Saturday, May 11
Shadow

कांग्रेसले पुस २५ देखि प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने


  • -इ
  • इ+

काठमाण्डौँ, पुष १९
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समिति बैठकले पुस २५ गते ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । यस्तै विरोधका कार्यक्रम अन्तर्गत नै माघ ३ गते ७५३ वटै स्थानीय तह र माघ ८ गते सबै वडाहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि कांग्रेसले यसको विरोध गर्दै आएको छ । पुस १३ गते पनि उसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares