी बिभाजनसंग छ । लोकतन्त्र र संबिधानको रक्षा कांग्रसेले मात्र गर्न सक्ने कांग्रेस नेताहरुको दाबी रहेको छ । अदालतले प्रधानमन्त्री ओलीको प्रतिनिधी सभा बिघटन गर्ने कुरालाइ सदर गरिदिए ओलीकै नेतृत्वमा चुनाब निष्पक्ष हुन नसक्ने कुरा कांग्रेसको अडान रहेको छ । अहिले यो बेला चुनाब गर्न सके राजनितिक रुपमा लाभ हुने कांग्रेस नेताहरुको भनाई रहेको छ ।...
कांग्रेसको आह्वानमा अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्दै

कांग्रेसको आह्वानमा अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्दै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ६ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ। बैठक आज अपरान्ह ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा संसदमा सहभागी दललाई बोलायएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले बैठक पार्टी कार्यालयमा बस्नेगरी अपरान्ह ४ बजेलाई बोलाइएको बताए । बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको कांग्रेसले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्थाबारे स‌ंसदमा रहेका दलहरुसँग छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो। कांग्रेस संसदीय दलको कार्यालयमा नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूले हिजो पनि छलफल गरेका थिए। छलफलमा प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र निरंकुश रहेको यी दलहरूले निष्कर्ष निकालेका छन्। आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर संघीय संसदको...
यथास्थितिमा कांग्रेस संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैन : केसी

यथास्थितिमा कांग्रेस संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैन : केसी

ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाण्डौँ, पुष १ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले यथास्थितिमा कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संवैधानिक निकाय विधि र विधानसँग मात्र उत्तरदायी, स्वतन्त्र र निष्पक्ष हुनुपर्ने मान्यतामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख र प्रमुख प्रतिपक्षको नेतालाई सम्मिलित गरेर संवैधानिक परिषद्को व्यवस्था गरिएको उनको भनाइ थियो । नेता केसीले भने, ‘संवैधानिक परिषद्मा छ जनाको व्यवस्थासहित चार जनाको कोरम पु¥याउने र निर्णय सर्वसम्मत गर्ने व्यवस्था तोडेर आएको अध्यादेशले प्रजातान्त्रिक मूल्यमान्यता र लोकतन्त्रका आधारभूत संस्थालाई कमजोर बनाएको छ ।’ पार्टीका पूर्वसहमहामन्त्री केसीले जनताले कांग्रेसलाई ५ वर्ष प्रमुख प्रतिपक्षको भूमिका दिएकाले सरकारमा सहभागी नहुने स्पष...
आज देशभर सरकार विरुद्ध कांग्रेसद्धारा विरोध प्रदर्शन

आज देशभर सरकार विरुद्ध कांग्रेसद्धारा विरोध प्रदर्शन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २९ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाभाइरस महामारी जोखिमका बीच आज काठमाडौंलगायत ७७ जिल्लामा सरकार विरुद्ध शक्ति प्रदर्शन गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको र जनअपेक्षाअनुसार काम नगरेको भन्दै कांग्रेसले प्रदर्शन गरेको हो। काठमाडौंमा विभिन्न ठाउँबाट प्रदर्शनसहित कांग्रेस कार्यकर्ता शान्तिबाटिका आइपुगेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति बाटिकामा कोणसभालाई सम्बोधन गर्दैछन् । कांग्रेसले शीर्ष नेतालाई जिल्लामा खटाएको छ। सभापति शेरबहादुर देउवा मकवानपुरस्थित हेटौंडामा भएको प्रदर्शनमा भाग लिन पुगेका छन्।भक्तपुरमा उपसभापति विमलेन्द्र निधि, ललितपुरमा कोषाध्यक्ष सीतादेवी यादव, झापामा सहमहामन्त्री प्रकाशशरण महतले कोण सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।...
प्रदर्शनमा मास्क प्रयोग र भौतिक दूरी कायम गर्न सभापति देउवाको अपील

प्रदर्शनमा मास्क प्रयोग र भौतिक दूरी कायम गर्न सभापति देउवाको अपील

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २८ काँग्रेस सभापति शेरबहादुर देउवाले सोमबारका लागि तय भएको देशव्यापी प्रदर्शनमा कोरोना कहरलाई ख्याल गर्दै मास्क प्रयोग गर्न र भौतिक दूरी कायम गर्न अपील गरेका छन् । प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आएपनि सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले सडकमा आउनु परेको देउवाको भनाइ छ । ‘प्रतिपक्षका रूपमा नेपाली काँग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्‍यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो । यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ’, आइतबार देउवाले जारी गरेको अपीलमा भनिएको छ, ‘सरकारप्रतिको वितृष्णा...
मंसिर २९ गते काँग्रेसले धादिङबेसीमा सरकार विरुद्ध प्रदर्शन गर्ने

मंसिर २९ गते काँग्रेसले धादिङबेसीमा सरकार विरुद्ध प्रदर्शन गर्ने

मुख्य समाचार, राजनिती, स्थानिय तह
काठमाण्डौँ, मंसिर २४ नेपाली काँग्रेस धादिङले मंसिर २९ गते सदरमुकाम धादिङबेसीमा सरकार विरुद्ध प्रदर्शन गर्न लागेको छ । सरकारको सर्वसत्तावादी प्रवृत्ति तथा शृङ्खलाबद्ध भ्रष्टाचारका विरुद्ध जन आवाज बुलन्द गरौं, भन्ने मुल नाराको साथ वर्तमान कम्युनिष्ट सरकारको विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति को विरुद्ध प्रदर्शन हुने नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले बताए । सभापति धमलाका अनुसार तथा कोभिड १९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता, भ्रष्टाचार, बेथिति र दमनकारी व्यवहारका विरुद्ध र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसले उक्त दिन देशभर प्रदर्शन गर्ने छ । उनले उक्त प्रदर्शनमा भ्रातृ तथा शुभेच्छुक संस्थाका नेता कार्यकर्ता साथीहरू, बुद्धिजीवी, संचारकर्मी, किसान, मजदुर, पेशाकर्मी, उद्योगी, व्यवसायी, युवा, विद्यार्थी सबैलाई सहभागिताका लागि ने अप...