Friday, April 26
Shadow

संसद विघटनविरुद्ध कांग्रेसले आज ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दै


  • -इ
  • इ+

काठमाडौं, माघ ३। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज देशका ७५३ वटै स्थानीय तहमा संसद विघटनको विरोधमा प्रदर्शन गर्दैछ ।

संसद् विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा कांग्रेसले देशका सबै स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो । कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो (शुक्रबार) एक विज्ञप्ति जारी गरी विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गरिसकेका छन् ।

विरोधमा सहभागी भएर प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता प्रकट गर्न उनले आह्वान गरेका छन् ।

‘संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं । संविधानमा भएको ब्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘पार्टीका सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु ।’

यसअघि कांग्रेसले गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares