Tuesday, April 16
Shadow

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको विरोध प्रदर्शन आज , कुन नेताले कहाँबाट गर्दैछन् सम्बोधन ?


  • -इ
  • इ+

 

काठमाडौं , पुस २५ । । नेपाली कांग्रेसले आज प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन देशव्यापीरुपमा गर्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पुस १९ गते बसेको केन्द्रीय समिति बैठकले आज(पुस २५ गते) ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

यस्तै विरोधका कार्यक्रम अन्तर्गत नै माघ ३ गते ७५३ वटै स्थानीय तह र माघ ८ गते देशहरुका सबै ६ हजार ७४३ वटै वडाहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि कांग्रेसले यसको विरोध गर्दै आएको छ । पुस १३ गते पनि उसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो । यद्यपी कांग्रेसको अर्को केन्द्रीय समिति बैठक भने माघ ६ गते बस्ने भएको छ ।

यस्तै अन्य प्रतिपक्षी दल र नेकपाको प्रचण्ड माधव समूहले पनि यसको विरोधमा कार्यक्रमहरु गरिरहेको छ भने ओली समूहले प्रतिवाद गर्दै आइरहेको छ ।

कुन नेताले कहाँ सम्बोधन गर्ने ?

कांग्रेस सभापति शेरबहादुर देउवा विरोध प्रदर्शनमा सहभागी हुन काठमाडौं क्षेत्र नम्बर ५ ‘ख’ बूढानीलकण्ठ जानेछन् । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गतको प्रदेश ‘ख’ को गोलढुंगामा आयोजना हुने विरोध सभामा जाँदैछन् ।

यस्तै पूर्वमहामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंह आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ का ‘क’ र ‘ख’ दुवै निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुनेछन् । क्षेत्र नम्बर ४ का दुवै निर्वाचन क्षेत्रमा नेता गगन थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै क्षेत्र नम्बर ५ का दुवै क्षेत्रमा सो क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले प्रदर्शनको नेतृत्व गर्नेछन् । यसैगरी काठमाडौं ६ को प्रदेश ‘क’ मा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र सो क्षेत्रका सांसद भीमसेनदास प्रधानले भृकुटीमण्डपमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् । सो क्षेत्रको प्रदेश ‘ख’ को सभामा नेतृ डा। डिला संग्रौलाले सम्बोधन गर्नेछिन् ।

क्षेत्र नम्बर ८ का दुवै प्रदेश निर्वाचन क्षेत्रमा नेता नवीन्द्रराज जोशी सहभागी हुनेछन् । यस्तै क्षेत्र नम्बर ९ को दुवै प्रदेशसभाका क्षेत्रमा नेता ध्यानगोविन्द रञ्जितले नेतृत्व गर्नेछन् । यसैगरी क्षेत्र नम्बर १० का दुवै प्रदेश निर्वाचन क्षेत्रमा सो क्षेत्रका सांसद राजेन्द्र केसीले विरोध प्रदर्शनको नेतृत्व लिनेछन् ।

काठमाडौंमा हुने कार्यक्रम १२ बजेदेखि २ बजेसम्म आआफ्नो समयअनुकूल हुने गरी सञ्चालन गरिने काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँले जानकारी दिए । काठमाडौं जिल्लामा प्रदेशतर्फ २० वटा निर्वाचन क्षेत्र छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares