Tuesday, April 23
Shadow

कांग्रेस एक्लै सडक संघर्षमा, दाहाल र नेपाल पक्षको प्रस्ताव अस्वीकार


  • -इ
  • इ+
 

काठमाडौं , पुस २० । कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दै पुस १३ गते सडक प्रदर्शन गर्ने भएको छ । यसका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सडक संघर्षमा जाने भएको छ । उसले अरू दलसँग सहकार्य नगरी आफ्नै संगठनको बलमा संघर्षमा जाने निर्णय गरेको हो ।विघटनको विरोधमा संयुक्त संघर्षमा जान नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले केही दिनअघि गरेको प्रस्तावलाई भने कांग्रेसले अस्वीकार गरेको छ ।

सरकारको कदमविरुद्ध सँगै आन्दोलनमा जान विभाजित नेकपा (प्रचण्ड-नेपाल) समूहले कांग्रेसको साथ चाहेको थियो । सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार एक महिने संघर्षका कार्यक्रम घोषणा गर्दै अझै पनि कांग्रेसलाई पर्खेको बताएका थिए । तर त्यसको भोलिपल्ट आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अरू दलसँग सहकार्य नगरी आफ्नै संगठनको बलमा संघर्षमा जाने निर्णय गर्दै प्रस्तावलाई भने अस्वीकार गरेको छ ।

साथै संघर्षका कार्यक्र पनि सार्वजनिक गरेको छ । जसअनुसार पुस २५ गते शनिबार ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रकेन्द्रित विरोध प्रदर्शन र सभा आयोजना गर्नेछ । माघ ३ गते ७ सय ५३ पालिका र माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनका अनुसार पार्टीभित्र एकमतका साथ प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध आन्दोलनमा जाने निर्णय भएको हो ।

सर्वदलीय बैठक राखेर नेकपाका प्रचण्ड-नेपाल समूह र जसपासँग छलफल गरे पनि अब कांग्रेस एक्लै सडक संघर्षमा जाने उनले बताए । यता पार्टी सभापति शेरबहादुर देउवाले सडक संघर्षमा जान आनाकानी गरिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेलसहित संसद् विघटनको विपक्षमा रहेका केन्द्रीय सदस्यहरूले तत्काल विरोधका कार्यक्रम लिएर सडकमा जान दबाब दिएपछि एक दिनको कार्यक्रम ल्याइएको हो । पौडेल पक्षले भने चरणबद्ध रूपमा विरोधका कार्यक्रम लैजानुपर्ने दबाब दिइरहेको छ । अन्य पार्टीको कार्यक्रमसँग नजुध्ने गरी आफ्नै बलबुतामा संघर्ष गर्नुपर्ने पौडेल पक्षका अधिकांश नेताको भनाइ छ ।

प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध सडकमा जाने नेतृत्वबाटै आनाकानी गरिएपछि दबाबको रणनीति बनाउन भनेर पौडेल पक्षको बिहीबार बिहान बैठक बसेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares