Sunday, April 28
Shadow

Tag: काँग्रेस

काँग्रेसको महाधिवेशन भदौमा गर्ने सहमति , कार्यसमितिको म्याद ६ महिना थपियो

काँग्रेसको महाधिवेशन भदौमा गर्ने सहमति , कार्यसमितिको म्याद ६ महिना थपियो

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन ५ । नेपाली काँग्रेसले १४औ महाधिवेशन आगामी भदौमा गर्ने भएको छ । आज बसेको केन्द्रीय समितीको बैठकमा भदौमा महाधिवेशन गर्न प्रस्ताव गरिएको छ । यस अघि तोकिएको फागुन ७ देखि १० सम्मम काठमाडौँमा गर्ने भनिएको महाधिवेशन हुननसकेपछि महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको नयाँ मिति प्रस्ताव गरेका हुन् । बुधबार अपराहन्न २ बजे बैठक बस्ने भनिएको भएपनि महाधिवेशनको नयाँ मितिका लागि शिर्ष नेताहरुको अनौपचारिक छलफल पछि साँझ ६ बजेपछि मात्र बैठक शुरु भएको थियो । नयाँ प्रस्तावमा भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा महाधिवेशन हुने भएको छ । साथै आजको बैठकले केन्द्रीय समितीको कार्यकाल ६ महिना थप समेत भएको छ । यस अघि चार बर्षे कार्यकाल सकिएपछि गतबर्ष सभापति देउवाले पार्टी विधान अनुसार एक बर्ष कार्यकाल थपेका थिए । यस पटक ६ महिनाको कार्यकाल भने संबिधानमा रहेको व्यवस्था अनुसार थप हुदै छ । ...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ , फागुन ५ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ । कांग्रेसले २०७७ फागुन ७ देखि १० गते सम्मका लागि आह्वान गरेको चौधौं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीको आन्तरिक जीवन, क्रियाशिल सदस्यता वितरण लगायतको विषयमा भएको प्रगतिको सम्बन्धमा पनि छलफल हुनेछ । यहि फागुन १९ गतेसम्म देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल छ । अब कांग्रेसले कार्यकाल थप गर्न संविधानको साहरा लिनुपर्छ । जसअनुसार कांग्रेसलाई थप छ महिना कार्यकाल थप गर्ने बाटो खुला हुन्छ ।...
नेपाली काँग्रेसद्वारा बैतडी घटनाको निन्दा , सत्ता उन्माद नदेखाउन चेतावनी

नेपाली काँग्रेसद्वारा बैतडी घटनाको निन्दा , सत्ता उन्माद नदेखाउन चेतावनी

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , फागुन ४ । नेपाली काँग्रेसले बैतडी घटनाको निन्दा गरेको छ ।बैतडीको डिलासैनीमा भएको काँग्रेसको विरोध सभामा नेकपाको ओली पक्षले आक्रमण गरेर काँग्रेसका नेता एनपी साउदसहित कैयौं कार्यकर्ता घाइते भएका थिए । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताले नियोजित रुपमा आक्रमण गरेको भन्दै घटनाको निन्दा गरेका छन् । काँग्रेसले सत्ताको उन्माद नदेखाउन चेतावनी दिदै डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गरेको छ । काँग्रेसको विज्ञप्ति स: डिलासैनी घटना निन्दनीय । सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी । बैतडी जिल्लाको डिलासैनीमा नेपाली कांग्रेसको कार्यक्रम भइरहेकोे समयमा आज अपरान्ह प्रधानमन्त्री के।पी। शर्मा ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय छ । नेपाली कांग्रेसका केन्...
संसद विघटनविरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

संसद विघटनविरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन ३ । नेपाली कांग्रेसले आज देशैभर प्रदर्शन गर्दैछ । संसद विघटनविरुद्ध कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो । गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ । जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्नेछन् । पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन् । यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्नेछन् ।...
रसुवागढी नाका फेरि बन्द, तत्काल खोल्न कांग्रेसको माग

रसुवागढी नाका फेरि बन्द, तत्काल खोल्न कांग्रेसको माग

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, फागुन २ । नेपाल–चीन सीमा नाका रसुवागढी फेरि बन्द भएको छ ।चिनियाँ भन्सार यार्डका श्रमीकहरु ल्होसार छुट्टीमा गएपछि नेपाल चीन व्यापारिक नाका रसुवागढीबाट हुने आयात ठप्प भएको छ । कोरोना कहरले एक वर्षदेखि पूर्ण सञ्चालनमा आउन नसकेको नाकाबाट सीमित रुपमा भईरहेको आयात पनि बिहीबारबाट बन्द भएको छ । रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीका अनुसार चिनियाँ कामदारहरु ल्होसार छुट्टीमा गएकाले दैनिक पाँच कन्टेनरका दरले भइरहेको आयात पनि अहिले ठप्प भएको छ । उनले चिनियाँ भन्सार अधिकारीसँग कुराकानी भएको बताउँदै आयात सुचारु गराउन अझै १० दिन लाग्ने बताए । कोरोनाकाकारण बन्द हुँदै खुल्नै गरेको रसुवागढी नाका गत कात्तिक १३ गतेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको थियो । तत्काल नाका खोल्न माग यसैबीच नेपाली कांग्रेसले तत्काल सीमा खुलाउन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आ...
भागरथीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न काँग्रेसको माग

भागरथीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न काँग्रेसको माग

मुख्य समाचार, राजनिती
काठमाडौं , माघ ३० । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ती जारी गर्दै भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेका हुन् । विज्ञप्तीमा बैतडी जिल्लाको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पिडामाथि पीडा भोग्नुको स्थितिलाई काँग्रेसले दुःखद र गम्भीर रूपमा लिएको उल्लेख छ । काँग्रेसले अनुसन्धान तिब्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासंगै देशभरका सबै यस्ता घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्रीसँग माग गरेको छ । विज्ञप्ति : अनुसन्धान तिब्र बनाउ । दोषी अविलम्ब पक्राउ गर । बलात्कार र हत्याका हरेक घटनाम...
कांग्रेसले आज ओलीको असंवैधानिक कदमविरुद्ध ७७ जिल्लामा विरोध प्रर्दशन गर्दै

कांग्रेसले आज ओलीको असंवैधानिक कदमविरुद्ध ७७ जिल्लामा विरोध प्रर्दशन गर्दै

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ २४ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज  देशभर प्रदर्शन गर्दैछ । कांग्रेसका शुभेच्छुक संस्थाहरूले शनिबार देशभर विरोध प्रर्दशन गर्न लागेको सह–महामन्त्री डा।प्रकाश शरण महतले जानकारी दिएका छन् । ओलीको असंवैधानिक कदमविरुद्ध ७७ जिल्लामा विरोध प्रर्दशन गर्न लागेको डा।महतले बताएका छन् । नेपाल ट्रेड यूनियन कांग्रेससहित १८ शुभेच्छुक संस्थाले विरोध प्रर्दशन गर्नेछन् । शनिबार मध्यान्ह १२ बजे देखि १२ः३० बजेसम्म देशका ७७ वटै जिल्लामा मानव साङ्लोसहित प्रदर्शन गरिने डा।महतले जानकारी दिएका छन् । काठमाडौंको टुँडिखेल आसपासमा कालोपट्टीसहित मानव साङ्लो निर्माण गरिनेछ । विरोधका लागि कालो मास्क प्रयोग गरिने कांग्रेसको शुभेच्छुक संस्थाहरूले जनाएका छन् । कांग्रेसले प्रधानमन्त्री ओलीद्वारा संसद भङ...
काँग्रेसले गर्यो सरकारका असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्न अपिल

काँग्रेसले गर्यो सरकारका असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्न अपिल

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ २३ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारको असंवैधानिक कदमविरुद्ध सबै दलहरुलाई शान्तिपूर्ण आन्दोलन गर्न अपिल गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारको असंवैधानिक कदमका विरुद्ध बन्द लगायतका जनतालाई दुःख दिने काम नगर्न आग्रह गरेका हुन । प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनतालाई दुख नदिऔं, शान्तिपूर्ण आन्दोलन गरौं । नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्ति विरुद्ध नेपाली काँग्रेस संसद र सडक दुबै ठाउँमा सालिन ढंगले प्रस्तुत हुँदै आयो । अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं ।’ संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउँदा जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न शर्माले आग्रह गरेका छन । यस्तै काँग्रेसले संवैधानिक परि...
कांग्रेसले आज देशभरका सबै वडामा विरोध प्रदर्शन गर्दै, सहभागी हुन देउवाको अपील

कांग्रेसले आज देशभरका सबै वडामा विरोध प्रदर्शन गर्दै, सहभागी हुन देउवाको अपील

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं , माघ ८ । नेपाली कांग्रेसले देशभरका सबै वडामा विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ६ हजार ७४३ वटै वडामा आज प्रदर्शन गर्न लागेको हो । संसद विघटनको कदमलाई असंवैधानिक भनेको कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ । कांग्रेसभित्र पनि आन्दोलन कि चुनाव भन्ने मत विभाजन भएको चर्चा भइरहेका बेला सभापति शेरबहादुर देउवाले आन्दोलनमा सहभागी हुन नेता कार्यकर्ताहरुलाई अपील गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले प्रतिनिधिसभा विघटनविरुद्धको वडास्तरीय विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन अपील गरेका हुन् ।...
भोली बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो, अब कहिले ?

भोली बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो, अब कहिले ?

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ, माघ ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक फेरि सरेको छ।यसअघि पनि सरेर माघ ६ गते ९मंगलबार० का लागि तोकिएको बैठक फेरि सरेर माघ १३ गते मंगलबार बस्ने भएको हो। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै बैठक सरेको जानकारी दिएका छन्।उनले १३ गतेको बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि जानकारी गराएका छन्।यसअघि पुस २७ गते दिउँसो १ बजेका लागि तोकिएको बैठक माघ ६ गतेका लागि सरेको थियो। प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि यस विषयमा आधिकारिक धारणा बनाउन कांग्रेस केन्द्रीय समिति सुरु भएको हो। कांग्रेसले ओलीको यो कदमलाई असंवैधानि भने पनि यसको प्रतिकार सशक्त रुपमा गर्न सकेको छैन। कांग्रेसले शनिबार प्रतिनिधिसभा विघटनको व...